आगामि नगर सभामा बूढानीलकण्ठ नगरपालिकामा सुशासन नीति पास गरीने ।

आगामि नगर सभामा बूढानीलकण्ठ नगरपालिकामा सुशासन नीति पास गरीने ।

राजेन्द्र कोईराला, सोच नेपाल
बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धब खरेलले आगामि नगरसभा सम्ममा सुशासन नीति पास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

बूढानीलकण्ठ नगरपालिकामा तथा सोच नेपालको संयुक्तरुपमा आयोजनामा सुशासन नीतिको आवश्यकता बारेमा भएको छलफलमा नगरप्रमुख खरेलले उक्त प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

कार्यक्रममा नगर प्रमुख, उप प्रमुख, निमित्त प्रमुख प्रशासकिय अधिकृत, सुशासन समिति, वडा अध्यक्ष, कार्यपालिका सदस्य, नागरिक संस्थाका पदाधिकारी सहितको उपस्थिति रहेको थियो ।
नगरपालिकाको सुशासन नीतिको मस्यौदामा भएको छलफलको सहजिकरण भोला भट्टराईले गर्नुभएको थियो ।

छलफल पश्चात विधायन समितिमा थप छलफल गरी आगामि नगर परिषद्मा पास गर्ने नगर प्रमुख उद्धबप्रसाद खरेलले बताउनु भयो । उहाले सुशासन प्रबद्र्धनका लागि प्रविधिको प्रयोगलाई बृद्धि गर्न आवश्यक रहेको बताउनु भयो ।

बूढानीलकण्ठ नगर सुशासन समिति संयोजक शम्भु भट्टराईले निर्बाचनमा बाचा गरेको सुशासनको प्रत्याभूतिको बाचा पुरा गर्न अव ढिलो भैसकेको बताउनु भयो । नगरपालिका बनाउने जिम्मेवारी पुरा गर्न सबै जनप्रतिनिधि लाग्न आवश्यक रहेको बताउनु भयो ।

नीमित्त प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ उपाध्यायले नगरमा सुशासनका लागि नीति र नेतृत्व तथा प्रक्रिया र प्रशासनको उपर्युक्त तालमेल तथा नागरिकका गुनासोको उपयुक्त सुनुवाई गर्न सकिएमा नगरमा सुशासन प्रत्याभुत गर्न सकिने बताउनु भयो ।

मासिकरुपमा नगरले गरेका कामको समिक्षा गर्ने परिपाटिको विकास गर्न सके आगामि दिनमा नगरले गर्नुपर्ने काम तथा कार्यदिशा समेत तय भई उपलब्धी हासिल गर्न मद्दत पुग्ने सहभागिले धारणा राखेका थिए ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *