अन्तराट्रिय मानववाद र नेपाल विषयक अन्तक्रिया

अन्तराट्रिय मानववाद र नेपाल विषयक अन्तक्रिया

काठमाण्डौको बत्तीसपुतलीमा मा आईएचईयूले आयोजना गरेको अन्तराट्रिय मानववाद र नेपाल विषयक अन्तक्रिया कार्यक्रम जनवरी १६ मा काठमाण्डौमा सम्पन्न भयो । कार्यक्रममा अन्तराष्ट्रिय मानववादी महासंघ (IHEU) का प्रमुख कार्यकारि अधिकृत ग्यारि म्याकलेल्याण्ड तथा एड्भोकेसि अधिकृत एलिजावेथ ओकेसी तथा सांसद, राजनितिकर्मि मानववादी बुद्धिजिविको को उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सोच नेपालकी अध्यक्ष शान्ति गुरुले उपस्थित सम्पुर्ण लाइ धन्यवाद ज्ञापन गर्नुहुदै स्वागत मन्तव्य दिनुभएको थियो भने IHEU का कार्यसमिति सदस्य उत्तम निरौलाले कार्यक्रमको महत्वमाथि प्रकास पार्नुहुदै IHEU को बारेमा जानकारी दिन प्रमुख कार्यकारी अधिकृत ग्यारि म्याक्ललेण्ड लाइ अनुरोध गर्नु भएको थियो ।

 IHEU का प्रमुख कार्यकारी अधिकृत ग्यारि म्याकललेण्डले क्ष्ज्भ्ग् को वारेमा जानकारि दिनुहुदै  यसले विश्वव्यापि रुपमा मानवादको क्षेत्रमा गरेका कामको वारेमा जानकारि दिनु भएको थियो । उहाले क्ष्ज्भ्ग् ले दक्षिण एसियालाई बिषेष महत्व दिएर काम गरिरहेको जानकारि दिनु भयो ।

उत्तम निरौलाले नेपालमा अन्धविश्वास कुरिति दाइजो देउकि छाउपडिका कारणले मानिस पिडित भैरहेको र कुरितिको नाममा महिला मरिरहेको अवश्थामा यसलाइ अन्त्य गर्न मिलेर अगाडि बढ्न सकिने बताउनु भयो  ।

कार्यक्रममा अन्यबुद्धिजिविहरुले समेत धारणा राख्नु भएको थियो

काठमाण्डौ विश्वविद्यालयका प्राध्यापक निरज पौडेल ले अन्धविश्वासको के सहि के गलत भन्ने छुट्याउन जरुरि रहेको र critical thinking को बिकास गर्नु जरुरि रहेको बताउनु भयो

सिताराम घले परियार (पुर्व सदस्य सचिव दलित आयोग) ले दाङ देउखुरिमा वच्चाहरुलाई विस्कुट खुवाउन देह व्यापार गर्नु परेको छ, दलितहरु वोक्सिको आरोपमा मारिनुपरेको अवस्था ले गर्दा मान्छे मान्छेको रुपमा वाच्न नपाएको, गरिवको जिवनस्तर उकास्न धेरै कार्यक्रम भए तर त्यो उपलब्धीमुलक नरहेको । सबै कानुन वनिनसकेको अवस्था र भएका कानुनको प्रभावकारि कार्यान्वयन गर्न नसकिएको अवस्थामा कुरितिका घटनाहरु दिनानुदिन बढिरहेका बताउनुभयो ।

बिष्णु घिमिरे (शिक्षा बिद्) ले राज्य सत्ताले नै अन्धविश्वासलाई पालिरहेको अवस्थामा मानववादी विचारको मुल्याङ्कन कसरि गर्न सक्छ ? भन्दै सबैभन्दा पहिला राज्यसत्तालाई अन्धविश्वासवाट वाहिर ल्यान जरुरी रहेका जिकिर गर्नुभयो ।

दामोदर पुडासैनि (महालेखा परिक्षण कार्यालयका सहसचिव) ले धर्मको बिरुद्ध बोल्नेलाई कारबाहि गर्ने  हाम्रो संकार बसेको र सोचले मानवादी विचारलाई उठान गरेको छ यसलाई अझ बृहत बनाउन जरुरि रहेको तथा नेपालमा ५७ खालका कुरिति व्याप्त छन् ।  क्ष्ज्भ्ग् ले नेपालको दुर्गम क्षेत्रमा कार्य गरिदिए अझ राम्रो हुने बताउनु भयो ।

मानव अभिकारकर्मी सुवर्ण कमाचार्यले अन्धविश्वासको विषयमा मानिसलाई संचारमाध्यमबाट सुसुचित गर्न आवश्यकता औल्याउनु भयो । टेलिश्रंखला बनाएर प्रसारण गर्न जरुरि भएको जसकालागि सोच नेपालले एउटा योजना बनाएर अगाडि बढे अझ प्रभावकारि बनाएर अगाडि बढ्न सक्ने धारण व्यक्त गर्नु भयो ।

सोच नेपालकी अध्यक्ष शान्ति गुरुङ्गले महिलाहरु कुरितिबाट झन बढी पिडित भएको र बोक्सिको नाममा पुरुष भन्दा महिला मात्र पिडित भएकोले महिलालाई सशक्तिकरण गर्न आवश्यकता औल्याउनु भयो

प्रतिनिधि शभा सदस्य बिशाल भट्टराई ले मानवतावादको बिरुद्धका कुरिति र अन्धविश्वासको अन्त्यकालागि निरन्तर सचेतनाको कार्यक्रम गर्नु जरुरि रहेको बताउनुभयो । बोक्सिको आरोप आर्थिक र सामाजिक रुपमा कमजोरलाई मात्र लाग्ने हुनाले समाजमा राम्रो हैसियत भएका सम्पन्न दलितहरु कुरितिको शिकार भएको नपाइने हुनाले आर्थिक हैसियत बढाउन जरुरि रहेको आवश्यकता देखाउदै अन्धविश्वासका विरुद्धमा सोच संग सहकार्य गरि कार्य गर्न तयार रहेको र आवश्यक सुझाव र सल्लाहको अपेक्षा गरेको वताउनु भयो ।

सांसद बद्री पाण्डे ले हाल थुप्रै कानुन बनाउन वाकि रहेको अवस्थामा मानवअधिकार तथा यस संग सम्वन्धित कानुन वनाउने यहि ठिक समय भएको र यसकालागि प्राज्ञिक सल्लाह उपयोगि हुन सक्ने जिकिर गर्नु भयो उहाले अव माध्यमिक तहको शिक्षा स्थानिय तहले निर्धारण गर्ने हुदा नैतिक शिक्षा र मानवअधिकारको बारेमा माध्यमिक तहको विषयमै व्यवस्था गर्नु जरुरि रहेकोे बताउनुभयो । सबै धर्मका राम्रा तथा नराम्रा पक्ष हुन्छन् राम्रा पक्षको जगेर्ना गरि नराम्रा पक्षलाइ हटाउदै जान आवश्यक रहेको वताउनुभयो ।

प्राध्यापक डा.दिनेश धुजुले धर्मलाई राज्यले संरक्षण गरेको छ, भिमसेनमा परिनाआयो भनेर राज्यले कालो बोका किनेर ५००० रुपैया दक्षिणा दिन्छ यसलाई संसदले अवरोध गरेर सुधार्नु पर्ने आवश्यकता औल्याउनुभयो ।

लेखक वालकृष्ण नेवा (श्रेष्ठ) ले धर्म र इश्वरका नाममा लडाइ भएर जति मानिस मरे त्यसको अनुसंधान हुनु जरुरि रहेको बताउदै इश्वरका नाममा हामि पैसा चढाउछौं दिन्छौ त्यो सैद्दान्तिक रुपमा गलत रहेको जिकिर गर्नुभयो । हाम्रो धर्म इश्वरकालागि हो कि मान्छेका लागि ? इश्वरकानाममा वलि दिने, देवतालाई भव्य देखाउने मानिसलाई गरिव र निरिह देखाइन्छ । शास्त्रमा एक राम्रो कुरा छ भने हजारौ नराम्रा पक्ष भएको र अन्धविश्वास हटाउने सन्दर्भकमा हामि कुरा गछौं तर त्यसलाई प्रश्रय दिने पुराणहरु छन् । बैज्ञानिक रुपमा पत्याउन नसकिने कुराहरुछन्, धर्मशास्त्रनै झुटको पुलिन्दा हो यो नै  मुहान भएकोले त्यसलाई सफागर्न जरुरि रहेको बताउनुभयो । धर्मनै मानवताको घोर सत्रु भएकोले यसमाथिनै प्राहार गर्नु जरुरि रहेको बताउनुभयो ।

लेखक निरु चापागाईले धर्ममा आधारित समाज निर्माण गर्न कि ? मानवमा आधारित समाज निर्माण गर्ने ? भन्ने प्रश्न गर्र्दै धर्मनिरपेक्षताको प्रचार गर्नु जरुरि रहेको जिकिर गर्नुभयो वहाले हरेक पार्टिका सास्कृतिक संगठनहरु छन् तिनिहरुसंग समन्वय गरेर कार्यगर्दा राम्रो हुने बताउनुभयो ।

मानव अधिकारकर्मी सुवर्ण कर्माचार्य ले धर्ममा लंगडो हिड्ने मरेको उठ्ने गरि प्रचार गरिएको छ र क्रिस्चियनहरुले झन् अन्धविश्वासलाई बढावा दिइरहेको ले चेतनाको ढोका बन्द गरिदिएकोले यसलाई समाधान गर्न बिद्युतिय संचार माध्यमबाट सुससुचित गर्न जरुरि रहेको बताउनुभयो ।

युवा अधिवक्ता शिषिर लामिछानेले बंगलादेश र पाकिस्तानका मानववादी तथा लेखकहरु बारम्बार आतंककारीको निशानामा परिरहेकाले उनीहरुलाई सहयोग गर्न नेपालका मानववादीहरुले केही गर्नुपर्ने बताउनु भयो । ज्यान जोगाउन नेपाल आएका लेखकहरुलाई शरणार्थीकारुपमा नेपालमा बस्न सक्ने वातावरण बनाउन सके मात्रैपनि मानवताका पक्षमा ठुलो उपलब्धी हुने वहाँले बताउनु भयो ।  

मानववादी नेता उत्तम निरौला ले हिन्दुु धर्म कम्तिमा आलोचना गर्न त सहज खालको भएपनि कृश्चियन र इश्लाम धर्ममा धर्मको बिरुद्धमा बोल्न समेत नपाइने हुनाले मानवताको रक्षागर्न तत्काल पहल थाल्नु पर्ने बताउनुभयो ।

अन्तराष्ट्रिय मानववादी महासंघका एड्भोकेसि अधिकृत एलिजावेथ ओकेसी ले अन्धविश्वासको विरुद्धमा क्ष्ज्भ्ग् ले काम गरिरहेको बताउदै संयुक्त राष्टसंघमा महिला, दलित कुरितिको वारेमा अझ आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नभयो । धर्मलाई प्रोटेक्ट गर्ने र आइडियालाई प्रोटेक्ट नगर्ने उल्टो चलन छ यसलाई सच्याउनु पर्ने बताउनु भयो । धर्म मान्दिन भन्दा मारिनुपर्ने धेरै देशहरु छन् युरोपमा समेत जेल जानु पर्ने अवश्था रहेको जानकारि दिनुभयो ।

कार्यक्रम अन्तराष्ट्रिय मानववादी संगठन र सोच नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा समाजसेवी बालकृष्ण नेभा (श्रेष्ठ) तथा श्रीमती वेगम श्रेष्ठलाई अन्तराष्ट्रिय मानववादी महासंघ (आईएचईयू) ले दोसल्ला ओढाएर सम्मान गरेको थियो । दम्पतिले मानववादी समाज (सोच) नेपाल मार्फत रु १० लाख राशिको “बंश–रत्न अक्षय कोष” स्थापना गर्नुभएकोले उहाहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।

श्रेष्ठ दम्ततिले स्वर्गिय पितामाता वंश रत्नको स्मृतिमा रु १० लाखको “बंश–रत्न अक्षय कोष” खडा गरी मानववादको क्षेत्रमा सक्रिय, वैज्ञानिक सोच प्रवद्र्धन, अन्धविश्वासको विरुद्ध कार्य गरेका कलाकार, साहित्यकार, पत्रकार, लेखक, समाजसेवी, अभियन्ता, राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्व तथा संघ सस्थालाई बिश्व मानववादी दिवस जुन २१ को अवसर पारेर वर्षेनी एक लाख रुपैयाको पुरस्कार राशीले सम्मान नेपालबाटै गरिने आईएचईयुका कार्यसमिति सदस्य समेत रहेका उत्तम निरौलाले बताउनुभयो ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *