कर्णाली प्रदेश कुरीतिको अत्याधिक मारमा

कर्णाली प्रदेश कुरीतिको अत्याधिक मारमा

मानववादी समाज (सोच) नेपालले २०७४ पुष १७ गतेदेखि २०७४ चैत्र १७ सम्म (जनवरी देखि मार्च सम्म) देशभर भएका र राष्ट्रिय दैनिकहरुमा छापिएका कुरीतिजन्य घटनाको अध्ययन तथा अभिलेख तयारी गरी विश्लेषण प्रतिवेदन सार्वजनिक गरिएको छ ।

अहिलेको वैज्ञानिक यूगमा पनि रीति रिवाज एवं धर्म, सँस्कृतीका नाममा मान्छेमाथि हुने अमानविय घटनाहरुलाई न्यूनिकरण गर्न र हरेक मान्छेलाई आत्मसम्मानका साथ बाँच्न पाउँने वातावरणको सृर्जना गर्न सोचले कुरीतिजन्य हिंसाका बारेमा अध्ययन गरिरहेको छ ।

यसै सन्दर्भमा नेपालका मुख्य दैनिक पत्रिकामा छापिएका समाचारहरुलाई आधार मानी सोच नेपालले मेडिया मोनिटरिंग समेत गरिरहेको छ । २०७४ पुष १७ गते देखि २०७४ चैत्र १७ गतेसम्मको कुरीतिजन्य हिंसाका ८८ वटा घटनाहरु दैनिक पत्रिकामा सार्वजनिक भएका छन् ।

यो अवधीमा बालविवाह र छाउपडीका १९, जातीय छुवाछुतका १६, बोक्सी प्रथाका ७, लिङ्गविभेल प्रथाका ५, बहुविवाहका ३, हलिया–कुमारीप्रथा–कम्लरीप्रथा–नवदुर्गा नाच प्रथाकागरी एक एक , दाइजोप्रथाका र विधवाप्रथाका २, धामीझाँक्रीका ६ गरी कुल ८३ घटनाहरु सार्वजनिक भएका छन् । यस बिचमा कुरीतिका बारेमा ८७ लेखहरू विभिन्न पत्रपत्रिकामा सार्वजनिक भएका छन् । यस त्रैमासिकमा १३ प्रकारका कुरीतिका कारणले हत्या हिंसा भएको पाईएको छ । 

कुरीतिजन्य घटनाले यस त्रैमाशिकमा १३ जनाको ज्यान गएको छ । कुरीति कै कारण १० जना (१ पुरुष, ९ महिला) कुटपिटको शिकार भएका छन् । त्यस्तै २४ जना (४ पुरुष, २० महिला) मानसिक हिंसाको शिकार बनेका छन् । त्यस्तै  ४१ जना (सबै महिला) मानसिक र शाररिकरुपले पिडीत भएको पाईयो । कुरीतिका कारण ७ वटा पुरै समुदाय र २ वटा विद्यालय पनि प्रभावित भएको पाईयो । 

विस्तृत जानकारीकालागि 

उत्तम निरौला

निर्देशक

९८५१००००८५

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *