नगरका जग्गा कृषकले भाडामा लिन पाउने

नगरका जग्गा कृषकले भाडामा लिन पाउने

नागरीक समाज पारस्पारिक जवाफदेहिता परियोजना CS MAP को सहयोगमा मानबवादी समाज (सोच) नेपालले बुढानिलकण्ठ नगरपालिका वडा नं. ११ मा स्वास्थ्य, शिक्षा, कृषि र प्रकोपका क्षेत्रमा वडावासिका समस्या का बारेमा स्थानिय संघ संस्था, तथा वडाका प्रतिनिधिहरुसंग अन्र्तक्रिया कार्याक्रम सम्पन्न भएको छ ।

वडा सदस्य विमल लामाको अध्यक्षतामा बसेको बैठकमा सहभागिहरुले कपनको समग्र विकासका लागि  गुम्बाको बिकास, होमस्टे को बिकास गर्नु पर्ने धारण व्यक्त गरेका थिए  । त्यस्तै कृषि पेशामा अधिकांस नपढेका मानिसहरु लाग्ने गरेको र केहि  टाठा बाठाले मात्र सरकारले दिने गरेको अनुदान पाउने, झोलामा कृषि फार्म हुनेले अनुदान पाएको अवस्था भएकोले वास्तविक कृषकको पहिचान गरी अनुदानलाइ प्रभावकारी वितरण गर्न आग्रह गरे ।

त्यस्तै कृषकहरुलाई कृषि पेशागर्न जमिनकै अभाव भएकाले निजि जमिन भाडामा लिदा ज्यादै महंगो पर्ने हुनाले नगरपालिकाले थोरै भाडा लिएर सरकारी जग्गामा कृषि फर्महरु खोल्न दिइनुपर्ने कृषकहरुले माग गरेका थिए

बुढानिलकण्ठ न.पा. ११ का वडा सदस्य विमल लामाले कपनमा ठुलो मात्रामा सार्बजनिक जग्गा भएकोले त्यसलाई आफ्नो टोल छिमेकमा भएका सरकारी जग्गाको पहिचान गरि प्रस्ताव लिएर आए नगरपालिकाले भाडामा दिने निर्णय गरेको बताउनु भयो 

कार्यक्रममा सोच नेपालका कार्यक्रम संयोजक उत्तम निरौलाले गैर सरकारी संस्थाले समाजको एजेन्डा नबुझि आफ्नो कार्यक्रम लाद्ने काम गरेकोले स्थानिय आवश्यकता के हो त्यो बुझेर काम गर्न यो कार्यक्रम आयोजना गरेको जानकारी दिनु भयो । 

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *