काशीगाँउ बोक्सी आरोप घटनाः शव चिर्नेदेखि प्रहरी र जनप्रतिनिधी कुट्नेसम्म

गोरखा, २० साउन साउन १० गते धार्चे गाँउपालिका ६ काशीगाँउका स्थानीय भीमकुमार गुरुङ्गको निधन भयो । गत मंसिरदेखि बिरामी परेका गुरुङ्गलाई उपचारका लागि उनका परिवारले अस्पतालदेखि गाँउका धामीझाक्रीसम्म पु¥याए । अन्ततः गुरुङ्गले संसार छोडे । मृत्यु सामान्य नै थियो । मृत्यु भएको दिन गाँउमा सबै जुटे । दाहसंस्कारको तयारी हुदाहुदै त्यो दिन रात प¥यो । भोलीपल्ट ११ गते गुरुङ्गलाई दाहसंस्कार गर्न नजिकैको चिहानडाँडाँ पु¥याइयो । अन्तिम संस्कारको प्रकृया पुरा हुदै थियो एकाएक चिहानडाँडाँमै हल्ला फैलियो । ‘भीमकुमारको बोक्सीका कारण ज्यान गएको...