काेभिड १९ सम्बन्धी वेभसाइट र हाम्रो स्वास्थ्य मोबाइल एप्लिकेशन निर्माण ।

काेभिड १९ सम्बन्धी वेभसाइट र हाम्रो स्वास्थ्य मोबाइल एप्लिकेशन निर्माण ।

नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयका लागि सोच नेपालले कोड फर कोड लगायतका संस्थाहरुसँगको सहकार्यमा हाम्रो स्वास्थ्य मोवाइल एप्लिकेसन तथा कोभिड सम्बन्धी वेभसाइट www.covid19.mohp.gov.np निर्माण गरेको छ । साथै वेवसाईट मार्फत मन्त्रालयको कोरोनाबारे जानकारी दिने सूचना प्रणालीको निर्माण र विकासका लागि पनि काम गर्दै आइरहेको छ ।

हाम्रो स्वास्थ्य मोबाइल एप्लिकेशन मार्फत प्रयोगकर्ताले कोभिड सम्बन्धी स्वमूल्याङ्ककन -self assessment) गर्न, जोखिममा रहेका व्यक्तिलाई ट्रयाकिङ्क गर्न आवश्यक सहयोग गर्ने काम भैरहेको छ ।

एण्ड्रोइड र आईओएस दुबै मोबाइलमा उपलब्ध रहेको उक्त मोबाइल एप्स मार्फत प्रयोगकर्ताले आफ्नो स्वास्थ्यको विवरण नियमित रूपमा स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराइ उक्त विवरणका आधारमा मन्त्रालयले कोभिड १९ सँग मिल्दो जुल्दो लक्षणका आधारमा उक्त व्यक्तिलाई सम्पर्क गरी आवश्यक स्वास्थ्य परामर्श, परिक्षण तथा स्वास्थ्य सहयोग गर्नेछन् । साथै विदेशबाट आएका र अन्य शंकास्पद व्यक्तिका बारेमा मन्त्रालयका स्वास्थ्य कर्मीलाई सूचना समेत दिन सकिन्छ ।

स्थानीय तहका तोकिएका प्रतिनिधिहरुले आफ्नो पालिकाको क्षेत्रभित्रका मोबाइल एप्लिकेशन प्रयोग गर्ने नागरिकहरुको स्वास्थ्य विवरण लिई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न सक्ने व्यवस्था स्वास्थ्य मन्त्रालयले मिलाएको छ ।

उक्त मोबाइल एप्लिकेशनले कोभिड १९ का सम्भावित बिरामीको नजिक गएका खण्डमा ब्लटुथ मार्फत तत्कालै सतर्क गराउने गर्दछ । एवं आफ्नो नजिकैका स्वास्थ्य कार्यालय, अत्यावश्यक सम्पर्क नम्बरहरु, देशभरमा कोरोनाको स्थिति, मन्त्रालयका सूचनाहरु ईत्यादी सो एप्लिकेशन मार्फत जानकारी लिन सकिन्छ । देशभरका स्वास्थ्य सेवाहरु उक्त एप्लिकेशनमा उपलब्ध नक्शा मार्फत समेत हेर्न सकिन्छ । अहिलेसम्म करिब २ लाखले यो एप्लिकेशन प्रयोग गरेका छन् । सो एप्लिकेशनमा आवश्यकता अनुसार थप विशेषताहरु थप्दै लैजाने मन्त्रालयको तयारी छ ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *