काठमाण्डौं जिल्लाका स्थानिय तहले सुशासन नीति बनाउने

काठमाण्डौं जिल्लाका स्थानिय तहले सुशासन नीति बनाउने

२०७६ भाद्र २२
काठमाण्डौ जिल्लाका ११ वटै स्थानीय तहका जनप्रतिनिधिहरुले सुशासन नीति तयार गरी शिघ्र लागु गर्ने बताएका छन् । जिल्ला समन्वय समिति, गैरसरकारी संस्था महासंघ र सोच नेपालको संयुक्त आयोजनामा आज जिल्ला समन्वय समितिको हलमा भएको कार्यक्रममा प्रतिनिधिहरुले उक्त कुराको प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उक्त कार्यक्रममा नागरिक संस्थाका प्रतिनिधिहरुले कतिपय स्थानीय तहले अझसम्म सूशासन समितिलाई पुर्णता नदिएको तथा नागरिकका तर्फबाट प्रतिनिधि नराखि अनुगमन मुल्यांकनको काम गर्दा अनुगमन फितलो भएको बताएका थिए । जनप्रतिनिधिहरुले आफुलाई काम गरिरहेको भान भएतापनि जनताको स्तरमा आफ्ना आकांक्षा पुरा भएको अनुभुति गर्न नसकिएको नागरिक संस्थाको भनाई थियो । त्यसैगरी गैर सरकारी संस्था महासंघका प्रतिनिधिहरुले स्थानीय सरकारसँग जस्तो सुकै सहकार्य गरेर भएपनि सुशासन प्रबद्र्धनमा सहयोग पुर्याउने बताएका थिए । कार्यक्रममा अवधारण पत्र प्रस्तुत गर्दै सोच नेपालका उत्तम निरौलाले संविधानको प्रस्तावनाले व्यक्त गरेको सुशासन प्रत्याभुति गर्ने लक्ष्यलाई भेट्न सुशासन ऐन अपरीहार्य भएको बताउनु भयो ।

विभिन्न नगरपालिकाका उपमेयरहरुले नगरपालिकाले सुशासन प्रबद्र्धनमा गरिरहेको काम बारे विस्तृतमा बताउँदै आफ्नो नगरपालिकामा सुशासन नीति लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश सांसद दिपक निरौलाले जनताले अनुभुत गर्नेगरी स्थानीय सरकारले सुशासनको प्रत्याभुति गर्नुपर्ने बताउनु भयो । त्यसैगरी कार्यक्रमका सभापति एवं जिल्ला समन्वय समितिका अध्यक्ष शिवसुन्दर राजवैद्यले स्थानीय तहमा सुशासनको अवस्था सन्तोषजनक नभएकाले सुशासन ऐन लागु गरेर भएपनि यथाशक्य सुशासनको अवस्था सुधार्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा नागरिक संस्थाका प्रतिनिधि, सांसदहरु, स्थानीय तहका प्रतिनिधिहरु र जिल्ला समन्वय समितिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *