१०५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्तरक्रिया

१०५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्तरक्रिया

कुरीति अन्त्य समाज (कास) को आयोजना र मानववादी समाज (सोच) नेपालको सहयोगमा १०५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर देशका ११ जिल्लामा “जिल्लामा कुरीतिजन्य हिंसाको अवस्था” विषयमा अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरिएका छन् ।

कुरीति अन्त्य समाज (कास) का जिल्ला शाखा भएका जिल्लाहरुमा धर्म, संस्कृती, परम्परा र रितीरिवाजका नाममा कस्ता खालका कुरीतिहरुले प्रसय पाईरहेका छन् भन्ने विषयमा जानकारी लिन सरोकारवाहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएका थिए ।

१० वटै जिल्लामा भएका कार्यक्रममा ३ हजार भन्दा बढीको उपस्थिती रहेको थियो ।

अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका जिल्लाहरु 

१ नवलपरासी

कुरीति अन्त्य समाज (कास) को आयोजना र मानववादी समाज (सोच) नेपालको सहयोगमा ०७१ फागुन २३ गते जिल्ला सदरमुकाम परासीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्यो । 

कुरीति अन्त्य समाज नवलपरासीका अध्यक्ष लवंगी देवी हरिजनको अध्यक्षतामा भएको कार्यक्रममा  जिल्लाका प्रहरी प्रमुख (एसपी) नल प्रसाद उपाध्याय प्रमूख अतिथी रहनु भएको थियो ।

कार्यक्रममा महिला तथा बालबालिका कार्यालयकी प्रमूख उर्बरा लुईंटेल, कासका पूर्व जिल्ला अध्यक्ष शम्भु प्रसाद उपाध्याय, अधिकारकर्मी, मञ्जु काफ्ले, माया बस्याल, मनुकला भण्डारी, राधा पजियांर, सुमित्रा भटराई, राधा रेग्मी, नेपाल प्रहरीका सोममाया गुरुङ् ईन्सेक प्रतिनिधी नारायण पराजुली लगायत ४० जनाको उपस्थिती रहेको थियो ।

जिल्लामा कुरीतिका कारण दलित, पिछडा वर्ग, महिला तथा लोपोन्मुख जाति र गरीब मान्छेहरु बढी प्रभावित हुने गरेको भन्दै यसको अन्त्यका लागि पहल गरिनुपर्नेमा जोड दिईएको थियो ।

सहभागिहरुले जिल्लामा दाईजो, घुम्टो, बालविवाह, बहुविवाह, अनमेल विवाह, बोक्सी प्रथा लगायतका कुरीतिहरु रहेको बताएका थिए ।

कार्यक्रममा कासका केन्द्य्रीय सदस्य वृजराज कुश्वाहाले “कुरीतिजन्य हिंसाको अवस्था तथा प्रयास” विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

२. बाँके

जिल्लामा कुरीतिजन्य हिंसाको अवस्था र नागरिक समाजको भूमिका विषयक कार्यक्रम फागुन २६ गते बाँकेको नेपालगञ्जमा सम्पन्न भयो । 

कुरिती अन्त्य समाज (कास) बाँकेको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथी सभासद आशा विक, राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय संयोजक मुरारी खरेल, अन्तर पार्टी महिला सञ्जाल बाँकेका अध्यक्ष नारायणी रुपाखेती, साथी संस्था बाँकेका अध्यक्ष सरिता शर्मा, अधिकारकर्मी मन भण्डारी, राजकुमार नेपाली, शाहिदा शाह, आलम खान, अमृता केसी, शोभना मिश्र, रुपा गहतराज, कल्पना पौडेल, रुपनी जिएम, कृष्ण विक, पत्रकार पूर्णलाल चुके, एकल महिला संमूहका क्षेत्रीय संयोजक शोभा विसीलगायतले बोल्नु भएको थियो ।

कार्यक्रमका वक्ताहरुले आम समुदायले कुरीति विरुद्ध खबरदारीको भूमिका निर्वाह गरि सम्बन्धित निकायलाई जिम्मेवार बनाउन भूमिका खेल्नु पर्ने बताउनुभयो । सहभागिहरुले जिल्लामा दाईजो प्रथा,  बोक्सीको आरोप, बाल विवाह, विधुवा प्रथा, घुम्टो प्रथा लगायतका कुरीतिहरु विद्यमान रहेको बताउनु भएको थियो ।

कार्यक्रममा आजको लोकतान्त्रिक तथा खुल्ला समाजमा पनि धर्म सम्प्रदाय, समुदाय र जातियतासंग कुनै न कुनै रुपमा जोडिएका अन्धविश्वास र रुढीवादी संस्कारहरुले मान्छेको जीवन असहज बनाईरहेको भन्दै त्यसका विरुद्ध आवाज उठाउनु सचेत मानिसहरुको जिम्मेवारी भएको औंल्याएका थिए ।

कासका बाँकेका अध्यक्ष जयन्ती केसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव उमा थापामगरले गर्नु भएको थियो ।

कार्यक्रममा पत्रकार पूर्णलाल चूकेले जिल्लामा कुरीतिको अवस्था विषयमा कार्य पत्र प्रस्तुत गर्नुभएको थियो ।

३. पाँचथर

नेपाली समाजमा रहेका सबै समुदायहरुमा कायम विभिन्न कुरीतिहरुका कारण पुरुषको तुलनामा महिला माथि बढी हिंसा हुने गरेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । धर्म, संस्कृती तथा रीतिरिवाजका नाममा विद्यमान कुप्रथा र कुरीतिका कारण पन

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *