बुढानीलकण्ठ नगरपालिकाका युवालाइ सामाजिक जवाफदेहीताका औजार बारे अभिमुखीकरण सम्पन्न

बुढानीलकण्ठ नगरपालिकाका युवालाइ सामाजिक जवाफदेहीताका औजार बारे अभिमुखीकरण सम्पन्न

राजेन्द्र काेइराला, २७ जुन २०१९

Fhi/USAID काे सहयोगमा सोच नेपाललद्धारा संचालित पारस्पारिक जवाफदेहिता : स्थानिय अभियान अन्तर्गत काठमाण्डौैको बुढानीलकण्ठ नगरपालिकाका युवा हरुलाई लक्षित गरेर सामाजिक जवाफदेहिताका संयन्त्र बारे एक दिने भर्चुअल अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

युवा नीलकण्ठ तथा सोच नेपालको सहकार्यमा बुढानीलकण्ठका युवानीलकण्ठ सहित विभिन्न संघ संस्था तथा पेशा व्यवसायमा संलग्न युवाहरुलाई अभिमुखिकरण गरिएको हो ।

सार्वजनिक निकायबाट हुने योजना तर्जुमा, सेवा प्रबाह तथा भएको खर्चको प्रभाबकारीता बृद्धि गर्न तथा सरकारलाई नागरिक प्रति जवाफदेहि बनाउन प्रयोग गरिने विभिन्न संयन्त्रका बारे युवाहरुलाई प्रशिक्षण गराइएको हो ।

सुचनाको हक, सार्वजनिक सुनुवाइ, सार्वजनिक परिक्षण, सामाजिक परिक्षण, सामुदायिक अंक पत्र लगायतका औजारहरुको प्रयोग, प्रकृया र कानुनी बिषयमा प्रशिक्षक गोविन्दराज पौडेलले सहभागीहरुलाई प्रशिक्षण गराउनु भएको थियो ।

युवा जागरुक भए मात्र सुशासन कायम गर्न सकिने भएकाले स्थानिय सरकारले गरेका हरेक काममा चासो राख्न र प्रश्न गर्न सोच नेपालका उत्तम निरौलाले बताउनु भयो ।

नागरिकलाई नगरपालिकामा हुने गरेका कृयाकलापमा युवाको सहभागिता र चासो बृद्धि गर्न जवाफदेहिताका औजारको प्रयोग अपरिहार्य भएको र औजारको जानकारीले तथा क्षमता बृद्धि भइ नगरले गर्ने हरेक काममा चासो राख्न र आवाज उठाउन सहयोग पुग्ने युवा निलकण्ठका अध्यक्ष सुमित्रा श्रेष्ठले बताउनु भयो ।

सामाजिक जवाफदेहिताका औजार तथा यसको प्रयोग विधिको जानकारीले स्थानिय सरकारलाई जवाफदेहि बनाउन जिम्वेवार नागरिकको भुमिका निर्वाह गर्न मद्दत पुग्ने सहभागिहरुले राखेका थिए ।

सोच नेपालले बुढानिलकण्ठ नगरपालिकामा पारस्पारिक जवाफदेहिता स्थानिय अभियानकार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि लगायतका जनसरोकारका विषयमा विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *