बेरुजु फछ्यौट नगर्नेले बूढानीलकण्ठ नगरपालिकाको नीति तथा कार्यक्रमका बजेट नपाउने

बेरुजु फछ्यौट नगर्नेले बूढानीलकण्ठ नगरपालिकाको नीति तथा कार्यक्रमका बजेट नपाउने

राजेन्द्र कोईराला
सोच नेपाल
बूढानीलकण्ठ नगरपालिकामा विगतमा बेरुजु फछ्र्याैट नगर्ने व्यक्ति र संस्थालाइ चालु आर्थिक वर्षको नगरका कार्यक्रममा कडाई गरिने भएको छ । नगरपालिकालाई जानकारी नभएका पुरानो पेश्की बेरुजु बाँकि रहेका व्यक्ति, संस्था र कार्यालयहरुले नगरपालिकाबाट चालु आर्थिक वर्षको कार्यक्रम लगि संचालन गरिरहेको जानकारी नगरपालिकालाई कसैले खबर गरे तत्काल कार्यक्रम रोकेर कानुनबमोजिम कारबाही गर्ने नगर प्रमुख उद्धब खरेलले बताउनु भयो ।

नगर प्रमुख उद्धब प्रसाद खरेल

बूढानिलकण्ठ नगरपालिका र सोच नेपालले संयुक्त रुपमा आयोजना गरेको बेरुजु न्यूनीकरणका लागि छलफल कार्यक्रमका बूढानीलकण्ठ नगरपालिकामा चालु आर्थिक वर्षको बजेटमार्फत बेरुजु फछ्यौट नगर्ने व्यक्ति र संस्थालाई नगरका नीति तथा कार्यक्रमका बजेटहरु नदिने व्यवस्था गर्न सुझाव दिइएको थियो ।
महालेखा परिक्षकको कार्यालयका नायव महालेखा परिक्षक दामोदर पुडासैनीको उपस्थितिमा बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानिय उपभोक्ता समितिसंग गरेको छलफलमा सबैले नगर प्रमुख उद्धब प्रसाद खरेललाई यस्तो सुझाव दिएका हुन् । सहभागीहरुले बेरुजु फछ्र्यौट नगर्ने व्यक्ति र कार्यालयलाई पेश्की नदिने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सके वित्तीय अराजकता कमहुने विचार व्यक्त गरेका थिए ।

‘वित्तीय अराजकता रोक्ने हो भने बेरुजु फछ्र्यौट नगरी पेश्की लिन नपाइने नियम बनाउनुपर्छ, बेरुजु बाँकी रहेकै अवस्थामा थप कार्यक्रम दिदाँ यस्तो अराजकता बढेको हो,’ नायव महालेखा परिक्षक पुडासैनीले भन्नुभयो । महालेखा परीक्षकको कार्यालयले आंैल्याएको बेरुजुलाई भ्रष्टाचारनै मानेर त्यसको असुलमा तदारुकता देखाउन सहभागीहरुले जोड दिएका छन् । उनीहरूले बेरुजु देखिनुको कारण पत्ता लगाएर तत्काल असुल गर्ने परिपाटीको विकास नभएसम्म भ्रष्टाचार नियन्त्रणका उपाय प्रभावहीन हुने विचार राखेका थिए ।
विगतमा पेश्की लगेका उपभोक्ता समिति, कर्मचारी र गाविस सचिवहरुको पहिचान तथा अभिलेख नहुँदा फछ्र्यौट गर्न समस्या भएकोे नगर प्रमुख खरेलले जानकारी दिनुभयो । नगर प्रमुख खरेलले नियतवस नउठेको बेरुजु उठाउने प्रतिबद्धता समृत व्यक्त गर्नुभयो । “हामी स्थानीय सरकार हौ । जनताको कर बाट सङ्कलित रकम दुरुपयोग रोक्न प्रतिबद्ध छौ, नियत वस पैसा लगेर बेरुजु फछ्र्यौट नगर्नेहरुको तिन पुस्ते नाम सार्वजनिक स्थानमा टासेर भएपनि पैसा उठाउने हो ।” उहाको जिकिर थियो ।
बुढानीलकण्ठ नगरपालिकामा पूर्व गा.वि.स. हुदाँ देखि आज सम्म करिब ६ करोड हाराहारी रकम पेश्की बेरुजु फछ्र्यौट गर्न बाँकि रहेको उपस्थित पूर्व गाविस अध्यक्षहरुले बताए ।
नायव महालेखा परिक्षकले लेखा परिक्षका साथै आन्तरिक लेखा परिक्षण, कार्यसम्पादन परिक्षण, लेखा परिक्षण प्रक्रियामा नागरिक सहभागिता, सार्वजनिक वित्त व्यवस्थापनमा नागरिक सहभागिता र सामाजिक परिक्षण लगायतका विषयमा अनुशिक्षण गराउनु भएको थियो । यि विषयले सामाजिक जवाफदेहिता प्रवद्र्धन गर्न सहयोग गर्ने बताउनु भयो ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *