गौतमबुद्ध, जयपृथ्वी र मानववाद

गौतमबुद्ध, जयपृथ्वी र मानववाद

नेपाल प्रज्ञा प्रतिष्ठान र मानववादी समाज (सोच) नेपालले विश्वमा मानवातावादी दर्शनको विकास र विस्तारमा गौतम बुद्ध र जयपुथ्वीबहादुर सिंहको योगदान विषयक गोष्ठी कार्यक्रमको आयोजना गरेका छन् । २०७६ असार १६ गते नेपाल प्रज्ञा प्रतिष्ठानको कार्यक्रम हल काठमाडौँमा आयोजित कार्यक्रममा नेपालका दार्शनीक र दर्शनका विद्यार्थीहरु गरी करिब २ सयको सहभागिता रहेको थियो ।

कार्यक्रमको संक्षिप्त प्रतिवेदन

१. परिचय ः
कुनै पनि विषयलाई हेर्ने कोण नै दर्शन हो । मानिसको व्यवहार र विवेकको मापन हुनु दर्शनका क्षेत्रहरु हुन् । प्राज्ञिक अध्ययनका सन्दर्भमा ज्ञानको आधारभूत प्रकृति, वास्तविकता र अस्तित्वलाई विशेष ध्यान दिइन्छ । विश्वमा जति पनि विचार, सिद्धान्त र मान्यताहरु आएका छन्, ती कुनै न कुनै दर्शनका आधारमा आएको हुन्छन् । दर्शन एक प्रामाणिक तथ्य पनि हो । यसलाई विश्वको जुनसुकै स्थानमा बसेर अवलोकन गरे पनि उस्तै आयाम देखिन्छ । यसको प्रयोग र व्याख्यामा केही भिन्नताहरु भने हुन सक्छन् । दर्शन शब्द ग्रिकबाट आएको देखिन्छ । ग्रिक भाषामा फिलो भनेको प्रेम र सोप भनेको विवेक बुझिन्छ ।
२. नेपालमा मानवतावादकोे पृष्ठभूमि ः
नेपाली माटोबाट प्रवृत्त भएको मानवतावदी बाटोका रुपमा गौतम बुद्धले प्रतिपादन गरेका दर्शनहरु र मानवतावादी सिद्धान्तका प्रणेता जयपृथ्वीबहादुर सिंहलाई विशेष रुपमा लिइन्छ । उहाँहरुले मानवतावादको विकास र विस्तारमा दिनुभएको अमूल्य योगदान विश्वभर फैलिएको छ । क्रोध, लोभ र स्वार्थी आजको वर्तमान विश्व परिवेशमा मानवतावादी ती चिन्तनहरु उत्तिकै महत्वपूर्ण मानिन्छ । यसै सन्र्दमा नेपाल प्रज्ञा प्रतिष्ठान, दर्शन विभाष् र मानववादी समाज (सोच) नेपालको आयोजनामा विसं. २०७६ असार १६ गते प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा विचार गोष्ठी सम्पन्न भएको छ ।
३. कार्यक्रमको उद्देश्य र सहभागिता ः
नेपाली प्रबुद्ध व्यक्तिहरुबाटै प्रतिपादित मानवातावादलाई विश्वमा कसरी लिइएको छ र हाल यसको अध्ययनको क्षेत्र कसरी अगाडि बढेको छ ? यसको पालनाका लागि वर्तमान र भावी पुस्ताले के गर्नुपर्छ भन्ने प्रश्नमा केन्द्रित रहेर कार्यक्रम आयोजना गरेको देखिन्छ । नेपाली जमिनमा हुर्किएका यस्ता दर्शन ओझेलमा नपरुन् र यसबारे थप प्राज्ञिक बहश होस् भन्ने हेतुले गोष्ठीको आयोजना गरिएको हो ।
४ .कार्यक्रमको सञ्चालन शैली ः
कार्यक्रम अन्तरक्रियात्मक शैलीमा सम्पन्न भएको थियो । प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यता, उपकुलपति डा जगमान गुरुङको सभापतित्व, सदस्यसचिव प्रा. जगत्प्रसाद उपाध्यायको स्वागत मन्तव्य र सोच नेपालका निर्देशक उत्तम निरौलाको सञ्चालनमा भएको गोष्ठीमा शुरुमा कार्यपत्र प्रस्तुति र त्यसपछि छलफल भएको थियो । गोष्ठीमा विज्ञहरु डा खगेन्द्र प्रसाईँ र डा नन्दबहादुर सिंह (त्रिवि, प्रणाीशास्त्र केन्द्रीय विभाग) ले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रसाईँले “मानवतावाद, बुद्ध र आलोचनात्मक चेतना” र डा सिंहले “विश्व मानवतावादी दर्शनमा जयपृथ्वीबहादुर सिंह” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
५. कार्यक्रमको सार ः
कार्यक्रममा विज्ञ र सहभागीको छलफलले मानवतावादलाई थप उजिल्याएको छ भने मानवजातिको कल्याण मानवले नै गर्न सक्छ भन्ने निचोड निकालेको छ । त्यसका लागि बुद्ध दर्शन र जयपृथ्वीबहादुर सिंहका विचारहरुको थप अध्ययन, चिन्तन, मनन हुनुपर्नेमा जोड दिएको छ । यस प्रकारको विचार गोष्ठी निरन्तर हुनुपर्नेमा पनि समान मत देखिएको छ ।
६. प्रस्तोता र वक्ताका मुख्य भनाई ः
उत्तम निरौलाः विस्व परिषद् सदस्य, अन्तराष्ट्रिय मानववादी संगठन, बेलायतका तथा मानववादी समाज (सोच) नेपालका संस्थापक
मानववादी दर्शन दक्षिण एशियामा लामो समयदेखि संचालनमा रहँदै आएको दर्शन हो चारबाक, जैन दर्शन, बुद्ध दर्शन हाम्रो भुभागका मानववादी दर्शन हुन् । पछिल्लो समयमा हिन्दुत्वका नाममा उदाएका विभिन्न धर्म र सम्प्रदायका कारण हाम्रो समाजमा विज्ञानवादी सोच लोप हुनगई अन्धविश्वास र गरिब दलितमाथिको दमन बढेको छ शिक्षाले हाम्रो मौलिक दर्शनका बारेमा छलफल गर्ने बाटो नदेखाईदिँदा पनि हाम्रो देशको युवा जमात शिक्षाका नाममा रणभुल्लमा परेको छ ।
प्रा जगतप्रसाद उपाध्याय, सदस्यसचिव, नेपाल प्रज्ञा प्रतिष्ठान ः
हामीले दर्शनका क्षेत्रमा निरन्तर खोज, अनुसन्धान र बहश आरम्भका लागि यो गोष्ठीको आयोजना गरेका हौँ । नेपाली माटोमा प्रवृत्त भएको मानवतावादी दर्शनलाई विश्वले मानिसकेको अवस्थामा स्वदेशभित्रै यसको पर्याप्त चासो नभएको त होइन भन्ने सन्दर्भमा हामीले गोष्ठीको आयोजना गरेका हौँ । यस संसारमा मानवले मानवका लागि अनेक सिर्जनाहरु गरेको छ, मानवले अनेक लक्ष्य, साधन र क्रियाकलापका लागि प्रयत्न गरेको छ । यी सबैका स्रोत मानव हुन् भन्ने बुद्ध दर्शन र अरुको कल्याण गर्नुपर्छ भन्ने जयपृथ्वीबहादुर सिंहको मानवतावादलाई थप चिनाउनु र बहश गर्नु हाम्रो ध्येय हो । यो बहशको प्रारम्भ हो । यसमा सहकार्य गरेकामा सोच नेपाललाई धन्यवाद दिन्छु ।
डा खगेन्द्र प्रसाई ः (कार्यपत्र प्रस्तोता) ः
मानववादको पृष्ठभूमि नेपालमै छ । यो आन्दोलन नेपालबाट शुरु भएको हो । विश्वमा आधुनिकतासँगै यसको थालनी भएको हो । युरोप लामो समयसम्म राज्य सञ्चालनमा ईश्वरवादमा केन्द्रित थियो । राम्रो र नराम्रोको स्रोत बाइबलबाट थिचिएका हुन्थ्यो । मान्छेको जीवनको मालिक, यो सार चराचर जगतको मालिक ईश्वर हो भन्ने आम सिद्धान्त थियो । त्यही सिद्धान्तले शासन गथ्र्याे । मानवतावादले त्यसबाट एक फड्को मारेर मान्छे स्वयंले मान्छेलाई मानवका रुपमा लिन्छ । मान्छेलाई लागू हुने नियम मान्छेले नै बनाउँछ । ऊसको नैतिकता, जीवन मूल्य र आदर्शका स्रोत मानिस हुन् भन्ने सिद्धान्त मानवतावाद हो । मान्छे ईश्वरले बनाइदिएको नैतिकता र क्षमतामा होइन मानिस मानिस हुन उसँग आवश्यक पर्ने विभिन्न क्षमता र नैतिकतामा आधारित हुन्छ । आफ्नो भाग्यको क्षमता, आलोचनात्मक चेतनाको क्षमता हुन्छ । बुद्धी र ज्ञानको उत्पादन गर्ने एक प्रकारको प्रवृत्ति हो । मानिसमा जिज्ञाशु प्रवृत्ति हुन आवश्यक छ । इश्वरवादी चेतना प्रणालीमा सन्देहको चेतना हुँदैन । मानवतावादमा सन्देशको आधार हुन्छ । खुल्ला दिमागको सिद्धान्त पनि हुन्छ । खुल्ला दिमाग भनिन्छ । यो सारमा व्यक्तिमा आलोचनात्मक चेतनाको कुरा हो ।
नैतिकता, सत्य या असत्यको कुरा के को आधारमा तय गर्ने तथ्य र तर्कले प्रमाणित हुनुपर्छ । त्यसलाई मान्न मान्छे तयार छ कि छैन, मानवतावादले यो कुराको वकालत गर्छ । आजसम्म चिकित्सा विज्ञानले तर्क र तथ्यलाई आधार मान्छ । तर हाम्रो समाज र संस्कृतिका कतिपय सन्दर्भमा तर्क र तथ्यको स्थान त्यती दिइएको पाइँदैन ।
बुद्धको परनिर्भर उत्पत्तिको सिद्धान्त छ । यसले संसारको कुनै पनि वस्तु अर्काे वस्तुको आधारमा निर्भर हुन्छ । स्वउत्तपत्तिको सिद्धान्तलाई बुद्धले मान्दैन । ईश्वर स्वयंमा उत्पत्ति हुन्छ, उसले अरुलाई उत्पत्ति हुन्छ भन्छ । यस्तो स्वउत्तपत्तिको सिद्धान्तलाई बुद्धले स्वीकार गरेका छैनन् । कुनै पनि वस्तुको अस्तित्व अर्काेमा निर्भर हुन्छ । वेदको आधिकारितालाई इश्वरको वाणी हो भन्नेहरु पनि छन् । मानव सिर्जित भन्नेहरु पनि छन् ।
मानिसको भौतिकक शरीर नरहे पनि सदाबहादुररुपमा आत्मा हुन्छ भन्ने बुद्धले मानेनन् । शरीरभन्दा बाहिर आत्मा हुँदैन भने । आत्मा शरीर रहन्जेल रहन्छ भन्ने व्याख्या गरे । बुद्धले अधिभौतिकवादी या काल्पनिक प्रश्नहरुलाई कम चासो राखे । मानिस समाजिक व्यक्ति मान्ने हो भने मान्छेको सुख, दुःख अरुमा मानिस र भौतिक जगतमा निर्भर रहन्छ । म र समाजबीचको सामञ्जस्यता राख्ने कुराले मानिस मानिसलाई जोड्छ, यो मानवतावादी बुद्धका व्याख्या हो । मानववादको दार्शनिक अवधारणा यही हो । शास्त्रलाई नसुन, परम्परालाई ध्यान नदेऊ । आफ्नो ज्ञान आफै खोल र आफ्नो सुख, दुःख आफैले चिन । आफ्नो चिन्ता आफै गर्न सकिन्छ भन्ने बोध भएमा ज्ञानी हुन्छ । प्रबुद्ध हुन्छ । प्रबुद्धता आन्दोलन बुद्धले स्थापित गर्नुभएको छ । बुद्धकौ दर्शनमा अलौकिकताको स्थान छैन । मान्छेमा सुख, दुःखमा जोडिन्छ । बुद्धको चिन्तन लौकिक छ । यो मानिसको जीवनसँग सिधै जोडिन्छ । यद्यपपि, बुद्धका कतिपय सोचाइहरु रहस्यात्मक पनि छन् ।
डा नन्दबहादुर सिंह (कार्यपत्र प्रस्तुति) ः
जयपृथ्वीबहादुर सिंह दोस्रो गौतम बुद्ध हुन् । पहिलो गौतम बुद्धका बारेमा खगेन्द्र प्रसाईले प्रस्तुत गरिसक्नुभयो । बझाङमा जन्मिएर राजकाज छाडेर मानवतावदमा लागेको व्यक्ति अर्काे मैले देखेको छैन । सिंहले प्रतिपादन गरेको मानवातावादबारे हामीले नेपालमा अध्ययन शुरु गरेका हौँ ।
विश्व मानवतावादी आन्दोलनमा जयपृथ्वीबहादुर सिंहको अनुपम योगदानमा जान्छौँ । मानवतावाद विश्वमा मानिएका तीन सय दर्शनमध्ये एक हो । पश्चिमाभन्दा एक दुई वर्ष पहिले सिंहले मानवतावादको थालनी गरेका थिए । चाल्स फ्रान्सिसले अमेरिका १९२९ मा मानवतावादी संस्था खोलेको थिए भने सिंहले भारतमा पहिलो मानवतावादी संस्था खोलेका थिए ।
मानवतावादको दार्शनिक पक्षमा धार्मिक र निरपेक्ष मानवतावादी चिन्तनहरु छन् । हामीले बुद्ध मानवातावाद पनि देखेका छौँ र पश्चिमा मानवतावाद पनि देखेका छौँ । जयपुथ्वीबहादुरले विश्व शान्ति, भ्रातृत्व र मानवातावादका लागि राजतन्त्र छाडे । यस्तो उदाहरण विश्वमा विरलै पाइन्छ । उहाँ तिव्र बुद्धिका युवा हुनुहुन्थ्यो । उहाँको १९३४ भदौ ७ गते बझाङको चैनपुरमा जन्मनुभयो । राणा परिवार मामाघर भएकाले उहाँको प्राथमिक शिक्षा दरबार हाइस्कुलमा भयो । पछि उच्चशिक्षाका लागि भारत जानुभयो । त्यसपछि उहाँ स्वध्यायनमा लाग्नुभयो । अहिले उहाँको नाममा नगरपालिका र सडक बनाइएको छ ।
म दर्शनका क्षेत्रमा उहाँको योगदानबारे छोटकरीमा भन्छु । उहाँलाई कसरी मापदन गर्ने आयम), त्यसबेला उहाँ कसरी राणाहरुसँग लड्नुभयो (विमति), उहाँको योगदान (समर्पण), उहाँको कौशलता (डेक्सिटरी) र दोधार (डाइलिमा) यी पाँच डि का आधारमा म प्रस्तुति गर्छु ।
सिंह पहिलो पटक नेपालमा आउँदा आफ्ना हातमा ध्यान प्रेस हातमा लिएर आउनुभयो । आउनेवित्तिकै गोरखापत्र प्रकाशन गराउनुभयो । चन्द्रशमशेर राणाले आफ्नी छोरी सिंहलाई विवाह गराए । स्वतन्त्रता र चेतनाका पक्षमा काम गरेपछि चन्द्रशमशेर र ज्वाइ सिंहबीच टकराव शुरु भयो ।
सिंहले नेपालको इतिहासको पुस्तक लेख्नुभयो । उहाँ युथोपियको युद्धमा पनि मानव रक्षाका लागि जानुभयो । भाारतमा गएर उहाँले ठूला ठूला पुस्तक प्रकाशन गर्नुभयो ।
उहाँ युगपुरुष हुनुहुन्थ्यो । उहाँ संसारले मानेको दोस्रो गौतम बुद्ध हो । उहाँ शिक्षाप्रेमी हुनुहुन्थ्यो । गोरखापत्रको पहिलो सम्पादक हुनहुन्थ्यो । विसं. १९८५ मा अक्षराङ्क शिक्षा, तत्वप्रशंसा, सत्यचिन्तन, पुस्तक प्रकाशन गर्नुभयो । पहिलो व्याकरणविद् पनि हुनुभयो । राणाको विरुद्ध लड्ने लोकतान्त्रिक योद्धा हो ।
उहाँले अन्तर्राष्ट्रियस्तरमा संयुक्त राष्ट्र सङ्घ चाहिन्छ भनेर वकालत गर्नुभयो । अमेरिकाको माटोमा पाइला हाल्ने पहिलो नेपाली हो । फ्रान्समा युद्ध हुँदा पुगेर युरोप भ्रमण गर्नुभयो । ९५ दिनमा युरोपका देशमा मानवतावादबारे १२ वा सम्बोधन गर्नुभयो ।
उहाँको निधनमा दोस्रो गौतम बुद्धको अन्त्य भनेर विश्वस्तरमा समाचार पनि प्रकाशन भएको थियो । उहाँको दर्शन र जीवनको सार नैतिक र कानूनी बाटो देखाउनुभयो ।
मानिस र पशुमा के फरक हुन्छ ? मानवताभित्रको पशुत्व हटाएर खुशी हुन सक्ने । उहाँ ज्ञानमा परम आनन्द आउँछ र ज्ञान ठूलो कुरा हो भन्नुभएको थियो । आराम र खुशीपन त्यसैमा देख्नुभयो ।
अर्काको भलाईका निम्ति समर्पित हुनु मानवतावाद हो ।
खुल्ला छलफल
दामोदर पुडासैनी ‘किशोर’
म पनि मानववादी विद्यार्थी हुँ । प्रस्तुत कार्यपत्रहरु महत्वपूर्ण छन् । केही कुरा खट्किएको छ । यहाँ व्यानरमा लेखिएकोमा मानवतावादी भन्दा पनि मानववाद हुनुपर्छ । व्यक्ति ठूलो कुरा होइन, उसको योगदान ठूलो कुरा हो । उहाँका सबै पुस्तकमा मानववाद छैन । त्यसैले उहाँको जीवनीभन्दा मानववादमा केन्द्रित हुनुपर्छ ।
गौतम बुद्धको चर्चा यतिले मात्रै गरेर पुग्दैन । हामीले अरु पनि कार्यपत्र प्रस्तुत गर्नुपर्ने हुन्छ । धर्म, समाज र संस्कृतिले पारेका असर, मानववादी दर्शनविरोधी कस्ता सामाजिक व्यवहार भएका छन् भन्ने चर्चा हुनुपर्ने थियो ।
तोयानाथ भट्टराई ः
राजा जयपृथ्वीबहादुर सिंहको विषयमा कार्यपत्रमा चन्दशमशेर र च्वाईसँगको टकरावबारे उल्लेख गरिएको छ । बाबुराम आचार्यले उल्लेख गरेअनुसार मातृभाषा…?
डा युपी धमला ः
मेरो प्रश्न खगेन्द्र प्रसाईँलाई हो, बुद्धले अलौकिक होइन लौकिक चिन्तन गरेको भन्नुभएको छ, यसको आधार के हो ? नन्दबहादुर सिंहलाई मेरो प्रश्न हाते प्रेस जङ्गबहादुरले ल्याएको हो कि जयपृथ्वीबहादुर सिंहले हो ?
ंइ. राजकाजी रञ्जित ः
जयपृथ्वीबहादुरले विश्वका विभिन्न ठाउँमा गरेका सम्बोधनको प्रतिहरु पाइन्छ कि पाइँदैन ।
गोविन्द उपाध्याय ः
जय पृथ्वीबहादुर सिंहका बारेमा इतिहास बढी आयो । दर्शन धेरै आएन । अर्काे कुरा आजको कार्यक्रममा गौतम बुद्ध जोड्न आवश्यक थिए । दुई जनालाई कसरी मिलाप हुन्छ । त्यो हो भने दार्शनिकरुपकै कार्यपत्र आउनुपर्ने थियो ।
नवराज खतिवडा ः
मेरो दूवै कार्यपत्रमा प्रश्न छ । गौतम बुद्धको दर्शनबारे पातलो अध्ययन छ । बुद्धपथलाई पूँजीकृत गर्न सकिएको छैन । कार्यपत्रहरु सबै आयाममा आएर विषयवस्तुका आधारमा आवोस् । नन्दबहादुर सिंहको प्रस्तुतिमा विश्वसनीय भएन कि ?
विमल फुयाँल ः
आजको महत्वपूर्ण विषयमा मानवादी दर्शनको महत्व र औचित्य के छ । खासगरी आज पनि युद्धका कुरा, जलवायु परिवर्तनको कुराहरु छन् । मानिस प्रकृतिमैत्री भइरहेको छैन ? त्यसमा गएको भए हुन्थ्यो कि ?
विष्णु प्रभात ः
यहाँ केही कुराहरुमा प्रश्न उठे, ती दर्शनसँग सम्बन्धित छन् । व्यानरमा मानववाद र मानवतावाद दुई शब्दावलीहरु प्रयोग भएका छन् । कार्यपत्र पनि यसमा स्पष्ट हुन सकेका छैनन् । सिंहले गरेका योगादानका आधारमा उहाँलाई दोस्रो गौतम बुद्ध भन्न नसकिने होइन तर त्यसका लागि राज्यले पनि सोच्नुपर्छ । सिंहको पुनः मूल्याङ्कन हुनुपर्छ ।
मानववादको इतिहास युरोपबाट शुरु भएको होइन, नेपालबाट शुरु भएको हो । वाल्मिकीले रामायण लेख्दा अजादवादको व्याख्या गर्दा ईश्वरको विरुद्ध पहिलो प्रश्न गरेर मानववादलाई स्थापित गरेका छन् । रामचन्द्रले धर्तीमा जे गरे मनुष्यका रुपमा गरे भन्ने देखाएका थिए । देवता र मनुष्यको युद्धमा वाल्मिकीले मनुष्यको पक्ष लिएका थिए ।
अस्तित्व र अनस्तित्को प्रश्नमा कार्यपत्र अल्मलिएको छ । अस्तित्वलाई निधेष र स्वीकार गर्ने दूवै धारा बुद्धले स्वीकार गरेका छन् । न उग्र, न शिथिल मध्यममार्ग स्वीकारेका छन् । बुद्धल मानिसको कर्मलाई श्रमिक पाटोलाई कुरा गर्दा मानव जातिको किनबेच, पशुको हिंसालाई विरोध गरेका छन् । प्लेटो र अरस्तुजस्ता विद्वानले दासहरुको किनबेचलाई स्वीकारेका छन् ।
बुद्ध र जयपृथ्वीबहादुरबीच दार्शनिक सामञ्जस्य छैन भन्ने होइन । उहाँहरु जोडिनुहुन्छ । एक वस्तुको उत्पत्तिको कारण अर्काै वस्तुलाई अन्तरनिर्भरताको सिद्धान्तलाई स्वीकार गरेको पाइन्छ । कार्यपत्रमा शब्दहरुको प्रयोगमा सोच्नुपर्छ ।
परम्परागरुपमा बुद्धको व्याख्या गरेर हुँदैन । उहाँको दार्शनिक विषयमा व्याख्या गर्नुपर्छ । धार्मिक र अलौकिकरुपमा लानु हुँदैन । बुद्धलाई ईश्वर मान्नुभन्दा उहाँले सामाजिक कल्याणका लागि दिएको यपोगदानमा जानुपर्छ ।
व्यष्टि र समष्टिबारे बुद्धलाई विवादमा तानिन्छ । बुद्धले सामजिक अभियानका लागि व्यवहारिक र समष्टिगत चिन्तन अघि सानुभएको छ । बुद्धको उद्गलको चिन्तन मानिसको सहअस्तित्वको व्याख्या गरेका थिए । मानव व्यष्टिमा उहाँको योगदान थियो ।
रामदेव पाण्डे ः
यो खालको बहशका लागि धन्यवाद । मानववादी दर्शनलाई अगाडि ल्याउने काम भएको छ । कार्यपत्र प्रस्तुत गर्दा नेपाली शब्दहरुको
मीनबहादुर सिंह ः
म यही विषयमा अनुसन्धानमा छु । मेरो खोजीमा विश्व शान्तिका लागि गौतम बुद्ध र जयपृथ्वीबहादुर सिंहलाई जोड्न सकिने देखिएको छ । मानवातावाद र मानववादमा विवाद देखियो । हामीले आफ्नै किसिमकले यी दुई शब्दलाई व्याख्या गरेका छौँ । यो युरोप र नेपालमा फरक फरक प्रयोग भएको छ । सम्पूर्ण चराचर जगत र प्रकृतिसँग जोडेर मानवतावाद भनिन्छ भने हरेक व्यक्तिको मनमा रहेको पशुत्वलाई अन्त्य गरेर विश्व शान्ति ल्याउन सकिन्छ भन्नु मानववाद हो ।
डा देवी नेपाल ः
म आफै पनि आयोजकको सदस्य भएकाले धेरै प्रश्न छैन तर सोच नेपालसँगको सहकार्य बढाउँदै जाँदा मानवतावादका लागि यी दर्शन र विचारलाई अगाडि बढाउन आवश्यक देखिन्छ । आगामी दिनमा यो बहश चलिरहनुपर्छ ।
रमेश पौडेल ः
म सोचको संस्थापक अध्यक्ष भएका नाताले मानववादको प्रचार प्रसार होस् भन्ने चाहान्छु । हिन्दू शास्त्र र बुद्ध दर्शनको सहसम्बन्ध के हो ?
विपिन श्रेष्ठ ः
जयपृथ्वीबहादुर सिंहको इतिहासका बारेमा थाहा भयो । उहाँ आज भएको कसरी वर्तमान परिवेशलाई चित्रण गर्नुहुन्थ्योहोला ।
सीता ओझा ः
दुवै व्यक्तित्वको चर्चा गर्दा शान्तिको पक्ष छुटेको जस्तो लागेको छ ।
कार्यपत्र प्रस्तोताको जवाफ ः
डा खगेन्द्र प्रसाईँ
ईश्वरवादमा सन्देह अट्छ कि अट्दैन भन्दा अट्दैन ।
लौकिक र अलौकिकमा ः बुद्धले कुनै वस्तुको स्व अस्तित्व हुन्छ भन्ने स्वीकार गरेनन् । ईश्वरको अस्तित्व छ भन्नेहरुको तर्क यो होइन । बुद्धले अलौकिको चर्चा गर्दा यहाँ पीडा, भोग, सारा समस्या तिमी ईश्वर कसरी उत्पत्ति भयो वा तिर हान्नेको इश्वरीय खोज्छौँ कि यसलाई कसरी उपचार गर्ने भन्ने हो । केही सन्दर्भमा बुद्धका पनि अलौकिक कुराहरु छन् ।
बुद्धको दर्शन स्पष्ट छ । बुद्ध दर्शन तान्त्रिक र दार्शनिक अनेक छन् । मेरो व्याख्या दार्शनिकमा छ ।
बुद्ध दर्शनको सामाजिकताका पक्षमा म छु ।
डा नन्दबहादुर सिंह ः
मलाई प्रस्तुतिका लागि पर्याप्त समय भएन । कुनै पनि व्यक्ति र उसको दर्शन बुझ्न जयपृथ्वीबहादुरलाई बुझ्नुपर्छ । जयपृथ्वीबहादुर सिंहलृ पृथ्वीलाई एउटा घर मानेर मानवभित्रको पशुत्व हटाएर भ्रातृत्व, एकता र आपसी सम्मान हुन्छ भन्ने हो । समाजको तल्लो तहसम्म एकापसमा शान्ति र भ्रातृत्व हुन्न तबसम्म मानवतावाद शुरु हुँदैन भन्ने उहाँको सिद्धान्त हो । उहाँ दर्शनकै व्याख्या गर्नका लागि युरोप भ्रमणमा जानुभएको हो । माइ प्रिन्सिपल ह्युम्यानिज्म । आफ्नो कल्याणमा होइन अर्काको सेवामा लाग्नुस् भन्ने उहाँको चिन्तन हो ।
अहिले पनि युद्धहरु, जलवायु परिवर्तनका असरहरु भइरहेका छन् । यसको निदानका लागि मानवतावाद चाहिन्छ ।
वैरागी काईँला, पूर्वकुलपति ः
समष्ट सृष्टिपछि मान्छेको सृष्टि भयो । मान्छेको सृष्टि भएपछि समयको चक्रमा सृष्टिकर्ता आफै लिन भयो । अन्तध्यान भयो । अब मान्छे सुख वा दुःख जे गर्छ त्यो उसकै जवाफदेहिताको कुरा हो । मानिसकले यही दायित्वको निर्वाह गर्ने क्रममा अनेक विचार दर्शन जन्मिए । कतिपयले होइन ईश्वर त अझै छन् भन्नेहरु पनि छन् ।
यो संसारमा मानिसमाथि आइपरेका दुःखहरु त्यसै आएका होइनन् । त्यसका कारणहरु छन् । लोभ, लालच, चोरी फट्याईँ अनेक छन् । प्रसाईँले बुद्ध दर्शनका केही कुरा ल्याउनुभएको छ । दुःखको कारणहरु पत्ता लगाउन र निवारणका लागि लाग्न के गर्ने भन्ने यहाँ सुनियो ।
मानवादतावादी दर्शनका प्रणेता नेपालका उत्पादन भएको जान्दा हामीलाई खुशी लाग्यो । आम नेपालीको दुःख दर्द हटाउन शिक्षा र सत्कर्म किन आवश्यक छ भन्ने जयपृथ्वीबहादुरको सोच र व्यवहारबाट सिक्न सकिन्छ ।
हामी खुशी हुनु हो र अरुलाई खुशी तुल्याउनु हो भने यो पृथ्वीलाई कसरी । अहिले मानिसले धनी पूर्जा लिएको सम्पति मान्छेको मात्रै सम्पति होइन । प्रकृतिका सबै शक्तिसँग हामीले सभाइबलमा बाँच्ने हो ।
गङ्गाप्रसाद उप्रेती, कुलपति ः
प्रज्ञा प्रतिष्ठान अहिले हरेक क्षेत्रमा खोज अनुसन्धानमा लागेका छौँ । हाम्रो दर्शन, इतिहास, सिर्जना, धर्ममा सामथ्र्य छ, विश्वभरी त्यसमा कस्तो प्रभाव परेको छ ? यसमा छलफल हुनुपर्छ । यो क्रममा हामी लागेका छौँ । नेपाली दर्शनका धारामा कुन कुनलाई समावेश गर्ने ? विश्व जगतमा दर्शनका क्षेत्रमा हाम्रो स्थान के छ ? यो पहिचानका लागि हामीले यो गोष्ठी गरेका हौँ ।
बुद्धको दर्शन भौतिक हो कि अभौतिक भन्नेबारे हिजो पनि नवलपरासीमा राम्रो छलफल भएको थियो । हामीले आफ्नो सामथ्र्यअनुसार नेपाली दर्शनलाई बुझ्न लागेका छौँ । योग र ध्यानको प्रस्थानविन्दू पनि नेपाल हो । योग मानव श्वास्थ्यका लागि महत्वपूर्ण चिज हो । असार २२ गते दर्शन विभागले योग दर्शन, जीवनशैली र स्वास्थ्यका बारेमा हामी कार्यक्रम गर्दैछौँ । यो जानकारी पनि गराऔँ । यो नेपालकोे अपनत्व खोज्ने प्रक्रिया पनि हो ।
दर्शन यस्तो विषय हो, प्राज्ञिक शब्दावलीलाई प्रयोग गरिएमा जटिल हुन्छ । हाम्रो प्रयत्नलाई बुझेर यहाँहरुले । दर्शन कठिन विषय हो ।
आगामी अक्टोबारमा दोस्रो चिनियाँ दक्षिण एसियाली साहित्य सम्मेलन हामी गर्दैछौँ । त्यसले पनि हाम्रा समानताहरुलाई बुझ्न सम्भव हुन्छ । म सहभागी सबैलाई धन्यवाद दिन्छु ।
बालकृष्ण श्रेष्ठ, सोचका अध्यक्ष ः
आज बुद्ध र जयबहादुर सिंहबारे फलदायी छलफल भयो । हामी राजनीतिक आन्दोलनहरुबाट स्वतन्त्र नागरिक भयौँ तर धार्मिक, सामाजिक र आर्थिकरुपले स्वतन्त्र नागरिक भएका छैनौँ । हालै एक व्यक्तिले बालकलाई बली दियो । धर्तीमाता आङमा उत्रिए बोक्सीको कल्पना गरेर मानिसलाई सास्ती दिने कुराहरु सुन्नमा आइरहेका छन् । त्यसकारण हामी धर्म र समाजबाट थिचिएका छौँ । स्वतन्त्रमा मानव भएर बाँच्न पाएका छैनौँ । प्रशासनिकरुपले हेर्दा पनि धनी र उच्चपदस्थहरु आफ्नो स्वार्थ पूरा गर्न लागिरहेका हुन्छन् । यसको निदानका लागि के त ? कुनै अदृष्य शक्ति सर्वशक्तिमान छ, ईश्वर छ भनेर २५०० वर्ष पहिलो कुरा ल्याए । विभिन्न कर्मकाण्ड ल्याए । हामी जन्मनासाथ सामाजिक संस्कार गर्दै हुर्कँदै आएका छौँ ।
अरबौ मानिसलाई एउटा तराजु र ईश्वरलाई अर्काे तराजुमा राख्ने हो भने ईश्वर नै भारी हुने स्थिति छँदैछ । कुनै देशमा सामाजिक विकास भएको छैन भने ईश्वरले धर्मको अवतार लिएर आउनेछु भन्ने गीताको सन्देश छ, र्ईश्वरको प्रकृतिका रुपमा राजा मानिदिने र त्यो अवतारी पुरुषले धर्मको रक्षा गर्छ भन्ने सोच । दासको दासै भएर बसिरहेका छौँ । क्रान्तिकारी रुपान्तरण भएपनि दास मानसिकता छाडेका छैनौँ ।
डा. जगमान गुरुङ, सभापति ः उपकुलपति ः
जयपृथ्वीबहादुर सिंह आफै राजा । किन राजकाज छाडेर मानतावादमा लागे ? मानवको जागणमा लागे ? उनको विषेशता भनेको जनता हो । राजा होइन, राजा भनेर सम्बोधन गर्नु हुँदैन ।
जयपुथ्वीबहादुर सिंहको बारेमो विद्यावारिधी गरेका डा राजाराम सुवदीलाई आ बोलाइनछ ।
बुद्ध दर्शनको कार्यक्रममा खोइन बौद्ध धमौवलम्बी । यो गल्ती भयो । यहाँ बौद्धमार्गीहरु देखिएन । उहाँहरुलाई ससम्मान यहाँ राख्नुपर्छ । बुद्ध धर्म र जनजातिका नाममा पैसा ल्याएर खान्छन् भन्ने आरोप पनि सफाइ हुनुपर्छ ।
कार्यपत्र लेखन अल्मलिएको होइन, बुद्ध आफै अल्मलिएको छ । पूर्वजन्म, पुनः जन्मका बारेमा कुरा गर्छ मरेपछि स्वर्ग जाँदैन भन्छ । बुद्धलाई तीन सय वर्षपछि भगवान भन्न थालियो । उनी खासमा शाक्यमुनी बुद्ध हुन् । मुनी र बुद्ध किन भनियो ? बुद्धको अर्थ बुझेको । वैदिक, उपनिषद्कालमा पनि बुद्ध थियो, तत्ववेत्ता, जीव, जगत र ब्रम्हा । वेदान्त दर्शनको दार्शनिक चिन्तन यही हो । ब्राम्हण र श्रवण । ब्राम्हण भनेको ऋषि, श्रवण् भनेको वैरागी । नारदमुनी भनेजस्तै । वैदिकमुनीको परम्परामा शाक्यमुनीको विकास भएको छ ।
हिन्दू शर्मामाथि अतिक्रमण भएको छ । अप्रत्यक्षरुपले । आफ्नो मतको व्याख्या गर्नुस्, अरुलाई बाह्र हातको टाँगाले पनि नछुनुस् । अहिले हिन्दू र बौद्धको विवाद छ । श्रीमद्भागवतमा अजेयको जून परिभाषा गरेको छ, खेयरवादको बुइ चढेर हिन्दूधर्मलाई प्रहार गर्ने हो कि समाजलाई कल्याण गर्ने मानववादमा लाने हो ? बहश शुरु भएको छ । वादे वादे जायते तत्वबोध ।
७. निष्कर्ष तथा सुझाव ः
नेपाली भूमीमा जन्मिएका मानवतावादी आन्दोलनका महानायकहरुका रुपमा गौतम बुद्ध र जयपृथ्वीबहादुर सिंहलाई लिन सकिन्छ । बुद्धका बारेमा विश्वजगत्ले बढी नै चिनेपनि सिंहका बारेमा स्वदेशभित्र पनि पर्याप्त चर्चा हुने गरेको छैन तर विज्ञहरुले सिंहलाई दोस्रो गौतम बुद्ध पनि भन्ने गरेको छन् । यस सन्दर्भमा उहाँहरु दूवैको मानववाद र मानवतावादबीच एक प्रकारको तादाम्यता छ । यस्ता सत्विचारलाई व्यवहारिक जीवनमा पालन गर्न र नेपाली भूमिबाट प्रवृत्त भएको वादलाई विश्वभर प्रचार गर्न गोष्ठीले निचोड निकालेको छ । साथै यस्ता छलफल नयाँ नयाँ आयामा निरन्तर राख्न सुझाव दिएको छ ।
कार्यपत्र प्रस्तुतकर्तालाई विषयको इतिहास र पृष्ठभूमिमा भन्दा सैद्धान्तिक पक्षमा बढी केन्द्रित हुन, प्स्तोतालाई अलि बढी समय दिन, छलफलका लागि पनि पर्याप्त समय विनियोजन गर्न गोष्ठीमा सुझाव प्राप्त भएको छ । इतिहास र सिद्धान्तका विषयमा कतिपय प्रामाणिक तथ्यहरु प्रस्तुत गर्दा आधार र सन्दर्भ सामग्रीलाई समावेश गर्न पनि सुझाव प्राप्त भएको छ । बुद्ध दर्शनबारे छलफलगर्दा बौद्धमार्गीहरुलाई पनि उल्लेख्यरुपमा आमन्त्रण गर्नुपर्ने देखिन्छ ।
कार्यक्रमा मानववाद र मानवतावादको बहश आरम्भका लागि महत्वपूर्ण कोशेढुङ्गा सावित भएको छ । यस्ता छलफलले निरन्तरता पाउन सकेमा नेपालको मानवतावदलाई नेपालीले सरलरुपमा बुझ्न र ग्रहण गर्न थाल्ने देखिन्छ ।
प्रतिवेदक ः प्रकाश सिलवाल

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *