भ्रमपूर्ण र तथ्यहीन समाचार सार्वजनिक गरिएकाे सम्बन्धमा साेच नेपालकाे प्रेस विज्ञप्ती

मानववादी समाज (सोच) नेपाल करिब १७ वर्षदेखि मानववाद, मानव अधिकार र सुशासनको क्षेत्रमा देशव्यापीरुपमा कार्य गर्दै आएको नागरिक संस्था हो ।यस संस्थाका मुख्य उद्देश्यहरु अहिंसा, सहअस्तित्व, सहकार्य, मैत्रीभावलाई प्रवद्र्धन गर्नु हो । त्यस्तै वर्ण, लिंग, जातका आधारमा हुने विभेद र शोषण विरुद्ध जनचेतना अभिवृद्धि गर्नु हो । यसैगरी मानवतावादी विचार अँगाल्दै अनाचार तथा भ्रष्टाचार विरुद्धको अभियानलाई प्रवद्र्धन गर्नु हो । साथै मानवद्वारा कुनै पनि धर्म, संस्कार र संस्कृतिका नाममा थोपरिएका अन्धविश्वास, रुढिवाद, जातीय छुवाछुत, र कुरीति विरुद्ध कार्य गर्नु हो...