समुदायलाई जागरुक बनाउन अभिमुखिकरण कार्यक्रम

समुदायलाई जागरुक बनाउन अभिमुखिकरण कार्यक्रम

गोरखा नगरपालिका वडा नम्बर ८ मा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गोरखा नगरपालिकाको समन्वय र नमुना प्रतिक्षालय टोल विकास संस्थाको सहकार्यमा सोच नेपालले गरेको अभिमुखिकरण कार्यक्रममा स्थानीय ४० जनाको सहभागिता रहेको थियो ।

वडा अध्यक्ष कृष्ण बहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाको कार्यालयका सामाजिक विकास अधिकृत विजयभक्त उपाध्यायले स्थानीय तहले बजेट, निती तथा कार्यक्रम निर्माण गर्दा अपनाउने बिधि प्रकृयाका बारे प्रशिक्षण गराएका थिए । त्यस्तै उनले टोल विकास संस्थाको काम कर्तब्य र अधिकार एवम दायित्वका बारेमा समेत सहभागीहरुलाई अभिमुखिकरण गराएका थिए । टोल विकास संस्था, महिला समुह, बाल क्लब लगायत लक्षित बर्गले नगरपालिका वडा वडासंग बजेट एवम योजना माग गर्दा अपनाउनु पर्ने प्रकृयाका बारेमा समेत उनले जानकारी गराएका थिए ।

त्यस्तै टोल, समाज र नगरलाई वाताबरणमैत्री बनाउन, सरसफाइ राख्न एवम फोहोर मैला ब्यवस्थापनका बिधि एवम उपायका बारे नगरपालिकाको कार्यालयका वातावरण विज्ञ ध्रुव प्रसाद घिमिरेले प्रशिक्षण दिएका थिए । उनले जलवायु तथा वातावरणमा आएको परिवर्तनले पारेको असर र फोहोर मैलाका कारण पर्न समेत समस्याका बारेमा समेत जानकारी गराएका थिए । उनले घरबाट निस्कने फोहोर मैला ब्यवस्थापनका बिधि तथा सरल उपायका बारेमा समेत सहभागीहरुलाई प्रष्ट पारेका थिए ।

यसैगरी दिनप्रतिदिन बढ्दै गएको सडक दुर्घटनालाई न्युनिकरण गर्न र फुटपाथ ब्यवस्थापनका बारेमा जिल्ला ट्राफिक कार्यालयका प्रमुख राम बहादुर भट्टले सहजकिरण गरेका थिए । साथै उनले ट्राफिक नियम र सचेतनाका बारेमा समेत सहभागीहरुलाई जानकारी गराएका थिए ।

पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत समुदायलाई जागरुक एवम उनिहरुको क्षमताअभिबृद्धि गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको सोच नेपालको जिल्ला कार्यालय गोरखाले जनाएको छ ।

मोहसिन अलि मियाँ

गोरखा, ३ भदौ

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *