तीन महिनामा कुरीतिजन्य हिंसाका ८८ घटना
काठमाडौं । तीन महिनाको अवधिमा नेपालमा कुरीतिजन्य हिंसाका ८८ घटना सार्वजनिक भएका छन् । कुरीतिकै कारण ८ जनाको ज्यान गएको छ । ज्यान गुमाउने र प्रभावित हुनेमा महिला बढी छन् ।
यो अवधिमा कुरीतिका कारण ज्यान गुमाउनेमा ७ जना महिला र १ बालक छन् । कुरीति कै कारण ५ जना (२ पुरुष, ३ महिला) कुटपिटको शिकार भए । ५९ जना मानसिक हिंसाको शिकार बने । तीन महिनामा कुरीतिका कारण १५ समुदाय र १ विद्यालय पनि प्रभावित भयो ।
सोच नेपालले २०७५ पुस १७ गतेदेखि २०७५ चैत्र १७ गतेसम्म (जनवरी १, २०१९ देखि मार्च ३०, २०१९सम्म) काठमाडौंबाट प्रकाशित हुने पत्रपत्रिकालाई आधार मानेर गरेको संचार अनुगमन अनुसार यो तीन महिनामा बालविवाहका ४५, छाउपडी १२, जातीय छुवाछुत १७, बोक्सी प्रथा ३, लिङ्गविभेद २, बहुविवाह ५, दाइजोप्रथा ४, गरी कुल ८८ घटनाहरु सार्वजनिक भए ।
यो अवधिमा कुरीति सम्बन्धि ३४ लेख पनि विभिन्न पत्रपत्रिकामा प्रकाशित भए भने ७ प्रकारका कुरीतिका कारणले मान्छेमाथि हत्या हिंसा भयो ।
Leave a Reply