सोच नेपालले गर्यो विपन्न लाइ सहयोग

सोच नेपालले गर्यो विपन्न लाइ सहयोग

राजेन्द्र कोइराला
काठमाण्डौ । मानवादी समाज (सोच) नेपालले काठमाण्डौ र महोत्तरीका विपन्न वर्गलाई खाद्दान्न सहयोग गरेको छ ।

कोरोना भाइरसको महामारी रोकथाम र संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनमा पिडित बनेका काठमाण्डौ र महोत्तरीका विपन्न तथा मजदुरहरुलाई सो संस्थाले राहत स्वरुप खाद्दान्नका लगायतका सामाग्री वितरण गरेको हो ।

महोत्तरीको पशुपति नगर स्थित मुसहर बस्तीका ३३ घर धुरीलाई खाद्यान्न वितरण गरिएको हो । । ग्रोइङ्ग नेपाल फाउण्डेसनको आर्थिक सहयोगमा सो संख्याका परिवारलाई दाल, चामल, मसला, तेल, नुन लगायतका अत्यावश्यक सामाग्री वितरण गरिएके हो ।

आयस्रोत नभएका मुसहर बस्तीका ३३ परिवारको दैनिकीमा सहयोग पु¥याउने उदेश्यले वितरण गरिएको राहतका लागि स्थानिय समाजसेवी भिम बहादुर आले मगरले संयोजन गरेका थिए ।

त्यस्तै सोच नेपालले काठमाण्डौं स्थित बुढानीलकण्ठ नगरपालिकाका अपांग, विरामी, मजदुर, एकल महिला लगायत गरी सात परिवारमा राहत स्वरुप खाद्यान्न सहयोग गरेको छ ।

गैसस महासंघ काठमाडौंका अध्यक्ष प्रदिप डंगोलको संयोजनमा दाल, चामल, तेल, नुन, चिनि, ग्यास लगायतका सामाग्री दिइएको हो ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *