काठमाण्डौं जिल्लाका स्थानिय तहको बेरुजु अन्त्यका लागि नागरिक समाजको ध्यानाकर्षण ।

काठमाण्डौं जिल्लाका स्थानिय तहको बेरुजु अन्त्यका लागि नागरिक समाजको ध्यानाकर्षण ।

काठमाण्डौं जिल्लाका स्थानिय तहको बेरुजु फछ्यौटका लागि आज गैह् सरकारी संस्था महासंघ काठमाण्डौंको अगुवाईमा १४ नागरिक संस्थाले काठमाण्डौं जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राज बैद्यलाई ध्यानाकर्षणपत्र बुझाइएका छन् । महालेखा परिक्षकको कार्यालयले स्थानीय तहमा व्यापक बेरुजुको अवस्था रहेको प्रतिवेदन सार्वजनिक गरेपछि बेरुजु अन्त्यकालागि उक्त संस्थाहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन् । 
पत्र बुझ्दै जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले स्थानिय तहको बेरुजुका विषयमा नागरिक संस्थाको चासोका निम्ती धन्यवाद व्यक्त गर्नुभयो । वहाँले आर्थिक अनुसासन कायम गर्न जिल्ला समन्वय समितिको तर्फबाट काठमाण्डौं जिल्लाका सबै स्थानिय तहमा वेरुजु फछ्यौटका लागि अविलम्व पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
काठमाण्डौं जिल्लामा आ.ब. २०७४—०७५ मा कुल बेरुजु ७७ करोड २० लाख ४७ हजार रुपैया रहेको सो मध्ये १४ लाख ८४ लाख ५३ हजार असुल गर्नु पर्ने, ३१ करोड ७६ लाख, ८६ हजार नियमित गर्नुपर्ने, ११ करोड ५६ लाख ९६ हजार कागजात पेश गर्नुपर्ने, १९ करोड ११ लाख १२ हजार पेश्की वेरुजुको रुपमा रहेको महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
ध्यानाकर्षण पत्रमा गैह्र सरकारी संस्था महासंघ, काठमाण्डौं, गोगो फाउण्डेसन, नेपान, युथ एड्भोकेसी, सामुदायिक सारथी, सोच नेपाल, चाइल्ड नेपाल, नेपाल विकास अभियान, मानव अधिकार संजाल लगायत नागरिक समाज संस्थाका प्रतिनिधिको हस्ताक्षर रहेको थियो ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *