बुढानीलकण्ठ नगरपालिकामा COVID-19 रोकथामकालागि बिज्ञहरुसंगको “नागरिक संवाद” कार्यक्रम

बुढानीलकण्ठ नगरपालिकामा COVID-19 रोकथामकालागि बिज्ञहरुसंगको “नागरिक संवाद” कार्यक्रम

राजेन्द्र कोईराला
१९ सेप्टेम्बर २०२०

काठमाण्डाै । बुढानिलकण्ठ नगरपालिका र सोच नेपालको सहकार्यमा COVID-19 रोकथामकालागि स्थानिय स्तरका जनस्वास्थ्य सहित विभिन्न क्षेत्रमा योगदान पुर्याएका विशिष्ठ विज्ञहरुसंगको “नागरिक संवाद” सम्पन्न भएको छ ।

सम्बाद कार्यक्रममा डा.भगवान कोइराला, डा. शिव कुमार राई, डा.केवी घर्ती, पत्रकार गोकर्ण अवस्थी, पुर्व प्रहरी अतिरिक्त महानिरीक्षक नवराज ढकाल, तोयानाथ अधिकारी, दिलिप अधिकारी, अप्सरा पाण्डे लगायतका बिज्ञ तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा कार्डियो सर्जन, प्राध्यापक तथा सामाजिक अभियन्ता डा. भगवान कोइरालाले यूवाले सार्ने बूढा बूढी मर्ने रोगको रुपमा चिनिदै आएको कोरोना सरकारले जति लुकाए पनि समुदायस्तरमा फैलिसकेको बताउनु भयो । उहाले सरकारले लक्षण नदेखिए परिक्षण नगर्ने नीति लिएको प्रति असहमति राख्दै बूढानीलकण्ठ नगरपालिकाले कन्ट्राक ट्रेसिंग नरोक्न सुझाव दिनुभएको थियो ।

नगरपालिकामा रहेका कोरोना संक्रमित बाहेकका अन्य विरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न सकिने बताउदै त्यसका लागि स्वास्थ्य टिमको नेतृत्व गर्न तयार रहेको बताउनु भयो । अहिलेको विषम परिस्थितिमा अर्थतन्त्र भन्दा स्वास्थ्य प्रमुख रहेको भन्दै उहाले ज्यानलाई खरातामा नपारिकन अन्य गतिविधि संचालन गर्नुपर्ने सुझाव दिनुभएको थियो । नेपालमा कोरोनाको भ्याक्सिन आउँन छ महिना समय लाग्ने र छ महिना आफ्ना नगर बासीलाई बचाउन सल्लाह दिएका थिए ।

त्यस्तै डा. शिवकुमार राईले एकै व्यक्तिको कुनै ल्यावमा रिपोर्ट पोजिटिभ तथा कुनैमा नेगेटिभ आउनुमा स्वाभको संकलन देखि जाच सम्मका प्राविधिक कुरामा भर पर्ने बताउनु भयो । अहिलेको अवस्थामा कोरोना नियन्त्रणको लागि व्यक्तिगत सुरक्षा अपनाउनुका साथै सामाजिक दुरी कायम गर्नुको विकल्प नभएको र अझ संक्रमण दर बढुदै गएमा पुनः लक डाउन गर्न आवश्यक भएको बताउनु भयो । उहाले नगरपालिकाले बिज्ञहरुलाई बोलाएर छलफलको शुरुवात गरेकोमा धन्यवाद दिदै यसले आगामी दिनमा नगरको हरेक गतिविधिमा प्रत्यक्ष सहयोग पुग्ने धारणा राख्नुभएको थियो ।

यसैगरी डाक्टर के.बी. घर्तीले कोरोना भाइरसलाइ सामान्य रुपमा नलिन र सरकारले तय गरेका सुरक्षाका मापदण्ड पालना गर्न गराउन नगरले काम गर्न सुझाब दिनुभयो ।

त्यस्तै पुर्व प्रहरी अतिरिक्त महानिरीक्षक नवराज ढकालले चाड वाडको समयमा हुने घटनाहरुप्रति सचेत हुनुपर्ने बताउदै नगरपालिकाले शसक्त अनुगमन संयन्त्र निर्माण गरेर बजार तथा अन्य क्षेत्रको अनुगमनमा तीव्रता दिनुपर्ने सुझाव दिनुभयो ।

यसैगरी आर्थिक विश्लेषक गोकर्ण अवस्थीले नागरिकहरु बन्द व्यवसायका कारण वित्तीय संस्थाका ऋणमा डुबेको बताउदै सहकारीहरुसंग छलफल गरि नागरिकहरुले लिएको ऋणलाई सुहुलियत गर्न सुझाब दिनुभयो ।

त्यस्तै रोटरियन दिलिप अधिकारीले नगरपालिकाका निम्न आय भएका व्यक्तिहरुका लागि विशेष सहयोगको प्याकेज घोषणा गर्नुपर्ने बताउदै यस्ता कार्यमा विभिन्न सामाजिक संघ संस्थालाई परिचालन गर्नुपर्ने सुझाव दिनुभयो ।

तोयानाथ अधिकारीले शिक्षा क्षेत्रमा पारेको असर वारेमा जानकारी दिदै वैकल्पिक पठन पाठनमा नगरपालिकाले बृहत छलफल तथा तयारी गर्न सुझाव दिनुभएको थियो ।

उप प्रमुख रमादेवी राईले नगरको कोरोना माहामारीको क्रममा नगरले ११ हजार नागरिकलाई राहत वितरण गरेको, दिनमा १६ सय देखि १८ सय बिपन्न नगरबसिलाई निशुल्क भोजन वितरण गरेको बताउनु भयो । त्यस्तै नगरका बिरामी राख्न्न ३० शैयाको आइसोलेसन बनेको र बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० मा २५ शैयाको आइसोलेसन निर्माण गर्दै गरेको जानकारी दिनुभयो । नगरमा रहेका संक्रमितलाई उनले ४ हजार र कुरुवालाई २ हजार घरमै पुर्याउने गरेको जानकारी दिनुभयो । एकै घरमा धेरै परिवार बस्ने भएकोले कन्ट्राकट्रेसीङ्ग तथा रोग नियन्त्रणगर्न अप्ठेरो भएको बताउनु भयो ।

नगरप्रमुख उद्दव खरेलले आगमी दिनमा निरन्तर रुपमा अन्य क्षेत्रका व्यक्तित्वहरु संग पनि गहन छलफल गर्दै नगर विकासको अभियानमा सामेल गराउने अभियानको सुरुवात गरिएको बताउनु भयो ।
कोरोना नियन्त्रणका लागि बुदागत निष्कर्ष
१. नगरपालिकाले ठूला ठुला होडिङ्ग बोर्ड, माइकिङ्ग, वडा बाट डो टु डोर सचेतना बढाउने प्रचारप्रसार प्रभावकारी बनाउने
२. कोरोना जसलाई पनि लाग्न सक्ने भएकोले व्यक्ति आफै जिम्वेवार हुन आवश्यक भएकोले जनचेतना फैल्याउन आवश्यक छ ।
३. सुरक्षाका विधिहरु पालना गर्ने तथा जनचेता अभिबृद्धि गर्न सरकारी विद्यालय तथा निजि विद्यालयका शिक्षकहरुलाई परिचालन गर्ने ।
४. सबैखालका कार्यस्थलमा सुरक्षा विधिलाई कडाइका साथ पालना गर्ने विधि बनाउने ।
५. कोरोना बाहेकका बिरामिका लागि उपचारको लागि बैकल्पिक उपाय अपनाउने टेलि मेडिसिनको माध्यमबाट भएपनि बिरामिलाई सुझाब सल्लाह दिने मेकानिजम बनाउने ।
६. नागरिक र समुदायलाई सुरक्षाका विधिहरु पालना गराउन विशेष पहल र योजना बनाउन पर्ने त्यसकालागि शिक्षक तथा अन्य स्वयं सेवक, टोल समितिहरु परिचालन गर्ने ।
७. खुला अवस्था चाडपर्बका कारण बढ्न सक्ने संक्रमणलाई रोक्न नया चरणको सचेतना कार्यक्रम संचालन गर्ने

कार्यक्रमको सहजिकरण पुण्यराज पुडासैनिले गर्नुभएको थियो ।

बुढानिलकण्ठ नगरपालिका काठमाडौँ उपत्यकामा भएका नगरपालिकामध्ये धेरै कोभिड १९ का विरामी रहेको नगरपालिका हो । यस नगरपालिकामा रोग नियन्त्रण तथा रोगीलाई राख्नका लागि करिब ५० बेडको आइसोलेसन बनाउने तयारी हाल ३० बेडको आइसोलेसन तयार भएको छ । तर आइसोलेसनमा बिरामी राखिएको छैन ।

बुढानिलकण्ठ नगरपालिका भित्र आश्विन ४ गते सम्म कोभिड १९ का विरामिहरु ४ सय ४८ जना रहेका छन । नगरमा कोरोनाबाट ४ जनाको मृत्यू भइसकेको छ ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *