बोक्सी आरोप (कसुर र सजाय) विधेयक पास गरेकोमा सरकालाई धन्यवाद

बोक्सी आरोप (कसुर र सजाय) विधेयक पास गरेकोमा सरकालाई धन्यवाद

काठमाडौं, साउन १५÷व्यवस्थापिका संसदको साउन १२ गतेको बैठकले बोक्सी आरोप (कसुर र सजाय) विधेयक २०७१ सर्वसम्मतिले पास गरेकोप्रति मानववादी समाज (सोच) नेपाल नेपालले सरकारलाई धन्यवाद व्यक्त गरेको छ ।

सोच नेपालका महासचिव अप्सरा कार्कीद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तीमा सामाजिक अन्धविश्वास र कुरीतिका रुपमा विद्यमान बोक्सी प्रथालाई निवारण गर्नका लागी ल्याईएको यो विधेयकले कथित बोक्सीको आरोपमा निमर्मतमा पूर्वक हत्या गर्ने, शारिरीक र मानसिक यातना दिने, गाउँ निकाला गर्ने, घर निकाला गर्ने, मलमूत्र खुवाई यातना दिने लगायतका अमानवीय कार्यलाई नियन्त्रण गर्ने हामीले विश्वास लिईएको छ ।

धर्म, सँस्कृती, परम्परा र रितीरिवाजका नाममा मान्छेमाथि हुने सबै खालका हिंसा बिरुद्ध लामो समयदेखि काम गर्दै आईरहेको मानववादी समाज (सोच) नेपालले यो विधेयकको धारणा ल्याई तयार गर्न सहयोग गर्ने राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग, प्रधानमन्त्रीको कार्यालय, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, कानुन मन्त्रालय लगायत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबै व्यक्ति तथा सामाजिक संघ संस्थाहरुलाई पनि हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

साथै आगामी दिनमा कथित बोक्सीको आरोपमा कसैले पनि अरुको आत्म सम्मानमा चोट पुर्याउने, कुटपिट गर्ने, यातना दिने लगायतका अमानवीय काम गरेको खण्डमा प्रभाबितलाई न्याय दिलाउँनका लागी र पिडकलाई कार्वाहीका लागी यो विधेयक कोशेढुङ्गा साबित हुने विश्वास पनि विज्ञप्तीमा गरिएको छ ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *