साेच नेपालकाे पैरवी पश्चात स्वास्थ्य चौकीको भवन बनेपछि सेवाग्राही बढे

साेच नेपालकाे पैरवी पश्चात स्वास्थ्य चौकीको भवन बनेपछि सेवाग्राही बढे

सुशासन, जबाफदेहिता र पारदर्शिता अभिबृद्धिको उद्देश्यले एफएचआइ युयसएआइडी को सहयोगमा  नगरिक समाज पारस्परिक जवाफदेहिता परियोजनाको सहयोगमा सोच नेपाल द्वारा संचालित छ ।

यसै परियोजना अन्तर्गत सोच नेपालले तीनै तहका सरकारी निकाय, नागरिक समाज, राजनैतिक दल तथा नीजि क्षेत्रसग सहकार्य तथा समन्वय गरि बिभिन्न क्षेत्रमा कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ नागरिक र सरकार बीच रचनात्मक नागरिक संलग्ननता वृद्धिका लागि नागरिक समाजको क्षमता अभिवृद्धि गर्ने, सार्वजनिक सवा प्रवाहको  प्रभावकारीता अभिवृद्धि गर्ने सेवा प्रवाह प्रक्रियाको अनुगमन, नीतिगत पैरवीमा सहकार्य गर्ने काम परियोजनाले संचालन गरिरहेको छ । जबाफदेहिता औजारहरुको प्रयोग गरि स्थानीय तह नागरिक समाज संस्था तथा अन्य अन्य निकायले प्रबाह गर्ने सवामा समस्या पहिचान गरि त्यसको हल गर्न सम्बन्धित बिषय र क्षेत्रहरुमा वकालत, पैरवी, वहस छलफल लगायत मध्यस्थकर्ताको भमिका निर्वाह गर्दै सेवाको  गुणस्तर अभिवृद्धिमा सहयोग गर्दै आईरहेको छ ।

यस परियोजना अन्तरगत गोरखामा गोरखा नगरपालिका र शहिद लखन गाउँपालिकामा बिभिन्न कार्यक्रम सञ्चालित छन् जसमा परियोजना मार्फत स्थानीय सभा, रेडियो श्रोता समुह, हेड कोलिसन, साझेदारी मञ्च लगायतका नागरिक सञ्जालहरु मार्फत आफ्ना सवालहरु स्थापित गर्दै आएको छ । सोही अनुसार मिति २०७५ फागुन २१ गते गोरखा नगरपालिका वडा नम्बर ८ मा रहेको स्थानीय सभाको नियमित बैठकमा सोही वडामा रहेको रानीश्वाँरा स्वास्थ्यचौकीको सवा प्रवाहका बारेमा  गुनासो आएपछि वडा कार्यालयसगको सहकार्यमा स्वास्थ्य चौकीमा समदाय अंक पत्र सञ्चालन गरिएको थियो ।

समस्या

स्वास्थ्य सेवा आम नागरिकको नैसर्गिक अधिकार हो । स्वास्थ्य सेवा पहुँचका लागि राज्यले हरेक बर्षको बजेटमा प्राथमिकता दिएर लगानी र खर्च पनि गरिरहेकै छ । तर त्यसको सहि सदुपयोग भएको छैन  र  प्रभावकारी अनुगमन हुन नसक्दा स्वास्थ्य सेवाबाट कतिपय नागरिक बञ्चित बन्नु परेको छ भने कतिपयले महंगो शुल्क तिरेर नीजि अस्पताल तथा मेडिकलहरुबाट सेवा लिनुपर्ने बाध्यता छ ।

गोरखा नगरपालिका वडा नम्बर ८ मा रहेको रानीश्वाँरा स्वास्थ्य चौकीको आफ्नो भवन भएपनि जम्मा ३ वटा कोठाहरु पर्याप्त थिएन यस वडामा एउटा मात्रै स्वास्थ्य चौकी छ तर भुगोलका हिसाबमा नगरपालिकाको सबैभन्दा ठूलो वडा हो । वडाभित्र नीजि अस्पताल र स्वास्थ्य चौकीसंग प्रयाप्त भवन नहुदा सेवा प्रवाह नै प्रभावित बन्दै आएको थियो । त्यसकै कारण सामान्य स्वास्थ्य समस्या हुदा समेत अधिकांश नागरिक जिल्ला सदरमुकाम स्थित जिल्ला अस्प्ताल  पुग्ने गर्दथे । भवनकै अपर्याप्तताले गर्दा  आवश्यक श्राेत साधन औषधि र जनशक्तिहरुकाे अभाव तथा उचित व्यवस्थापनका लागि समस्या थियाे ।

समुदायका व्यक्तिहरु स्वास्थ्य चौकीको कम गुणस्तरीय सेवा प्रवाहको कारण गर्भवती जाँच, ज्वरो,टाउको दुख्नेलगायतका सानो समस्याको लागि पनि जिल्ला अस्पताल तथा मेडीकल धाउने गर्दथे, औषधिको अभाव, बस्ने ठाउँ नहुने तथा बिशेष समस्याको लागि आउदा समेत गोप्य कक्षको आभावले गर्दा बरामीहरु झर्को मान्ने र मेडिकल मा पैसा तिरेर सेवा लिन सजिलो मान्ने अवश्या थियो ।

भवनमा कोठाहरुको अभाव हुनुले सेवाग्राहीलाई मात्रै नभई त्यहा कार्यरत स्वास्थ्यकर्मीले समेत उत्तिकै समस्या झेल्नुपर्ने बाध्यता थियो । बिरामी आउदा छुट्टै कोठामा लगेर बिरामी जाँच गर्ने समेत ब्यवस्था नहुँदा गोपनियताको कायम हुन सकेको थिएन । औषधी राख्ने छुट्टै स्टोर कोठा नहुदा प्रयाप्त औषधी ल्याउन र भण्डारण पनि समस्या  थियो । नागरिक वडापत्र, सुचना पाटी, निशुल्क पाइने औषधी विवरण  लगायत समेत राख्ने ठाउँ थिएन  ।

यस्ता समस्या हरुलाई पटक पटक उठान गर्दापनि सम्बन्धित सरोकारवालाको ध्यान केन्द्रित गर्न र समस्याको हल हुन सकेको थिएन

परियाेजनाकाे पहल:

स्वास्थ्य चौकीको सेवा प्रवाह प्रभावकारी नभएको बारे स्थानीय सभाको २०७५ फागुन २१ गतेको नियमित बैठकमा अमृत थापाले बिषय प्रवेश गराए । सो बिषयमा छलफल भयो, बिभिन्न सरोकारवालाहरुसंग बैठक पश्चात सोच नेपालले सेवा प्रवाह सुधार गर्नका लागि समस्याहरु पत्ता लगाउन, तिनको समाधानका लागि कार्ययोजना निर्माण गर्न र अनुगमन गर्न करिब २ हप्ता लगाएर समुदाय अंक पत्र सञ्चालन गरेको थियो । समुदाय अंकपत्र सञ्चालनका क्रममा देखिएका समस्यालाई विश्लेषण गर्दा सबै भन्दा प्रमुख कारण भवनको अभाव देखिएको थियो ।

सामुदायिक अंक पत्र कार्यन्वयनको क्रममा सेवा ग्राहीसंग कार्यसम्पादन मुल्यांकन, सेवा प्रदायकको स्वमुल्यांकन पश्चात सेवा ग्राही र सेवा प्रदायकको धारणा, समस्या, गुनासो र राम्रो पक्षहरुको बारेमा छलफल गरियोर  उक्त प्रकिर्य पश्चात सेवा प्रदायक, सेवा ग्राही, स्थानीय सरकार, नागरिक समाजको सहभागितामा आमने सामने बैठक सम्पन्न भयाे ।

सो लगत्तै सोच नेपालले भवनमा अर्को तला थप गरी कोठाहरु बढाउन वकालत गर्याे । सोही बिषयमा वडा कार्यालय, गोरखा नगरपालिका र गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका प्रतिनिधीहरुसंग छलफललाई अघि बढायो । समस्या देखायो, बिभिन्न सरकारी प्रतिनिधीहरुलाई स्थलगत अनुगमन गरायो, छलफल र वहसहरुमा सामेल गरायो ।

योगदान गर्ने पक्ष:

भवन अभावमा रानीश्वाँरा स्वास्थ्य चौकीको सेवा प्रवाह प्रभावित बनेको बिषयलाई सोच नेपालले बिभिन्न फोरमहरुमा उठान गर्याे । बिभिन्न पक्ष र सरोकारवालाहरुसंग छलफल र बैठक भयो । दवाव सृजना गर्ने बिभिन्न औजारहरुको प्रयोग भयो । संयोगवस सोच नेपालकै पहलमा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रतिनिधीलाई स्वास्थ्य चौकीको स्थलगत अनुगमन गराउने र समस्याहरु देखाउने अवसर मिल्यो । फलस्वरुप सो स्वास्थ्यचौकीको भवनमा तला थप गरी ३ कोठा निर्माण गर्नका लागि गण्डकी प्रदेश सरकार अन्तरगतको सामाजिक विकास मन्त्रालयले चालु आ.व. २०७५÷७६ को असार मसान्तभित्रै निर्माण सक्ने गरी ५ लाख, गोरखा नगरपालिका र वडा नम्बर ८ को कार्यालयबाट ३ लाख गरी ८ लाख बजेट निकासा भयो । सो बजेटबाट भवनमा कोठाहरु थप गर्ने प्रकृयाको सुरुवात भयो । उपभोक्ता समिति निर्माण गरीयो । समुदाय अंक पत्र सञ्चालनका बेला निर्माण गरिएको अनुगमन समितिलाई नै सो कार्यको अनुगमन गर्ने जिम्मेवारी दिइयो ।

नतिजा:

मन्त्रालय र नगरपालिका, वडाको बजेट गरी ८ लाखले स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भयो । अहिले स्वास्थय चौकीमा रहेका धेरै समस्याहरु हल भएका छन् । समस्याहरु अझै बाँकी होलान तर भवनकै कारण झेलिएका समस्याहरु भने हटेको स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खत्री बताउछन् । अहिले बिरामीलाई पालो कुर्ने छुट्टै स्थान बनाइएको छ, इन्चार्ज बस्ने कोठा छुट्टै छ, बिरामी जाँच गर्न गोपनियतिालाई मध्यनजर गर्दै छुट्टै कोठा बनाइएको छ भने औषधी राख्न र स्टोर लगायतका लागि पनि छुट्टै कोठा छ ।

कोठाकै अभावमा त्यहा कार्यरत कर्मचारीले खाजा समेत बाहिरबाट ल्याएर खानुपर्ने बाध्यतापनि हटेर अहिले भित्रै खाजा पकाएर खाने ब्यवस्था मिलाइएको छ । कर्मचारी तथा ब्यवस्थापन समिति र साना तिना कार्यक्रम गर्दा नजिकको विद्यालय धाउनुपर्ने बाध्यता पनि अहिले हटेको छ । जहाँ चौकीमै करिब ३० जना अट्ने हल समेत निर्माण गरिएको छ । अहिले नागरिक वडापत्र समेत राखिएको छ । समस्या नै समस्याको चंगुलमा सञ्चालन भएको स्वास्थ्य चौकीमा अहिले सेवाग्राहीको संख्या समेत बढेको छ ।

भवन निर्माण हुनुअघि दैनिक १५ देखि २० जना बिरामीहरु आउने गरेको प्रमाण हामीले समुदाय अंक पत्रको सञ्चालनका क्रममा अध्ययन गर्दा देखिएको थियो । तर हामीले यसबिचमा धेरैपटक स्थलगत निरिक्षण र अनुगमन गर्याे । अन्तिम पटक नागरिक समाजका प्रतिनिधी, वडाध्यक्ष, वडा प्रतिनिधी, पत्रकार लगायतको समेत सहभागगितामा २०७७ कार्तिक ६ गते अनुगमन गर्दा स्वास्थ्य चौकी सेवा प्रवाहमा छलाङ मारेको हामीले मात्रै होइन, सेवाग्राही र स्वंम स्वास्थ्यकर्मीबाटै सुनियो ।

स्वास्थ्य चौकीको दैनिकी तथ्यांक हेर्दा हाल दैनिक ४० देखि ६० जनासम्म सेवाग्राही आउने गरेका रहेछन् ।  अनुगमनकै क्रममा स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खत्रीले भने ‘हामीले बिकास गर्न ठूला कुराहरु गर्याे, जनतालाई प्रतिवद्धता धेरै दियौ तर हामीले समस्या पहिचान गर्न नसक्दा अलमलमा थियौ’ उनले भने ‘समस्याको चुरो पत्ता लाग्यो भने विकास र परिवर्तन हुन समय र धेरै बजेट पनि नलाग्ने रहेछ, यसमा सोच नेपालले नमुना उदाहरण देखायो ।’

दिगोपना:

स्वास्थ्य चौकीको भवन निर्माण भएसंगै अहिले दैनिक ६० जनासम्म सेवाग्राही आउने गरेका छन् । स्वास्थ्य चौकीमा त्यतिबेला खाली रहेका २ जना स्वास्थ्यकर्मीको समेत हाल पदपूर्ति भइरहेको छ । भवन बनेसंगै आगामी दिनमा स्वास्थ्य चौकीले अन्य अभाव, समस्या र चुनौती खेप्नुपरेपनि भवन, कोठा, हल लगायत भौतिक संरचनाको समस्या भने दशकौका लागि हल भएको छ ।

अहिलेको अवस्था:

(समुदाय अंक पत्र सञ्चालनका बेला भेटिएका केहि सेवाग्राहीलाई हामीले २ बर्षपछि घरमै गएर भेट्यौ)

स्वास्थ्य चौकीको आज अवस्था फेरिएको छ । त्यतिवेला गर्भवती रहेकी नानुमाया राना अहिले आफ्नो र छोराको नियमित स्वास्थ्य परिक्षणका लागि स्वास्थ्य चौकीमै जान्छिन भने कल्पनाले पनि मेडिकल धाउन छाडिन । यी त केहि प्रतिनिधी पात्र र घटना मात्रै हुन । बर्षौदेखि पाउन नसकेको सेवा टोलकै स्वास्थ्य चौकीबाट पाउन थालेपछि अहिले रानीश्वारामा वडा भित्रका मात्रै होइन छिमेकी वडाबाट पनि सेवाग्राही आउन थालेका छन् ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *