Author - soch

भ्रमपूर्ण र तथ्यहीन समाचार सार्वजनिक गरिएकाे सम्बन्धमा साेच नेपालकाे प्रेस विज्ञप्ती

मानववादी समाज (सोच) नेपाल करिब १७ वर्षदेखि मानववाद, मानव अधिकार र सुशासनको क्षेत्रमा देशव्यापीरुपमा कार्य गर्दै आएको नागरिक संस्था हो ।यस संस्थाका मुख्य उद्देश्यहरु अहिंसा, सहअस्तित्व, सहकार्य, मैत्रीभावलाई प्रवद्र्धन गर्नु हो । त्यस्तै वर्ण, लिंग, जातका आधारमा हुने विभेद र शोषण विरुद्ध जनचेतना अभिवृद्धि गर्नु हो । यसैगरी मानवतावादी विचार अँगाल्दै अनाचार तथा भ्रष्टाचार विरुद्धको अभियानलाई प्रवद्र्धन गर्नु हो । साथै मानवद्वारा कुनै पनि धर्म, संस्कार र संस्कृतिका नाममा थोपरिएका अन्धविश्वास, रुढिवाद, जातीय छुवाछुत, र कुरीति विरुद्ध कार्य गर्नु हो...

नेपालमा ‘डिजिटल हेल्थ कार्यान्वयनका सम्भाबना र चुनौती’ छलफल कार्यक्रम प्रतिवेदन

सोच नेपालले सिभिलखबर डटकमसंगको सहकार्यमा ‘नेपालमा डिजिटल हेल्थ प्रणाली कार्यान्वयनको सम्भावना र चुनौती’ का विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । प्रविधिको विश्वव्यापी बढ्दो प्रयोगसँगै नेपालमा पनि प्रविधिको उपयोगमा अभ्यास शुरु भएपछि प्रभावकारीता कमजोर छ । नेपाल सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’को अबधारणा अघि सारेर कार्यान्वयनमा पनि ल्याएको छ । केही काम भएका देखिए पनि ‘डिजिटल हेल्थ’को अवधारणालाई महत्व दिएको पाइँदैन । काठमाण्डौंमा माघ १७ मा सम्पन्न ‘नेपालमा डिजिटल हेल्थ प्रणाली कार्यान्वयनको सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया सहभागी नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य...

नागरिक समाज संस्थाको पैरवीमा संस्थागत क्षमता विकास कार्यक्रम सम्पन्न

मितिः ३१ मे, २०२२ युनियन हाउस अनामनगर उपस्थितिः ३३ जना FHI/USAID को सहयोगमा संचालिन पारस्पारिक जवाफदेहिता स्थानिय अभियान अन्तर्गत सोच नेपालले युथ एड्भोकेसी नेपालसंगको सहकार्यमा नागरिक समाज संस्थाको पैरवी प्रक्रियामा संस्थागत क्षमता विकासका लागि एक कार्यक्रम सम्पन्न भएको छ । FHI 360 का पैरवी सल्लाहकार भोला भट्टराइले सहजिकरण गर्नुभएको कार्यक्रममा काठमाण्डौंमा क्रियासिल २० भन्दा बढी संस्थाको सहभागिता रहेको थियो । कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्नुहुदै सोच नेपालका कार्यकारी निर्देशक उत्तम निरौलाले समाजमा पछाडि परेका व्यक्तिको हक हितका लागि पैरबी गर्ने नागरिक समाजसंस्था आफैमा पैरवी गर्न सक्षम...

आगामि निर्वाचनमा समावेशी उम्मेद्वार छान्न नागरिक समाजको सुझाव

आगामी निर्वाचनमा नागरिक समाज र सञ्चार माध्यमको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम गोरखा सदरमुकाममा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ गोरखा शाखाको आयोजना तथा सोच नेपालका सहयोगमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा पत्रकार किरण लोहनीले निर्वाचन सम्बन्धी विगतको अभ्यास, आगामी निर्वाचनमा आइपर्ने चुनौती र निर्वाचन आचारसहिता कार्यान्वयनका अवस्था लगायका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले आगामी निर्वाचनमा सबै जातजाति, वर्ग, क्षेत्र, लिङ्ग र समुदायका व्यक्तिहरुलाई सम्मान रुपमा समेटिनुपर्ने, निर्वाचन आचारसंहित विपरीत गतिविधि गर्ने दल वा व्यक्तिहरुलाई आयोगले...

ऐन बनेपछि गाउँमा जुवा तास खेल्न छाडे, मदिरा खाएर हल्ला गर्नेलाई कारबाही

पृष्ठभुमी: देशका विभिन्न भागहरुमा भई रहेको कुरीति, कुसँस्कार, बेथिती तथा सुशासनका क्षेत्रमा करीब एक दशक देखी आफ्नो विविध गतिबिधी सञ्चालन गर्दै आएको संस्था हो ‘सोच नेपाल’ । पछिल्लो केही वर्षदेखी गोरखा, काठमाण्डौं र ओखलढुङ्गामा FHI/USAID को सहयोगमा पारस्पारिक जवाफदेहीता परियोजना समेत सञ्चालन गर्दै आएको छ । यस परियोजना अन्तर्गत संस्थाले गोरखामा नागरिक समाज, सेवा प्रदायक निकाय र सञ्चार माध्यमहरुसंग सहकार्य र समन्वय गर्दै आफ्नो गतिबिधी संचालन गर्दै आएको छ । आफ्नो हकहित, अधिकारका बारेमा नागरिकहरुलाई सजग र सचेत गराउदै सेवा प्रदायक निकायहरुलाई...

सार्बजनिक खर्च अनुगमनमा सार्बजनिक खर्च पछ्याई प्रभावकारी

सुशासन तथा जवाफदेहिता प्रबर्धन साथै सार्वजनिक सेवाको प्रभावकारितामा अभिबृद्धिका लागि सोच नेपालले पारस्पारिक जवाफदेहिता स्थानीय अभियान परियोजना सञ्चालन गरिरहेको छ । यसै परियोजना अन्तर्गत सोच नेपालले ओखलढुङ्गा जिल्लाका केहि स्थानीय तहहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । परियोजना अन्तर्गत सोच नेपालको समन्वयमा जिल्लाको मोलुङ गाउँपालिकाको वडा नं. १ कुन्तादेवीमा पनि स्थानीय सभा तथा रेडियो श्रोता समूहको निर्माण भएको छ । यी समूहहरुको नियमित बैठक बस्नुका साथै बेलाबेलामा वडामा सञ्चालन भएका विभिन्न विषयसँगै समस्याका बारेमा समेत समाधानका लागि छलफल हुने गरेको...

११२ औ अन्तराष्ट्रीय श्रमीक महिला दिवस सम्पन्न ।

साेच नेपालले ११२ औं अन्तराष्ट्रिय महिला दिवशका अवसरमा मार्च ८ का दिन बिभिन्न कार्यक्रम गरी मनाएकाे छ गरेकाे छ । स‌स्थाले स‌ञ्चालन गरेकाे पारस्पारीक जवाफदेहिता परियाेजना सञ्चालित गाेरखा ओखलढुङ्गा र काठमाण्डाैमा विभिन्न कार्यक्रम सहित सम्पन्न गरेकाे छ । गाेरखाकाे गाेरखा नगरपालिकामा ‘गोरखामा महिला हिंशाको अवस्था, कारण र न्यूनिकरणका उपाय’ विषयमा अन्तरक्रिया कार्यक्रम गरिएकाे थियाे कार्यक्रमकाे अध्यक्षता एम्नेष्टी इन्टरनेशनल समुह ४२ की अध्यक्ष टिल कुमारी (सविन) पोखरेलले गर्नुभएकाे थियाे । गोरखा नगरपालिकाका मेयर राजनराज पन्त तथा उपमेयर विना कुमारी श्रेष्ठकाे अतिथ्यतामा भएकाे...

साेच नेपालकाे पैरवी पश्चात स्वास्थ्य चौकीको भवन बनेपछि सेवाग्राही बढे

सुशासन, जबाफदेहिता र पारदर्शिता अभिबृद्धिको उद्देश्यले एफएचआइ युयसएआइडी को सहयोगमा  नगरिक समाज पारस्परिक जवाफदेहिता परियोजनाको सहयोगमा सोच नेपाल द्वारा संचालित छ । यसै परियोजना अन्तर्गत सोच नेपालले तीनै तहका सरकारी निकाय, नागरिक समाज, राजनैतिक दल तथा नीजि क्षेत्रसग सहकार्य तथा समन्वय गरि बिभिन्न क्षेत्रमा कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ नागरिक र सरकार बीच रचनात्मक नागरिक संलग्ननता वृद्धिका लागि नागरिक समाजको क्षमता अभिवृद्धि गर्ने, सार्वजनिक सवा प्रवाहको  प्रभावकारीता अभिवृद्धि गर्ने सेवा प्रवाह प्रक्रियाको अनुगमन, नीतिगत पैरवीमा सहकार्य गर्ने काम परियोजनाले संचालन गरिरहेको...

बूढानीलकण्ठका जनप्रतिनिधि र कर्मचारीले गरे भ्रष्टाचार विरुद्धको प्रतिवद्धतमा हस्ताक्षर

बूढानीलकण्ठ, मंसिर २४ गते । बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि लगायत कर्मचारीहरुले “म सबै खाले भ्रष्टचारको बिरोध गर्दै, सदाचार प्रतिबद्ध छु” भन्ने भ्रष्टचार बिरुद्धको प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् । अन्तराष्ट्रिय भ्रष्टचार विरुद्धको दिवसको अवसरमा बूढानीलकण्ठ नगरपालिकाले सोच नेपाल सगको सहकार्यमा आयोजित कार्यक्रम मार्फत नगर प्रमुख उद्दव प्रसाद खरेल, प्रशासकिय अधिकृत राजेन्द्र कार्कि लगायत जनप्रतिनिधि तथा महाशाखा प्रमुख तथा कर्मचारीहरुले हस्ताक्षर गरी दिवस मनाएका हुन् । संयुक्त राष्ट्रसंघले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर ९ मा मनाईने यस दिवसमा बूढानीलकण्ठ नगरपालिकाले...