तीन महिनामा कुरीतिजन्य हिंसाका ८८ घटना
काठमाडौं । तीन महिनाको अवधिमा नेपालमा कुरीतिजन्य हिंसाका ८८ घटना सार्वजनिक भएका छन् । कुरीतिकै कारण ८ जनाको ज्यान गएको छ । ज्यान गुमाउने र प्रभावित हुनेमा महिला बढी छन् । यो अवधिमा कुरीतिका कारण ज्यान गुमाउनेमा ७ जना महिला र १ बालक छन् । कुरीति कै कारण ५ जना (२ पुरुष, ३ महिला) कुटपिटको शिकार भए । ५९ जना मानसिक हिंसाको शिकार बने । तीन महिनामा कुरीतिका कारण १५ समुदाय र १ विद्यालय पनि प्रभावित भयो । सोच नेपालले २०७५ पुस...