सोच नेपालले गर्यो विपन्न लाइ सहयोग

राजेन्द्र कोइराला काठमाण्डौ । मानवादी समाज (सोच) नेपालले काठमाण्डौ र महोत्तरीका विपन्न वर्गलाई खाद्दान्न सहयोग गरेको छ । कोरोना भाइरसको महामारी रोकथाम र संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनमा पिडित बनेका काठमाण्डौ र महोत्तरीका विपन्न तथा मजदुरहरुलाई सो संस्थाले राहत स्वरुप खाद्दान्नका लगायतका सामाग्री वितरण गरेको हो । महोत्तरीको पशुपति नगर स्थित मुसहर बस्तीका ३३ घर धुरीलाई खाद्यान्न वितरण गरिएको हो । । ग्रोइङ्ग नेपाल फाउण्डेसनको आर्थिक सहयोगमा सो संख्याका परिवारलाई दाल, चामल, मसला, तेल, नुन लगायतका अत्यावश्यक सामाग्री वितरण गरिएके हो...

रुकुम पश्चिम चौरजहारी घटनाका सम्बन्धमा साेच नेपालकाे विज्ञप्ती ।

२०७७ जेठ १० गते शनिबार राति रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा अन्तरजातीय प्रेमी जोडीले विवाह गर्न खोज्दा जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको स्थानीय कथित माथिल्लो जातका गाउँलेहरूको कुटपिटबाट मृत्यु भएको घटनाप्रति सोच नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।