बूढानीलकण्ठका जनप्रतिनिधि र कर्मचारीले गरे भ्रष्टाचार विरुद्धको प्रतिवद्धतमा हस्ताक्षर

बूढानीलकण्ठ, मंसिर २४ गते । बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि लगायत कर्मचारीहरुले “म सबै खाले भ्रष्टचारको बिरोध गर्दै, सदाचार प्रतिबद्ध छु” भन्ने भ्रष्टचार बिरुद्धको प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् । अन्तराष्ट्रिय भ्रष्टचार विरुद्धको दिवसको अवसरमा बूढानीलकण्ठ नगरपालिकाले सोच नेपाल सगको सहकार्यमा आयोजित कार्यक्रम मार्फत नगर प्रमुख उद्दव प्रसाद खरेल, प्रशासकिय अधिकृत राजेन्द्र कार्कि लगायत जनप्रतिनिधि तथा महाशाखा प्रमुख तथा कर्मचारीहरुले हस्ताक्षर गरी दिवस मनाएका हुन् । संयुक्त राष्ट्रसंघले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर ९ मा मनाईने यस दिवसमा बूढानीलकण्ठ नगरपालिकाले...