विश्व मानववादी दिवसकाे अवसरमा छलफल कार्यक्रम प्रतिवेदन

विश्व मानववादी दिवसकाे अवसरमा छलफल कार्यक्रम प्रतिवेदन

जुन २१ अथार्त विश्व मानववादी दिवस (World Humanist Day), नेपालमा पनि साेच नेपालकाे आयोजनामा मानववादी दिवस तथा सुर्यग्रहणको विषयलाई लिएर समाजमा रहेको अन्धविश्वास तथा रुकुम घटनाको बिषयलाई लिएर जुन २१ मा भर्चुअल बैठक सम्पन्न भयो । बैठकमा मानववादी अभियान्ता, दलित अगुवा तथा बुद्धिजिवीको सहभागिता रहेको थियो । छलफलमा निम्नानुसार उपस्थित महानुभावहरुले भनाइ राख्नु भयो ।

बालकृष्ण श्रेष्ठ (प्राध्यापक : बाल्मिकी क्याम्पस तथा अध्यक्ष : सोच नेपाल)

मानिस पहिला पशु अवस्थामा थिए कालान्तरमा दुइ खुट्टाले टेकेर हातले अन्य काम गर्न थाले, पछि भाषाको ज्ञान भयो, चेतनाको विकास भयो अन्ततः मानिसले सन्सारमा अस्तित्वमा नभएको सत्यता नभएको कुरामा समेत बहस गर्न थाले । आज पनि धार्मिक कुराहरु जसलाइ हामी अन्धविश्वास भन्छौ युवा नुवा हवालीले भने जस्तो ति सबै काल्पनिकता मात्र हो जसमा बैज्ञानिक सत्यता छैन । त्यस्तो कुरामा लामो समय देखि अलमल्लिरहेका छौ । सुर्यग्रहण चन्द्रमाको छाँया सुर्यमा परेपछि सुर्य ग्रहण लाग्छ भन्ने कुरा सबैले बुझेकै छौ तर पनि बिभिन्न अन्धबिश्वास कायम छन् ।

सिताराम परियार (पुर्व सदस्य सचिव, दलित आयोग तथा अधिवक्ता)

संबिधानमा समानताको हक दिएको छ, जेठ १० गते भएको रुकुम घटनाको सम्बन्धमा प्राथमिकताका साथ संसदीय छानविन समिति बन्यो घटनाको सम्बन्धमा थप सत्य तथ्य आउने आशा गर्न सकिन्छ । र राज्यले यस किसिमको चासो राख्नाले त्यस किसिमका घटना पुनः नदोहोरिनको लागि पनि भुमिका खेल्न सक्छ ।

रामदेब पाण्डे (लेखक तथा मानववादी अभियान्ता)

अमानविय क्रुर जातीय चौरजाहारी घटनाको सम्बन्धमा नेपालमा दलितहरुको मुद्दामा दलितहरुमात्र लडेको दखियो । जसरी अमेरिकामा एक जना प्रहरीले अश्वेत समुदायका व्यक्तिलाई घुडाले थिचेर हत्या गरेको घटनाका सम्बन्धमा सबै स्वेत तथा अश्वेत समुदायले समेत विरोध गरी ऐक्यबद्धता जनाए त्यसैगरी नेपालमा चौरजाहारी घटनाको सम्बन्धमा पनि सबै समुदाय लाग्नु पर्थ्र्यो बरु घटनालाई तोडमोड गर्ने काम भयो यो निन्दनिय छ ।
मानववाद दिवसलाई व्यापक बनाउन आवश्यक छ अझै पनि यो दिवसको बारेमा अनभिज्ञता छ यसलाई अलि बढी प्रचार गर्न जरुरि छ । आगामि मानववादी दिवसलाई अलि बृहत बनाएर मनाउन आवश्यक छ ।

दामोदर पुडासैनी (नायव महालेखा परिक्षक, महालेखा परिक्षकको कार्यालय)

मानववादी दिवसले मान्छेले मान्छेलाई विभेद गर्न हुदैन भन्ने शिक्षा दिएको छ । कोरोनाले पनि के सन्देश दिएको छ भने रोग इत्यादीले पनि जात भात हेर्देन ।
जातीय विभेदको कुरालाई हाम्रो देशमा नाराको रुपमा मात्र सिमित छ । व्यवहारिक रुपमा पालना भएको छैन । कोरोना रोकथामकालागि क्वारेन्टीनमा समेत दलितलाई विभेद गरिएको समाचारमा आएको छ । जो निन्दनिय छ ।
ग्रहणका बारेमा समाचारमा यसो गर्नु हुदैन खान हुदैन खानामा कुश राख्ने लगायतका अन्धविश्वास फैल्याउने कुरा मात्र आइरहेका छन् । बैज्ञानिक आधार सहित ग्रहण यसरि लाग्छ भनेर चन्द्रमाले सुर्य छेकिदिदा लागेको हो भनेर जनस्तरमा चेतना फैल्याउन आवश्यक छ । अनावश्यक प्रचार गर्न रोक्न सके अन्धविस्वास कम गर्न सकिन्थ्यो ।

कर्ण परियार (दलित अभियान्ता)

कुरीति कुसस्कार घटना घटेपछि मात्रै अभियान चलाउने कुराले खासै महत्व राख्दैन । मौसमि अभियानले परिवर्तन सम्वभ छैन । कुनै न कुनै रुपमा बर्षैभरी अभियान चलाउन जरुरि छ । संचार माध्यममा त्यस किसिमका सामाग्रीलाई निरन्तरता दिन जरुरि छ, जो जुन ठाउमा छौ त्यही बाट । आह्वान गरेर सडकमा पुग्ने परिपाटि भन्दा पनि स्वतस्फुर्त रुपमा सडकमा नआउन्जेल परिवर्तन सम्वभ छैन । लिडर लेस क्याम्पेन आवश्यक छ ।

रिता परियार (महिला तथा दलित अधिकार कर्मी)

रुकुम घटना जातिय कारणलेनै भएको स्थलगत भ्रमणबाट हामिले थाहा पायौ । रुकुमको गाउ पुरै खालि जस्तै थियो । प्रहरीले धरैलाई पक्राउ गरेर लगेको थियो । जाजरकोटमा ६ जनाको परिवारले सदस्य गुमाएका कारण गाउनै शोकमग्न थियो । नवराज दलित भएकैले उक्त घटना घटेका कुरा बयानमा पनि खुलेको छ । चेतनामा परिवर्तन आउनु पर्यो । यस किसिमका घटना नहुन दिनका लागि गैर दलितको आवाज उठान जरुरि छ । दलितकोमात्र अभियानले यो समस्या समाधान हुन सक्दैन । यो लडाइ दलितको मात्र होइन । अन्य अभियानमा सबै एक ठाउमा हुने तर यस किसिमका सवाल दलितका सवालका रुपमा गैर दलितले लिइदिनाले हालसम्म समाधान हुन नसकेको हो । सरकारको बिरोधमा, भ्रष्टाचारको बिरोधमा सबैको ऐक्यबद्धता हुने तर दलितका सवालमा गैर दलितको सहभागिता कम हुनु दुखद्को कुरा हो ।

उत्तम निरौला (सदस्य : ह्युम्यानिष्ट इन्टरनेसनल, कार्यकारी निर्देशक : सोच नेपाल)

जव सम्म सत्तामा पुग्नको लागि दलित आन्दोलन हुन्छ कांग्रेसको नाममा होस् वा कम्युनिष्टको नाममा होस् सत्तामा पुगेपछि यो विषय महत्वपुर्ण भइदिदैन त्यहा पुगेपछि वर्गको कुरा हुन्छ र माथिल्लो बर्गमा पुगेको मान्छेले अरु बर्गलाई खासै वास्ता गर्दैन । त्यसैले दलित आन्दोलन सत्ताको सिढि चढ्न प्रयोग हुने तर सत्तामा पुगे पछि यि कुराले प्राथमिकता पाएन । त्यसैले हालसम्म दलित आन्दोलन चुनावी नाराको रुपमा मात्र सिमित भए ।
नागरिक समाजको अभियान जो सत्तामा जादैन र सत्तामा जानका लागि काम गर्दैन त्यस्तो खाले अभियान जरुरि छ ।
ग्रहणको विषयमा दलितलाई मुछेर अपहेलना गरिरहेका छन्, समाजमा जो संग सीप थियो, जो वैज्ञानिक थिए तिनिहरुको सम्मान हैन अपमान मात्र गरियो ।

मोहसिन अलिमिया (पत्रकार तथा नागरिक अधिकार कर्मी)

विभेदका कुराहरु जसरि पछिल्लो समय आइरहेका छन् मुस्लिम समुदाय प्रति पनि पछिल्लो समय बिभेदमा परिरहेको छ । कोरोनाकै बिषयलाई लिएर कसैलाई देखियो भन्दैमा उनिहरुलेनै फैल्याएको भन्दै मस्जिद लगायतका संस्था बन्देज गर्ने सम्मका बहस हुनुले एक दुई घटनालाई लिएर सिंगो समुदाय र आस्थामाथि नै प्रहार गर्नु पक्कै राम्रो होइन ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *