बुढानीलकण्ठ नगरपालिकामा COVID-19 रोकथामकालागि बिज्ञहरुसंगको “नागरिक संवाद” कार्यक्रम
राजेन्द्र कोईराला १९ सेप्टेम्बर २०२० काठमाण्डाै । बुढानिलकण्ठ नगरपालिका र सोच नेपालको सहकार्यमा COVID-19 रोकथामकालागि स्थानिय स्तरका जनस्वास्थ्य सहित विभिन्न क्षेत्रमा योगदान पुर्याएका विशिष्ठ विज्ञहरुसंगको “नागरिक संवाद” सम्पन्न भएको छ । सम्बाद कार्यक्रममा डा.भगवान कोइराला, डा. शिव कुमार राई, डा.केवी घर्ती, पत्रकार गोकर्ण अवस्थी, पुर्व प्रहरी अतिरिक्त महानिरीक्षक नवराज ढकाल, तोयानाथ अधिकारी, दिलिप अधिकारी, अप्सरा पाण्डे लगायतका बिज्ञ तथा पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कार्डियो सर्जन, प्राध्यापक तथा सामाजिक अभियन्ता डा. भगवान कोइरालाले यूवाले सार्ने बूढा बूढी मर्ने रोगको रुपमा चिनिदै...