भूकम्पले क्षति भएका विद्यालयहरुको पुननिर्माणमा तिव्रता दिन नागरिक संस्थाहरुको माग

काठमाडौँ । भूकम्पका कारण क्षतिग्रस्त विद्यालयको पुननिर्माणका लागि सहयोग घोषणा गरेका मुलुक लगायत तथा विभिन्न दातृनिकायले प्रतिबद्धता अनुसार काम नगरेकोप्रति बिभिन्न नागरिक संस्थाहरुले ध्यानाकर्षण भएको जनाएका छन् । सोच नेपाल लगायत देशभरका १७ वटा नागरिक संस्थाका ३४ भन्दा बढी जिल्लामा क्रियाशिल अभियानकर्मीहरुले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै सो असन्तुष्टि जनाएका हुन् । नेपालमा २०७२ साल बैशाख १२ र २९ गते आएको अकल्पनीय र विनाशकारी भूकम्पले १४ जिल्लाका ८ हजार विद्यालयका २५ हजार कक्षा कोठाहरुमा क्षतिग्रस्त भएका भएका थिए । भूकम्प गएको...