कुरीतिजन्य हिंसा प्रतिवेदन भदौ – मंसिर,

कुरीतिजन्य हिंसा प्रतिवेदन भदौ – मंसिर,

मानववादी समाज (सोच) नेपालले २०७३ भदौ १ गतेदेखि सोही बर्षको मंसिर मसान्तसम्म देशभर भएका राष्ट्रिय दैनिकहरुमा छापिएका कुरीतिजंन्य घटनाको अध्ययन तथा अभिलेख तयारी गरी विश्लेषण सहितको चौमासिक प्रतिवेदन आइतबार सार्वजनिक गरएिको छ ।

अहिलेको वैज्ञानिक यूगमा पनि रीति रिवाज एवं धर्म, सँस्कृतीका नाममा मान्छेमाथि हुने अमानविय घटनाहरुलाई न्यूनिकरण गर्न र हरेक मान्छेलाई आत्मसम्मानका साथ बाँच्न पाउँने वातावरणको सृजना गर्न सोचले कुरीतिजन्य हिंसाका बारेमा अध्ययन गरिरहेको छ ।

यसै सन्दर्भमा नेपालका मुख्य दैनिक पत्रिकामा छापिएका समाचारहरुलाई आधार मानी सोच नेपालले मेडिया मोनिटरिंग समेत गरिरहेको छ । भदौ १ गते देखि मंसिर ३० गतेसम्मको कुरीतिजन्य हिंसाका ३४ वटा घटनाहरु दैनिक पत्रिकामा सार्वजनिक भएका छन् ।

यो अवधीमा बोक्सी प्रथा ७, बालबिबाहका ४, छाउपडी १, छुवाछुतका ३, दाइजो प्रथा ४, विधुवा प्रथा २, वलि प्रथा १,धामी झाँक्री ५, हलिया ५, कुमारी प्रथा १ गरी ३४ घटनाहरु सार्वजनिक भएका छन् । घटनाहरुको गहनता यस प्रकार छः।

संस्थाले नागरिक दैनिक, कान्तिपुर दैनिक, राजधानी दैनिक, गोरखापत्र दैनिक, नयाँ पत्रिका दैनिक, अन्नपूर्ण पोष्ट दैनिक र नेपाल समाचार पत्र दैनिक मा प्रकाशित समाचारहरुलाई आधार बनाएर प्रतिवेदन बनाईएको छ ।समाचारपत्रहरुमा सार्वजनिक भएका घटनाहरुको विवरणहरु निम्नानुसार छन्ः

१. बोक्सी

यो अवधीमा बोक्सी सम्बन्धी ७ वटा घटनाहरु सार्वजनिक भएका छन् ।

· दाङः तुलसीपुर नगरपालिका—१९ जसपुरकी ६५ वर्षीया मोती परियारलाई बोक्सी आरोपमा कुटपिट गरेको अभियोगमा प्रहरीले तुलसीपुर—२० की अनिता भण्डारीलाई पक्राउ गरेको छ । छोरा लामो समयदेखी बिरामी भएका कारण भदौ ३० गते नवलपुरमा लाग्ने मेलामा धामीलाई अक्षता हेराउने बेला दलित र बोक्सी आएर अनिष्ट भएको भन्दै कुटपिट गरेको पीडितको गुनासो छ ।

· बाँकेः नौबस्ती—९ तिलकपुरका २१ वर्षीया दिनेश थारुले श्रीमतीलाई बोक्सी लगाएको भन्दै छिमेकी डन्डी थारुलाई चिरपटले हानेर हत्या गरेका हुन् । विवाह गरेको दुई महिनापछी नै कल्पना थारु बिरामी पर्न थालीन् । उपचार गराइन्, तर चार वर्ष सम्म पनि निको नभइृ उल्टै दृष्टि गुम्दै गएपछि कल्पना र उनका पति धामीझाँक्री कहाँ धाउन थाले र बोक्सीको कारण भएको शंकामा राती ८ बजे छिमेकीको आँगनमा मकै छोडाइ रहेकोबेला डन्डीको हत्या गरेका हुन् ।

· खोटाङः च्यानडाँडा—१ छोरालाई बोक्सी लागेर बोल्न नसकन्ने बनाको आरोप लगाउँदै स्थानीय धनगन्ज राई दम्पतीले ७२ वर्षीया एकल वृद्वालाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । तीन महिना बित्दा पनि पीडित वृद्वाले न्यया पाउन सकेनन् भने प्रहरीले समेत कमजोर मुद्दा चलाएर दोषीलाई कारबाही गर्नुपर्नेमा उन्मुक्ति दिन खोजिएको देखिएको थियो ।

· जनकपुरधामः खरीहानी गाविसा सिमराढी वडा नं ५ निवासी ६० वर्षीया वृद्वा जानकीदेवी कापडलाई बोक्सी आरोपमा स्थानीयले वर्ष दिनदेखी लगातार यातना तथा कुटपिट गर्दै अनएका हुन् । गरिब परिवारकी कापडलाई कुटपिटका कारण उनको हातखुट्ठामा चोटपटक लागेपछि उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरेपछि घटना बाहिर आएको हो ।

· दोलखाः दुई देवर र तिनका परिवारबाट बोक्सी आरोपमा निरन्तर कुटपिट र लान्छना बेहोर्दै आएको तिर्थामाया विक सहन नसकेर न्याय माग्दै सदरमुकाम पुगेका हुन् । देवरहरुले अघिल्लो वर्ष पनि बोक्सी आरोपमा दिसा र पिसाब खुवाउन खोजेको पीडितले बताए ।

· वीरगन्जः पर्साको बहुअर्वाभठा गाविस ६ गर्दौलकी ६० वर्षीया राधिकादेवी तुरहिनलाई छिमेकी रामानन्द बिन र उनका छोरा मुकेश बिनले बोक्सीको आरोपमा कुटपिट गरी घाइते बनाएको पीडित राधिकादेविका छोरा बैजनाथले बताए । उनको टाउकोमा चारवटा टाकाँ लगाइएको छ। पर्साका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले घटनाका बारेमा अनुसन्धान भइरहेको बताए।

· काभ्रेः सानो गौथली वडा नं ७ निवासी ३३ वर्षीया लक्ष्मी परियारलाई बोक्सीको आरोपमा मलमुत्र खुवाएर निर्घात कुटपिट गर्दा उनको मृत्यु भएको हो । स्थानीय शिक्षक हीरा लामाको नेतृत्वमा परियारलाई डोरीले बाँधेर मलमूत्र खुवाई निर्घात कुटपिट गरिएको थियो । आफुमाथि कुटपिट भएपछि पीडित परियारले प्रहरीमा निवेदन दिएका थिए र स्थानीयले मिलापत्र गराएको २४ घन्टा नबित्दै परियारको मृत्यु भएको थियो ।

२. बालबिबाह

यो अवधीमा बालविवाह सम्बन्धी ४ वटा घटनाहरु सार्वजनिक भएका छन् ।

पाल्पाः ज्यामिरेस्थित लाभेदाकी १५ वर्षीया दीपा आले टाढाको विद्यालय पढ्न जान नसकेपछि बिहेलाई रोजेको बताइन् । साथीसंगतको लहैलहैमा र विद्यालय जान टाढा भएपछि पढ्नुभन्दा बिहे गर्न राम्रो ठानिन् ।

पर्वतः चित्रे गाविस—८ की रितु सुनारले १४ वर्षको उमेरमै छिमेकी किशोरसँग विवाह गरिन्। विवाह गरेको केहि महिनापछि नै उनी गर्भवती भइन्। उमेर नपुगीकन विवाह भएकाले उनमा थुप्रै खालका स्वास्थ्य समस्याहरु देखिए। अहिले उनको पहिलो सन्तान वर्षको भइसकेको छ भने लगत्तै दोस्रो सन्तान पनि जन्माइन्, दोस्रो सन्तान एक वर्षको काखमा छ ।

महोत्तरीः फुलकाहा—९, जमुनियामा जबरजस्ती बालविवाह गराउन लक्ष्मण चौधरीको घरमा बन्धक बनाएकी १४ वर्षीया आरतीकुमारी चौधरीलाई प्रहरी र बालअधिकार संरक्षणकर्मीले उद्घार गरेका छन् । लक्ष्मणका १६ वर्षीया छोरा कृष्णसँग प्रेमसम्बन्ध रहेको भन्दै गाँउका पञ्चहरुले केटा पक्षलाई ८० हजार भने केटी पक्षलाई ५० हजार जरिबाना गराई किशोरीलाई जबरजस्ती कृष्णको घरमा राखेका थिए ।

महोत्तरीः फुलकाहा—९ जमुनियामा १३ वर्षीया अञ्जली चौधरी र रुपेश चौधरीको प्रेमसम्बन्ध रहेको भन्दै गाँउका पञ्चहरुले केटा पक्षलाई ७५ हजार र केटी पक्षलाई ४० हजार जरिबाना माग्दै मंसिर १८ मा विवाह गराउने निधो गरेका थिए । रुपेशको आफन्तको निधन भएपछि विवाह रोकिएको स्थानीयले बताए ।

३. जातीय छुवाछुत

यो अवधीमा जातीया छुवाछुत सम्बन्धी ३ वटा घटनाहरु सार्वजनिक भएका छन् ।

चैनपुरः रिलु गाविसा ८ द्वारीमा लागेको हरेलो मेलामा स्थानीय लालबहादुर आग्रीले मन्दिर छोएपछि सुनसहित नगद जरिवान तिरेका छन् । रिलु गाविसा घरभएका आग्रीले भक्तजनका लागि प्रसाद पकाएको स्थान र कालिका देवीको मन्दिरमा प्रवेश गरेपछि एक आना सुनसहित २ हजार नगद तिरेका हुन् ा

सिराहाः कुर्बा हनुमाननगरमा स्थानीय लिलिय मल्लिक र जहरी मल्लिकलाई कथित उच्च जातका गाँउलेले छठको अवसरमा मुलबाटो हिड्नु र पोखरीघाट जान रोक लगाए । मल्लिक दुई परिवारले दिउँसै जलाशय पोखरीको घाट सफाइ गरे पनि आफ्नै बारीमा खाल्डो खनेर ट्युबवेलको पानी जमाएर जेनतेन छठ मनाउन बाध्य भएका थिए ।

सुर्खेतः सालकोट ७ दुई वर्ष लामो प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा जोड्ने तयारीमा रहेका टीकाराम विकले छिमेकी गाविसा बाबियाचौर ८ की कठायत युवतीलाई दिदीकाृ घरमा ल्याइसकेका थिए तर माइतीले दलित युवासँग छोरी भागेको थाहा पाएपछि बिहेमा अवरोध हुने भएमा कारण उनीहरु इन्डिया भागे । भाग्ने क्रममा बेचबिखन गर्न लगेको भन्दै नेपालगन्जमा झुटा मुद्दा लगाएर फसाएका थिए । माइती पक्षको दबाबपछि युवतीले नै टिकाराम विरुद्घ मुद्दा दिएको परिवारको आरोप थियो ।

४. विधुवा प्रथा

चार महिनाको अवधीमा विधुवा प्रथा सम्बन्धी २ वटामात्र समाचार प्रकाशित भएको छ ।

वीरगन्ज ः पर्साको विश्रामपुर घर भएकी ४० वर्षे एकल महिला उर्मिला देवी श्रीमानको मृत्यु भएयता वर्षदेखी कुटपिट सहँदै आएकी छिन् । परिवारका ससुरा, जेठान, जेठानी र उनीहरुका छोराछोरी मन लागेको बेला गालि गर्ने तथा कुटपिट गर्ने गरेको र टोलछिमेककाले पनि मन लागेको बेला निहँु झिकेर कुटिहाल्ने पिडीतको गुनासो छ ।

सप्तरीः भारदह, मधेस आन्दोलनमा प्रहरीको गोली लागेर श्रीमानको मृत्यु भएपछि नीलमलाई सासू र ससुराले घर छोड्न दबाब दिइरहेका छन् । छोरासँग खुसीसाथ विवाह गराए पनि छोरा नभएपछि बुहारी राख्न असुइकार गर्दै दुःख दिइरहेको पिडीतको भनाई छ ।

५. हलिया

यो अवधीमा बहुबिबाह सम्बन्धि ५ वटा समाचार प्रकाशित भएको छ ।

बजुराः कोटीला २ खोया गाँउका धनमले लोहारको जीवनभर स्थानीय कालीबहादुर मल्ल परिवारको हलिया बस्दा बस्दै मृत्यु भयो । सरकारले हलिया मुक्तिको प्रक्रिया सुरु गरेपछि धनमलका छोराहरुले मुक्तिको परिचयपत्र त पाए तर जीवन निर्वाह गर्न फरि साहूहरुकै घरमा हलिया बस्न बाध्य छन् ।

जजरकोटः पुस्तौंदेखि हलिया बस्दै आएका जाजरकोट दह —९ का गानो दमाई हलियाबाट मुक्त हुँदा ८ वर्षअघि निकै खुसी थिए तर जीवन निर्वाह सहज नभएपछि निराश छन् । गानोका हजुरबुबा जयवीर दमाईले गाउँकै मुने बस्नेतका बाजेबाट ऋणस्वरुप लिएको एक सय रुपैयाँ तिर्न नसक्दा उनी हलिया बस्न बाध्य भएका थिए ।

बजुराः बधु, पिपलडाँडा—५ मानबिर लुवारले पाँच वर्ष पहिले लिएको ६००० हजार तिर्न नसक्दा स्थानीय डबल कार्कीकोमा हलिया बस्न बाध्य भएका छन् । सरकारले हलिया मुक्तिको प्रक्रिया सुरु गरे पनि उनिहरुमा कुनै फरक नरहेको मानबिरले बताए ।

डडेल्धुराः कैलपालमाडौं—१ मोईका २० वर्षदेखि साहुको घरमा काम गर्दै आएका टिकाराम टमटाले हलियामुक्तको परिचयापत्र पाए पनि साहुबाट मुक्त नभएको बताए ।

बझाङः सरकारले बझाङका मुक्त हलियालाई दिने जग्गा खरिद तथा घर निर्माणको राहत रकम रोकिएको छ । चैनपुर, डाडागाउँका रंगे सार्कीले मालपोत कार्यलयामा जग्गा खरिद भनेर दुई लाख रुपैयाँको सम्झौता गरे पनि एक लाख ५० हजार रुपैयाँ मात्र पाएको गुनासो छ ।

६. छौपडी

चार महिनाको अवधीमा छाउपडी सम्बन्धी १ वटामात्र समाचार प्रकाशित भएको छ ।

· अछामः तिमिल्सेना—८ डम्मरा उपाध्यायको घरबाट ४० फिटको दुरीमा रहेको छाउगोठमा ज्यान गएको छ । राति स्वस्थ अवस्थामा सुतेकी उपाध्यायको हृदयाघातका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिए पनि सोको पुष्टि भइसकेको छैन ।

७. बलि प्रथा

चार महिनाको अवधीमा बलि प्रथा सम्बन्धी १ वटामात्र समाचार प्रकाशित भएको छ ।

· काठमाडौंः स्वयम्वु, सानोभप्याङस्थित घरको अँध्यारो कोठामा धादिङकी एक युवती र युवकलाई बली दिनको लागि १८ दिनसम्म बन्धक बनाएर राखेको खुलासा भएको छ । ओमकार शाह व्यापार व्यवसायभन्दा तन्त्रमन्त्रले चमत्कार हुने अन्धविश्वासमा भौंतारिरहदा भारतीय तान्त्रिक कानु पहरीको सम्पर्कमा पुगे । पहरीले मानव बलि दिने व्यवस्था गरे चमत्कार हुने सुनेपछि शाह त्यसको तयारीमा जुटे । पीडित युवतीलाई उनकै कान्छा बुबाका छोराले फकाएर तान्त्रिककहाँ ल्याए र दिनहुँ पूजामा सहभागी गराउने गरेका थिए । बेहोसीमा युवतीलाई तान्त्रिकले बलि दिने कुरा बताएपछि राजस्वला भएको मौका छोपी दाइलाई लिएर भागिन् । युवतीले धादिङ प्रहरीमा जाहेर दिएपछि थप अनुसन्धान गर्दा युवतीले भनेको ठाउँमा सामाग्री भेटेपछि आरोपीलाई पक्राउ गरेका हुन् ।

८. दाइजो

चार महिनाको अवधीमा बलि प्रथा सम्बन्धी ४ वटा समाचार प्रकाशित भएको छ ।

· विराटनगरः भारतीय ज्वाँइलाई छोरो बनाएर नेपाली नागरिकता दिलाउन खोज्ने रंगेली ४ चोप्राहाका वीरेन्द्रप्रसाद मण्डललाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रले आफ्नी छोरी अनितादेवीको विवाह सुरजसँग गराउँदा दाइजोका नाममा नेपाली नागरिकता बनाइदिने सहमति गरेको खुलेको छ ।

· नेपालगन्जः जयसपुर २ की १८ वर्षीया बैसर जाहाँ अन्सारी दाइजोकै कारण श्रीमानलगायत घरपरिवारका सदस्यबाट हिंसामा परिन् । श्रीमान रहमत अलीसँग पछि मिलापत्र भएको छ ।

· नेपालगन्जः नेपालगन्ज ३ की लब्ली सोनीलाई ६ लाख दाइजो नल्याएको आरोपमा यातना दिएपछि २ वर्षदेखि माइतीमा नै बस्दै आएकी छन् ।

· सर्लाहीः मूतिया ५ की २० वषीया अमृता कुमारीले सामाजिक परम्पराअनुसार ०७२ मंसिरमा लालबन्दिका सागर महतोसँग बिहे गर्दा अमृताको परिवारलाई आठ लाख रुपैयाँभन्दा बढी खर्च भयो। विवाह भएको केही महिनामै अर्मतालाई श्रिमान्को घरमा बस्न दिएनन्, उनी माइतीमा बस्दै आइन् ।

९. कुमारी

चार महिनाको अवधीमा बलि प्रथा सम्बन्धी २ वटा समाचार प्रकाशित भएको छ ।

· भक्तपुरः जीवित देवी मानिने कुमारीको मासिक पारिश्रम जम्मा ३ हजार ५० रुपैयाँमात्र छ । काठमाडौं र ललितपुरका कुमारीको पारिश्रमिक भने भक्तपुरकी कुमारीभन्दा बढी छ ।

· ललितपुरः १० वर्ष कुमारी बसेर सन् २०१० मा निस्किएपछि शिक्षाको महत्वको बारेमा बोल्दै आएकी छन्, पाटनकी पूर्वकुमारी चनिया वज्राचार्य । कुमारीको जीवनमा भोगेका समस्या केकस्ता हुछन् भन्ने कुरा उनले त्यहाँबाट निस्केपछि बताउने गरेकी छन् । वज्राचार्यको अनुसार कुमारी बन्दा शिक्षक खोज्ने, उनीहरुलाई तलब खुवाउने कुरामा पनि समस्या छ ।

१०. धामीझाँक्री प्रथा

चार महिनाको अवधीमा बलि प्रथा सम्बन्धी ५ वटा समाचार प्रकाशित भएको छ ।

· लमजुङः प्यारजुङस्थित बुद्वमिलन माविका विद्यार्थीहरु बर्बराउँदै दौडने, रुने, कराउने, आफ्नै कपाल भुतल्याउने समस्या देखा परेपछि विद्यार्थी राखेर पूजापाठ गरिएको थियो । पूजापाठ पाचोकका नाम चलेका झाँक्री देवीराम तामाङले गरेका थिए ।

· कालिकोटः चिलखायाँ—३ ससुराली बस्दै आएका हस्तबहादुर सिंहलाई धामी झाँक्री बसाल्ने विषयमा विवाद हुँदा सोही ठाँउका सबै गाँउले मिलि सामूहिक रुपमा आक्रमण गरेका र उपचारकै क्रममा घाइतेको मृत्यु भएको पीडित परिवारको भनाइ छ ।

· दैलेखः द्घन्द्घको समयमा भुत प्रेत हुँदैन र देवी देउता मान्नुहुँदैन भनेर भनेर धामी पुजारीका टुप्पी काट्ने माओवादीका कार्यकर्ता धानी भएको देखेर गाउँका सबै मानिस अचम्ममा परेका छन् । यसरी धामी हुनेमा चामुण्डा—७ का नेकपा माओवादी केन्द्रका पूर्व जनमुक्ति सेना रामबहादुर शाही हुन्

· सिन्धुपाल्चोकः हैबुङ—५ कान्छिमाया तामाङको स्तनको घाउ गहिरिने र छातीमा फैलने क्रम जारी छ तर खर्चको अभावका कारण उनको उपचार हुन सकेको छैन । अस्पताल नगए पनि घाउ दुखेर चल्न नसक्दा झारफुकका लागि धामीझाँक्री बोलाउने गरेकी छिन् । वर्षौदेखीको छातीको घाउ झारफुक र जडीबुटीले केही असर नगरेको स्थानीय सेते तामाङले बताए ।

बाँकेः बर्दिया धधवारका धनीराम थारुको हात खुट्टा असाध्यै दुखेपछि गाँउका गुरुवा (झाक्री) लाई देखाए र गुरुवाले भुत नलागेको भनेर फर्काए । खुट्टाको दुखाई कम नभएपछि डाक्टरलाई देखाउदा धनीरामलाई ‘सिकलसेल एनिमिया’ भएको पुष्टि गरेका थिए ।

गत चौमासिकको तुलनामा यस चौमासिकमा घटेका कुरीतिजन्य घटनाको संख्यात्मक तुलना तलको ग्राफमा गरिएको छ ।

गत महिनाको ग्राफ र्हेदा यो महिनामा बोक्सि प्रथाको घटना बढेको छ यो चाौमासीकमा बोक्सि प्रथाको सात वटा घटना प्रकाशीत भएको देखिन्छ भने बालविवाह र दाइजो प्रथाको चार वटा घटन घटेकको छ । गा्रफ अनुसार यो चौमासकिमा बालविवहाको घटना कम भएको देखिन छ भने दाईजो प्रथाको घटना पनि कम भएको देखिन्छ । त्यसैगरि गरी छुवाछुत प्रथा बढेको ग्राफमा देख्न सकिन्छ भने छुवाछुतको तिनवटा घटना सार्वजनिक भएको छ र त्यसैगरी बहुविवाहको घटना यो चौमासीकमा कुनै पनि घटना घटेको पाइदैन । उक्त ग्राफमा छाउपडिको जम्मा एक वटा घटना प्राप्त भएको छ भने बलि प्रथाको पनि एक वटा घटना सार्वजनिक भएको देखिनछ । धामिझाक्रि प्रथा र हलिया प्रथा सम्बन्धि जम्मा पाच वटा घटना प्रकाशीत भएको छ। त्यसैगरी कुमारी प्रथा र विधुवा प्रथाको दुईवटा धटना प्रकाशीत भएको छ।

काठमाडौं, पुस ३÷

थप जानकारीकालागी ः

मानववादी समाज (सोच) नेपाल

बत्तिसपुतली, काठमाण्डौ नेपाल ।

फोन नं. ०१–४४९७१६८÷४४८४७७७

पोष्ट बक्स नम्बर ६७०, काठमाण्डौ

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *