कुरीति तथा मैनबत्ती तालिम

कुरीति तथा मैनबत्ती तालिम

मानववादी समाज (सोच) नेपालको आयोजना र जिल्ला विकास समिति, काठमाडौंको सह–आयोजनामा “महिला सशक्तिकरण तालिम” २०७३ असार १७ र १८ गते काठमाडौं अनाम नगरमा सम्पन्न भएको छ । मानववादी समाज (सोच) नेपालले आयोजना गरेको उक्त दुई दिने तालिममा ५५ जना महिलाहरु सहभागी थिए । यस तालिममा समाजमा विध्यमान कुरीतिका विषयमा छलफलका साथै आयमूलक शीपअन्तर्गत मैनबत्ती बनाउन सिकाइएको थियो । मानववादी समाज (सोच) नेपाल स्थापना काल देखिनै तराईका २२ सहित २५ भन्दा बढी जिल्लामा कुरीतिका कारण मान्छे माथि हुने हिंसा बिरुद्ध काम गरिरहेको छ । यसले बोक्सीको आरोप, मुक्तकमैया, मुक्तकमलरी, जातीय छुवाछुत, दाईजो, छाउपडी, कन्यादान, तीजको ब्रत बस्नुपर्ने जस्ता कुरीतिबिरुद्ध सशक्त रुपमा काम गर्दै आईरहेको छ । कुरीतिका कारण मान्छे माथिहुने हिंसाको अवस्था कस्तो छ ? यस बिरुद्ध आवाज उठाउन र कानुन बनाउनकिन आवश्यक छ भन्ने कुरामा यो संस्थाले देशव्यापी रुपमा जनचेतना मूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यसैले जबसम्म कुरीति जस्तो विषयमा बोल्नका लागी महिलाहरुलाई कुरीति के हो

क्षमता अभिवृद्धि तालिमको उद्घाटन शत्रमाबोल्दै जिल्ला विकास समिति काठमाडौंका सामाजिक विकास अधिकृत श्री दिपककुमार केसीज्यूले महिलाहरु आर्थिक रुपमा बिपन्न हुनु देशकै लागि घाटाको विषय भएको बताए भने उनीहरुको नेतृत्व विकास गर्न सकेको खण्डमा विश्वका सूचीमा अधि पर्न सक्ने सम्भावना धेरै रहेको जानकारी दिनुभयो । केसीले महिलाहरु कुनै हिसाबले कमजोर नभएका उदाहरणहरु दिदैं थोरै लगानीमा पनि जीवन गुजाराका लागि थुप्रै कामहरु ग्र्न सकिने भन्दै महिलाहरुलाई सिप सिकेर आर्य आर्जनका काममा लाग्न प्रोत्साहित गरेका थिए ।

 यसै  साथै सोच नेपालका सल्लाकार तथा पूर्व अध्यक्ष टि एन घिमिरे ज्यूले पनि यो कार्यक्रमको लक्षित वर्ग कुरीतिको प्रत्यक्ष तथा अप्रत्यक्ष मारमा परेका महिलाहरु हुन् । स्थानीय स्तरमा महिला हक हित र आर्थिक सशक्तिकरणका लागी काम गरिरहेका महिला समुहहरुसँग सहकार्य गरेर कुरीतिजन्य हिंसाबाट प्रभाबितहरुको पहिचान गरी विशेष प्राथमिकताका समुह दलित महिला, मुक्त कमैया महिला, मुक्त कमलरी महिलाहरु लगायत सामाजिक अगुवाको रुपमा काम गरिरहेका महिलाहरुलाई कुरीतिको विज्ञका रुपमा पहिचान बनाउन मद्यत हुने  कुराको जानकारी गराए ।

संस्थाकामहासचिवअप्सरा कार्कीज्यू द्वारा सोचकाबारेमातथा संस्थाले विगत तथा हालगर्दै आएकाकार्यक्रमहरुको छोटो जानकारी दिनुभएको थियो । साथै जिल्लामा भएका कुरीतिको पहिचान कुुसरी गर्ने ? जिल्लामा कार्यरत सरकारी तथा गैर सरकारी संस्थाहरुलाई कुरीति अन्त्यका लागी काम गर्न प्रोत्साहन गर्ने । कुरीतिबाट प्रभाबित महिलाहरुलाई एक ठाउँमा ल्याउन सोचले के गरिरहेका छ र कुरीतिका कारण महिलामाथि भईरहेको हिंसा बारे जानकारी गराई कुरीति अन्त्यका लागी आवाज उठाउन सञ्जालनै गठन गरेर काम गर्नु पर्ने कुरा बताए ।

जिल्ला विकास समिति काठमाडौंको सहयोगमा सञ्चालित तालिमका पहिलो र दोस्रो दिनमा सहभागिहरुलाई अन्धविश्वास र कुरीतिले मानव जीवनमा पार्ने समस्या र यसको अन्त्यका लागि गर्नुपर्ने पहलका बारेमा पनि जानकारी दिएको थियो । तालिममा नेपालमा कुरीति के हो र यसको असर शिर्षकमा दामोदर पुडासैनी, नेपालमा रहेका कुरीति र कुरीतिले महिलामा पारेको असरमा लोग्शरी कुँवर, नेतृत्व विकासमा सञ्जय खड्का र धर्म र महिला शिर्षकमा रघुनाथ अधिकारीले तालिम दिए ।

महिलाहरु जब सम्म बौद्धिक स्तरमा पोख्त हुन सक्दैनन् । सामाजिक विषयहरुको ज्ञान बटुल्न सक्दैनन्, तब सम्म आफ्नो पहिचान समेत स्थापित गर्न सक्दैनन् । जसले गर्दा उनीहरु सधै भरी पितृ सत्तात्मक मूल्यमान्यताले जरो गाडेको समाजमा सधै दोस्रो दर्जाको नागरिक भएर जीवन बाँच्न बाध्य पारिन्छन ्भन्ने भनाइ सोचका सल्लाकार दामोर पुडासैनिले तालिमा बताइका थिए । त्यसैले महिलाहरुलाई कुरीतिजन्य हिंसाको पूर्ण ज्ञान दिई सामाजिक अगुवाको रुपमा स्थापित गर्न यो कार्यक्रम कोसे ढुङ्गा साबित भएको छ ।

सहभागि संगिता वि.कले महिला तथा गर्भवती अवस्थामा भोगेका कुरीतिका बारेमा आफ्ना अनुभव सुनाउनु भएको थियो  ।

मैनबत्ती तालिम अन्तर्गत इ.पी.एस.ए नेपालका सदस्यहरु भावना सोडारी र डम्मरी हरुले सहभागीहरुलाई तालिमदिनु भएको थियो जुनतालिममा मैन बत्ती( एचयअभकक(अगततष्लन , ष्त्रिगष्म धबह उगततष्लन बलम उबअपष्लन तयय)  समेत बताउनु भएको थियो । सोच नेपालकी अध्यक्ष शान्ति गुरुङ्ले आर्थिक रुपमा सशक्त भएमात्रै आफ्नो अधिकार उपभोग गर्न सकिने भन्दै महिलाहरुलाई आर्थिक उपार्जनका काममा लाग्न आग्रह गरिन् ।

कार्यक्रममा सोच नेपालका उपाध्यक्ष बिमला खड्का, महासचिव अप्सरा कार्की, सदस्य नविना महर्जन लगायत सोच नेपालका कर्मचारी, स्वयम्सेवक, सल्लाहकारहरुको उपस्थिती रहेको थियो ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *