नागरिक संस्थाका असल अभ्यास अभिलेखिकरण गरिने

नागरिक संस्थाका असल अभ्यास अभिलेखिकरण गरिने

गैर सरकारी संस्था महासंघका अध्यक्ष जितराम लामाले नागरिक समाज संस्थाले आफुले गरेका राम्रा अभ्यासलाई अभिलेखिकरण गरेर प्रकाशन गर्न आवश्यक भएको र त्यसकालागि श्रोत जुटाउन गैसस महासंघले सहयोग गर्ने बताउनु भयो । काठमाण्डौंमा नागरिक संघ संस्थाले गरेका असल अभ्यास आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष लामाले अभिलेखिकरण गर्न सके नागरिक समाज संस्थालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने उहाको भनाई थियो । त्यसकालागि उदाहरणीय तथा राम्रा कामको प्रचार गर्न नसकेको बताउनु भयो ।

त्यस्तै गैर सरकारी संस्था महासंघ काठमाण्डौंका अध्यक्ष प्रदिप डंगोलले नागरिक समाज संस्थाले आफुले गरेका राम्रा कामलाई एक अर्कामा आदान प्रदान गर्नाले फरक संस्थामा असल अभ्यास अनुसरण गरी नागरिक समाज संस्था सक्षम तथा सबल हुने बताउनु भयो । असल अभ्यास आदान प्रदानको यो सुरुवाती कार्य भएकोले आगामि दिनमा यसलाई प्रत्येक ३ महिनामा नियमित रुपमा आयोजना गरी अन्य संस्थालाई पनि अवसर दिइने बताउनु भयो ।
कार्यक्रममा सोच नेपालका सचिव अर्जुन परियारले नागरिक समाज संस्थाको आर्थिक अनियमितताको बारेमा धरै प्रश्न उठेको बताउनु हुदै संस्थामा आन्तरिक सुशासन कायम गर्नु

अत्यन्त महत्वपुर्ण रहेका बताउनु भयो । साथै संस्थाले सामाजिक काम गर्ने भएकोले क्षमता विकास पनि उत्तीकै महत्वपुर्ण भएकोले क्षमता विश्लेषण गरी पैरवी क्षमता वृद्धि गर्नु आवश्यक रहेको बताउनु भयो । पैरवीका लागि विषय मिल्ने संस्थाहरु एक जुट हुन आवश्यक रहेको उहाको जिकिर थियो ।

त्यस्तै चाइल्ड नेपालका सचिब तथा गैसस महासंघ काठमाण्डौंका उपाध्यक्ष रत्न उप्रतीले राज्यले वालवालिकाको शिक्षामा राज्य जिम्मेवार बन्न आवश्यक रहेको बताउनु भयो । चाइल्ड नेपालले स्थानिय तहसंगको सहकार्यमा विद्यालय ंशिक्षाको सुधारका लागि काम गरेको बताउनु भयो । उहाले विभिन्न स्थानिय तहमा शिक्षा नीति बनाउन सहयोग गरेको बताउनु भयो ।
दलित अधिकारका लागि काम गर्ने संस्था एड्वानका पम्फा परियारले दलित अधिकारका लागि शैक्षिक तथा जिविकोपार्जन कार्यक्रम जस्ता कार्यक्रम गरेको बताउनु भयो ।
सोच नेपालको सहयोग तथा गैर सरकारी संस्था महासंघ काठमाण्डौंको आयोजनामा काठमाण्डौंमा क्रियाशिल नागरिक समाज संस्थाले आफुले गरेका उदाहरणीय कामको आदान प्रदान गरेका थिए । कार्यक्रममा गैसस माहासंघका केन्द्रीय अध्यक्ष सहित नागरिक समाज संस्थाका ३४ जनाको सहभागिता रहेको थियो । सोच नेपालले संचालन गरेको पारस्पारिक जवाफदेहिता ः स्थानिय अभियान अन्तर्गत उक्त कार्यक्रम गरीएका थियो ।
राजेन्द्र कोईराला
सोच नेपाल

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *