नागरिक संस्थाका असल अभ्यास अभिलेखिकरण गरिने

गैर सरकारी संस्था महासंघका अध्यक्ष जितराम लामाले नागरिक समाज संस्थाले आफुले गरेका राम्रा अभ्यासलाई अभिलेखिकरण गरेर प्रकाशन गर्न आवश्यक भएको र त्यसकालागि श्रोत जुटाउन गैसस महासंघले सहयोग गर्ने बताउनु भयो । काठमाण्डौंमा नागरिक संघ संस्थाले गरेका असल अभ्यास आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष लामाले अभिलेखिकरण गर्न सके नागरिक समाज संस्थालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने उहाको भनाई थियो । त्यसकालागि उदाहरणीय तथा राम्रा कामको प्रचार गर्न नसकेको बताउनु भयो । त्यस्तै गैर सरकारी संस्था महासंघ काठमाण्डौंका अध्यक्ष प्रदिप डंगोलले नागरिक समाज...