नेपालमा लोकतन्त्रको अनुभव र चुनौती

नेपालमा लोकतन्त्रको अनुभव र चुनौती


मानववादी समाज नेपालको आयोजनामा मिति २०७६ भाद्र ३० गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडांैमा “नेपालमा लोकतन्त्रको अनुभव र चनौती” बिषयक गोष्ठि कार्यक्रम सम्पन्न भयो । गोष्ठिमा सामाजिक अभियन्ता, प्राध्यापक, विद्यार्थी, पत्रकार, नितिका जानकार, विद्वान एवं दर्शनशास्त्रका ज्ञाता गरी करीब १२५ जनाको सहभागिता थियो । गोष्ठिको आयोजना बारे प्रकाश पार्दै कार्यक्रमको सन्चालन सोच नेपालका कार्यक्रम सल्लाहकार उत्तम निरौलाले गर्नुभएको थियो ।

कार्यक्रम बारे
कार्यक्रम आयोजनाबारे प्रकाश पार्ने क्रममा निरौलाले भन्नुभयो—नेपालमा जनताको लामो र निरन्तरको संघर्ष पश्चात लोकतन्त्र स्थापना भएको छ । बि.स.२०७२ को संबिधानले नेपाललाई सघिय लोकतान्त्रिक गणतन्त्रको रुपमा स्वीकार गरी क्रियान्वयनमा आएको करिव चार बर्ष पुग्न थालेको छ । हाम्रो संविधानले संघियता, गणतन्त्र, समाबेशिता, धर्मनिरपेक्षता जस्ता बिषयलाई आजको नेपाली समाजको आवस्यकताको लोकतन्त्रका रुपमा परिभाषित समेत गरेको छ । तर नयाँ सबिधान घोषणा भएदेखि आजसम्म आइपुग्दा संघियता, गणतन्त्र, समाबेशिता, धर्मनिरपेक्षता सँगै नागरिकका मौलिक अधिकार एवं सुशासन जस्ता पक्ष गौण बन्दै गईरहेका छन् । यसै परिप्रेक्ष्यमा नेपालमा लोकतन्त्रको अनुभव ,चनौती र भविष्यमा कसरी अगाडि बढ्न सकिन्छ । लोकतन्त्रलाई नागरिकका पक्षमा प्रभावकारी ब्यवस्थाको रुपमा कसरी स्थापित गर्न सकिन्छ भन्ने उद्धेश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

बिष्णु सापकोटा
गोष्ठिमा मुख्य बक्ताको रुपमा राजनितिक बिश्लेषक विष्णु सापकोटाले नेपालमा लोकतन्त्रको अनुभव र चनौति बिषयमा आफ्ना विचार प्रस्तुत् गर्ने क्रममा भन्नुभयो—लोकतन्त्र एउटा समाज सञ्चालनको प्रक्रिया हो जुन नेपाली समाजमा शासनको अभ्यासमा आउन थालेको इतिहास लामो छ । संसारका बिभिन्न समाजको इतिहासमा लोकतन्त्रको अभ्यास भिन्न भिन्न कालमा भिन्न भिन्न स्वरुपमा क्रमिक परिष्कार हुदैं आएको पाइन्छ । त्यसैले लोकतन्त्रको परिभाषालाई निश्चित गर्न सकिदैन । यसको परिभाषा समयानुकुल परिष्कृत स्वरुपमा ब्यक्त हुदैं जान्छ । नेपालमा लोकतन्त्र को अभ्यास औपचारिकरुपले बि.स.२००७ साल देखि गर्न थाल्यौं । हाम्रो अभ्यासको सन्दर्भमा समेत यसलाई परिवेश अनुकुल परिभाषित र परिस्कृत गर्दै आइरहेका छौं । त्यसैले लोकतन्त्र एउटा निरन्तर प्रकृयाको बहस हो । यसलाई हाम्रो मत, हाम्रा माग, पृष्ठभूमि, सोच र दृष्टिकोणले अर्थात हामीले गर्ने राजनितिले निधारण गर्छ ।

Bishnu Sapkota


विडम्बना नेपालमा पटक पटक लोकतन्त्र स्थापना गरिन्छ । तर त्यो लोकतान्त्रिक ब्यबस्थाले संघर्षको समयमा प्रतिबद्धता गरिए अनुरुप जनताका अधिकारलाई संस्थागत गर्ने अभ्यास भएको पाइदैन । हाम्रो परिप्रेक्ष्यमा लोकतन्त्र एउटा बर्चस्वशाली बर्गले परिभाषित गरिदिएको सिमित ब्यवस्था बन्न पुगेको छ । अन्य मुलुकको लोकतान्त्रिक ब्यवस्थाको अभ्यासको इतिहास हेर्दा पनि बर्चस्वमा भएको वर्गले शासन सन्चालनको बागडोर प्राप्त गरेपछि सिमित रुपमा ब्यक्त गर्ने परिभाषालाई नै लोकतन्त्र मान्नुपर्ने अवस्था रहेको पाइन्छ । त्यस्तो सिमित गरिएको र भनिएको लोकतन्त्रले समाजको पिधँमा रहेका आम मानिसलाई न्याय र परिवर्तनको महसुस हुन नसकेको कारण लोकतन्त्र आफैं चुनौतिमा रहेको परिस्थिति छ । तसर्थ, संसारमा लोकतन्त्र एउटा बर्चस्वमा रहेको समुहले परिभाषित गर्ने स्वरुप बन्नपुगेको छ । हामी अहिले लोकतान्त्रिक भनिने यसप्रकारको ब्यवस्थाको पहिलो चरणमा छौं ।
नागरिकले आफ्नो ब्यबस्थापनका लागि आफै सन्चालन गर्ने शासन प्रकृयामा आफ्ना प्रतिनिधि चुनेर पठाउने र शासन गर्ने परिकल्पना गरेर सुरुवात गरिएको लोकतन्त्र विश्वका अन्य मुलुकसगैं अहिले हामीकहाँ आइपुग्दा चुन्नेले चुनिरहने र चुनिएर जानेले आफु चुनिएरमात्रै गइरहने नैसर्गिक अधिकार जस्तो ठान्ने प्रवृत्तिले निरन्तरता पाइरहेको छ । त्यसपछि त्यहि चुनिएरमात्रै गइरहने समुहले लोकतन्त्रको परिभाषा दिई ब्यवस्था चलाउने कारणको परिणाम नागरिक अधिकार कुण्ठित हुने परिस्थिति नै अन्य लोकतान्त्रिक भनिएका देश र हाम्रो लोकतन्त्रको अनुभव र चुनौति दुवै हो ।
हामी कहाँ लोकतन्त्रको लागि दलहरु र समाजको उत्पिडित तप्कासगैं वा अलग अलग बिभिन्न रुपमा संघर्ष गरे तर लोकतन्त्रिक ब्यवस्था स्थापना गरेपछि जसको अधिकार सम्बोधन गर्नु पर्ने हो त्यो नभई हामीले अरुका लागि ल्याइदिएको लोकतन्त्र÷दिएको भन्ने अर्थमा लोकतान्त्रिक ब्यवस्था आफ्नो स्वार्थ अनुकुल एवं सिमित गर्ने परिपाटि भएकै कारण लोकतन्त्र जनमुखी बन्न सकेको छैन । जसको परिणाम एउटा वर्चस्वशाली राजनितिक बर्ग निमार्ण हुने र निरन्तर चुनिने कुरालाई हक ठान्ने, शासनको नेतृत्वमा दोहोरिने अवस्था बन्न पुगेको छ । यसको उदाहरण हामी कहाँ बीसौं बर्षदेखि शासनको नेतृत्वमा पुग्ने अनुहार केहि अपबाद बाहेक एउटै छन् । खासमा लोकतन्त्र हामी अर्थात दलले ल्याइदिएको हो । हामीलाई नेतृत्वमा रहन सघाउ । हामीलाई बचाउनुनै कथित लोकतन्त्र बाँच्नु हो भन्ने अपिल सार्वजनिक भएको छ । अन्य मुलुकमा नागरिकका अधिकार स्थापित हुन एक दुई सताब्दी लागेको तर हामी एक दुई बर्षमै पुरा गर्यौं अब लोकतन्त्र यहि हो । थप केही गर्नुपर्दैन भन्ने बुझाई र मनोबिज्ञान नै हामी कहाँ थप चुनौति बनेको छ । त्यसैले यो प्रकृया रहेसम्म भनिएको लोकतन्त्रले नागरिकका अपेक्षा पुरा हुन सक्दैनन । लोकतन्त्र भनेको लोकका लागि, नागरिकका लागि हो । लोकतान्त्रिक ब्यवस्थाले नागरिकका समस्यालाई सम्बोधन गर्छ । हरेक दिन नयाँ—नयाँ समस्या आउछन् । क्रमशः समाधान र सुधार गर्दै जानु लोकतन्त्रको बिशेषता हो । यसर्थ लोकतन्त्र क्रमिक परिस्कार हुदै अगाडि बढ्ने ब्यवस्था हो । तर हामी लोकतन्त्रमा सुधार र समृद्धिको लागि अन्य मुलुकका राम्रा अभ्यासबारे बहस हुने दिशामा समेत छैनौं ।
हामी कहाँ ब्यवस्था परिवर्तनको ताजा अवधिमा केहि महत्वपूर्ण परिवर्तन र सुधारका पक्षमा निर्णय गर्छौं त्यो सकारात्मक छ । तर बिचार, शिद्धान्त, मान्यता र ब्यवहार बीच सामान्जस्यता ल्याउन नसक्दा वास्तविक लोकतन्त्र स्थापनामा कठिनता उत्पन्न भएको छ ।


डा. खगेन्द्र प्रसाई
त्यसैगरी अर्का मुख्य बक्ता समाजशास्त्री डा. खगेन्द्र प्रसाईले मानववाद र लोकतन्त्रका बारे आफ्ना भनाइ राख्नुभयो । उहाँले भन्नुभयो—मानववादी दर्शनको सुरुवात समाजको खास ऐतिहासिक आवश्यकताले भएको हो । विशेषत पश्चिमी समाजमा राज्य सन्चालनको पद्धतीको नेतृत्व ईश्वरको नाममा शासक वा राजाले गर्ने र राजा ईश्वरको भौतिक अभिब्यक्ति मान्ने परम्परा चलिआएको थियो । चर्च ईश्वरको आध्यात्मिक अभिब्यक्ति मानिन्थ्यो । समाजमा एकातर्फ राजा र अर्कौतर्फ चर्चले शासन गर्ने द्वैत परम्परा एवं राजा र चर्चका बीच शासन सन्चालनका क्रममा द्वन्द्व उत्पन्न भयो । जसका कारण जनता दुःख, कष्ट, पीडा र ज्यादतीमा परे । लाखौं मानिसहरुको मृत्यु भयो । हामी कहाँ समेत राजा ईश्वरको अवतार मानिदै आएको कुरा विदित नै छ र संसारमा राजा ईश्वरको अवतार मानिने परम्परा थियो र अझै छ । शासकले ईश्वरका नाममा आफ्नो लाभ अनुकुल नीति—नियम बनाइ रजाइ गर्न थाले । जनता क्रुरता र दमनमा पर्न थाले । यसरी चल्ने ब्यवस्थाले जनतालाई दुःख, कष्ट पैदा गर्यो । यस्ता क्रुरता र दमनको भोगाईबाट जनताले यसप्रकारको शासन पद्धतीबाट मुक्त हुने प्रयास गरे । मानिसले आफ्नो जीवन केवल मानिसका रुपमा, आफ्ना आवस्यकता आफ्नै ज्ञान, सीप र मेहनतबाट प्राप्त गर्ने कुरा बोध गर्न थाले । अब मानिसको आवस्यकता कुनै ईश्वर वा अलौकिक शक्तिबाट पुरा हुन सक्दैन । आवस्यकता भौतिक परिस्थितिबाट निमार्ण हुन्छ र पुर्ति पनि सामुहिक—सामाजिक परिवेश निमार्ण गरेर पुरा गर्न सकिन्छ भन्ने विचार बाट प्रेरित भएर राज्यको शासन पद्धतीबाट ईश्वर वा धर्मलाई अलग गरे । यसरी राज्यलाई धर्म निरपेक्ष गर्ने क्रममा नै मानववादको शुरु भएको पाइन्छ ।
मानिस, जीव तथा प्रकृतिका यावत पक्षहरुको उत्पत्ति, बिस्तार र विकास भएका बारेका बैज्ञानिक खोज, अन्वेषण, तथ्य, प्रमाणको आधारमा निमार्ण भएको विज्ञान सम्मत दर्शन, शिद्धान्त र चिन्तनका आधारमा यावत सृष्टिको कर्ता ईश्वर होइन भन्ने कुराको पुष्टि भएको छ । मानिसको आवश्यकता पुर्तिमा पनि ईश्वरको हात छैन । मानिसले आफ्नो भाग्यको फैसला आफैं गर्छ । उसका सारा दुःख, कष्टको निवारण उसैले गर्छ । उसको सहज जीवनको बाटो आफै तय गर्छ । यसका लागि चाहिने शासन पद्धति पनि आफै तय गर्छ । गर्न सक्छ । मानववादले समष्टिमा विज्ञान मानव हितका लागि अपरिहार्य छ भन्छ । यसर्थ मानिस वा लोकको लागि आवस्यक आफू अनुकुलको आफैले सन्चालन गर्ने ब्यवस्था नै लोकतन्त्र हो । लोकतन्त्र विज्ञानमा बाँच्छ । त्यसकारण मानवबाद भनेकै लोकतन्त्र हो ।
मानिसको भाग्य ईश्वरले निर्धारण नगरे जस्तै हालको विश्व पूँजिवादले पनि गर्दैन । अर्थात मानिसको आवस्यकता र चाहनालाई पूँजिवादले पुर्ति गर्न सक्दैन । पँुजिपतिले मानिसलाई स्वतन्त्र रहन दिदैन । पुँजिको स्वार्थभित्र नियन्त्रण गर्छ । मानिस त स्वतन्त्र प्राणी हो । उ स्वतन्त्र भएर बाँच्न चाहन्छ । आफु स्वतन्त्र रहनका लागि उसले सामुहिक पद्धति अपनाउछ । सामुहिक पद्धतिमा मात्र स्वतन्त्र रहन संभव छ । पुजिपतिको चाहना र मानिस स्वतन्त्र रहने कुरा मेल खादैन । लोकको चाहना र पँुजि आर्जन गर्ने चाहना एउटै होइन । तसर्थ सामुहिक पद्धतिमा मानिसका आवस्यकता पुरा हुन सक्छन । त्यतिबेला उ स्वतन्त्र हुन्छ । मानिसको आवस्यकता पुरा हुने सामुहिक पद्धतिमा आधारित ब्यबस्था नै समाजवाद हो । यहि कुरा माक्र्सले भनेका छन । लोकले चाहेको, मानवले आफु अनुकुल तय गर्ने लोकतन्त्र, विज्ञान सम्मत मानववाद र माक्र्सले ब्याख्या गर्ने बैज्ञानिक समाजवादमा समानता छ । लोकतन्त्रमा मानिस आफ्नो मालिक आफै हुन ज्ञान, सुचना र चेतनाले योग्य तथा सक्षम हुनुपर्छ । योग्य नभए सम्म आफुले चाहे अनुरुप बाँच्न कठिन हुन्छ । आफ्नो भाग्य तय गर्न सक्दैन । मानिस स्वयममा निर्भर हुन सक्दैन । आत्मनिर्भर नभएपछि स्वतन्त्र पनि हुन सक्दैन । त्यस्तो हुने ब्यवस्था लोकतन्त्र हुन सक्दैन । यसर्थ मानिस ज्ञानी, सचेत र प्रश्न गर्ने क्षमताको नभएसम्म लोकतन्त्र जीवन्त हुदैन । जागृत ज्ञान र चेतनायुक्त समाजमा मात्र लोकतन्त्र संभव छ । हामी कहाँ कुनै दल बिशेषले नेतृत्व गरेको शासनमा जनताका अधिकार सुनिश्चित भएनन् भन्नु लोकतन्त्र छैन भन्ने हो । लोकतन्त्रका लागि हामी ज्ञानी हुन जरुरी छ । ज्ञानका बिभिन्न श्रोत हुन सक्छन् । तर लोकतन्त्रका लागि बैज्ञानिक चिन्तनमा आधारित ज्ञानको आवश्यकता हुन्छ । जुन कुरा मानववादले वकालत गर्छ । विज्ञानबिनाको ज्ञानले मानिस आत्मनिर्भर हुदैन । आत्मनिर्भर नहुँदासम्म मानिस स्वतन्त्र हुन सक्दैन ।
त्यसकारण लोकतन्त्र भनेको वैज्ञानिक ज्ञान र चेतना भएको समाज ब्यवस्था हो ।
आफु रहेको ब्यवस्थामा प्रश्न नगर्नु, भाग नलिनु र बेखबर रहनु लोकतान्त्रिक नहुनु हो । आफु लागेको दलका बारे नबोल्नु, दलका नेताको विचार र ब्यवहार बारे प्रश्न नगर्नु, छलफल नगर्नु भनेको निरंकुशता स्वीकार गर्नु हो । यसले लोकतन्त्र धरापमा पर्छ । लोकतन्त्रमा आफ्नो मत राख्ने, अरुको मत सुन्ने संस्कार हुनुपर्छ । आफु सत्य अरु भ्रम भन्ने हुदैन । लोकतन्त्रमा सबै मतका बीचमा चुनावी प्रकृया द्वारा बहुमतलाई स्वीकार गर्ने पद्धति हुनुपर्छ । आफ्ना मत अल्पमतमा रहेतापनि स्वीकार गर्नुपर्छ । यसको अर्थ लोकतन्त्रमा आवद्यिक निर्बाचनमा भाग लिनु मात्र होइन । हर क्षण, हर घटनाको समाधानमा मतको चुनावी प्रकृया जरुरी हन्छ ।
राज्य सन्चालनमा ईश्वर वा धर्म बिशेष हावी हुने कुराले लोकको चाहना पुरा हुन सक्दैन । त्यसैले धर्मलाई राज्यबाट अलग गर्नु आवस्यक र ठिक हो । त्यसको बिकल्पमा लोकको चाहना अनुरुपको राज्य सन्चालनको नयाँ शिद्धान्त आवस्यक पर्छ । यो नै राज्य धर्मनिरपेक्षता हुनु हो । धर्मनिरपेक्षता लोकतन्त्रको आधार हो । यस सम्बन्धमा माक्र्सले राज्य वास्तविक धर्मनिरपेक्ष हुन धर्मलाई राज्यबाट मात्र नभई पुरै समाजबाट अलग गर्नुपर्छ भन्छन् ।
मानिस हिन्दु, मुस्लिम, क्रिश्चियन आदि बनेर निर्बाचनमा भाग लिइरहँदा उ साँघुरा चिन्तन र ब्यवहारबाट अलग भएको हुदैन । त्यसबाट लोकतन्त्रको प्रवर्धन हुन सक्दैन । त्यसकारण राज्यबाट धर्म बिस्थापन भएपछि त्यो खालीपनलाई बिज्ञान सम्मत शासन प्रणालीले ब्यवस्थापन गर्नुपर्छ । मानववादी दर्शनको वकालत नै विज्ञानसम्मत शासन प्रणाली अर्थात लोकतन्त्र हो ।
राज्यमा जातिय, लैगिंक, धार्मिक पहिचान रहने शासन पद्धति रहँदासम्म सार्थक लोकतन्त्र स्थापना हुदैन । लोकतन्त्रमा सबै मानवको समान स्वविकास हुने अवसर हुनुपर्छ ।

Khagendra Prasain


युग पाठक
यसैक्रममा तेस्रो मुख्य बक्ता अफ्रो एशियाली लेखक संघका अध्यक्ष युग पाठकले नेपालमा समाबेशी लोकतन्त्र र धर्मनिरपेक्षता बारे मन्तब्य दिने क्रममा अग्रेंजी शब्द डेमोक्रेसी म्झयअचबअथ एउटा राज्य सन्चालनको पद्धति हो, संसारका बिभिन्न समाजमा युग अनुकुल यसको परिभाषा परिवर्तन हँदै आइरहेको छ भन्नुभयो । उहाँले धारणा प्रस्तुत गर्ने क्रममा भन्नुभयो—हामी कहाँ पनि बीस बर्ष अगाडि राजतन्त्र सहितको प्रजातन्त्र र हाल गणतान्त्रिक लोकतन्त्र भनेर डेमोक्रेसी म्झयअचबअथ लाई फरक फरक ढंगमा परिभाषित गरिआएको कुरा विदितनै छ । तर विश्वमा लोकतन्त्रको निष्ठावान पहरेदार मानिने संयुक्त राज्य अमेरिकामै अब लोकतन्त्रको अवसान हुदै छ भनेर त्यहिका विद्वानहरु भनिरहेछन । सन् १९९० अगाडि संसारमा समाजवादको नेतृत्व सोभियत संघ र लोकतन्त्रको नेतृत्व संयुक्त राज्य अमेरिकाले गर्दै आएका थिए । यी दुई देश बीच लामो समय शीतयुद्ध चलिरहयो । जब सन् १९९० मा सोभियत संघको विघटन भयो त्यसपछि उदारवादी आर्थीक ब्यवस्थालाई मलजल गर्ने लोकतन्त्र संसारको एकमात्र विकल्प मानिदै आएको अवस्था छ । आज संसारभर लोकतन्त्रको चर्चा गर्ने र लोकतन्त्रको निर्यात गर्ने संयुक्त राज्य अमेरिका अरबियन देशको लोकतन्त्रका बिषयमा बोल्दैन । अरबियन मुलुकको तेल उत्खनन गरेर विश्वभरी तेलको ब्यापार गर्ने अमेरिका र युरोपियन मुलुक अरबमा लोकतन्त्र नभएपनि ठिक नै मान्दारहेछन । अर्थात लोकतन्त्र लोकका लागि वा केका लागि हो ? बुझ्न जरुरी छ । हामी कहाँ पनि लोकतन्त्र भनिदैछ तर लोकका समस्यालाई सम्बोधन गर्ने कुनै ध्यान छैन । हाम्रो दक्षिण छिमेकमा संसारकै ठुलो लोकतन्त्र छ भन्ने गरिन्छ तर धर्मनिरपेक्षता र समाबेशिताका विषयलाई निषेध गर्ने ब्यवहार भइरहदा शासकहरु मौन छन ।

Yug Pathak


हाल नेपालमा लोकतन्त्रको अभ्यास गर्ने क्रममा बर्चश्वशाली नेता, विज्ञ र पुरानो ब्यवस्थाबाट लाभ लिनेहरुले जनताका समस्या सम्बोधन गर्ने भन्दा आफुलाई सहज र सुलभ हुने गरी लोकतन्त्रलाई अभ्यास गर्ने कुरा स्थापित गर्न खोजीदैछ । यहाँ लोकतन्त्र भनेको इतिहासदेखि राज्यबाट बहिस्करण समुहलाई मुलप्रवाहीकरण गर्ने नभई भौतिक पुर्वाधारको विकास र सम्वृद्धि लाई प्रोत्साहन गरिदैछ । करिव सात दशक देखि चलिआएको योजनाबद्ध भौतिक विकासको निरन्तरता नै लोकतन्त्र हो भन्ने बुझाइ हुनेहरु समाज किन अशान्त छ भन्ने तर्फ ध्यान पुर्याउन सकेका छैनन् । ध्यान दिन चाहेका छैनन । हिजोको भौतिक विकासको अपेक्षा केहि हदसम्म पुरा भएको छ तर बहुसख्यक जनताहरु भौतिक बिकासमा मात्र सन्तुष्ट छैनन । दलित, महिला, मधेशी, जनजाती, कर्णालीका बासिन्दा र अन्य समाजका सिमान्त समुह शासन ब्यवस्थामा सहभागिता खोजिरहेछन । शासकहरु शासनमा मुलप्रवाहीकरण होइन पुरानै विकासे तरिकाको रटान लगाउदैछन । शासनको नेतृत्व गर्नेहरु समाजको करिव ७० प्रतिशत जनसख्यालाई कुनै असर नगर्ने लोकतन्त्रका पक्षमा वकालत गर्दैछन् । करिव २५० वर्षदेखि बर्चश्वमा रहिरहने केहि समुहलाई मात्र लाभ पुग्ने तर बहुसख्यक समाज सिमान्त रहिरहने विकासको मोडेलबाट सिंगो नेपाली समाजले समृद्धि हासिल गर्दैन जुन सात दशकदेखि चलिआएको छ । दोस्रो विश्वयुद्ध पछाडि पहिलो विश्वका भनिने मुलुकका विज्ञ र योजनाविद्ले अविकसीत तेस्रो मुलुकमा आफ्ना विचार र योजना थोपर्ने पुरानो विकासको मोडल जसले हामीकहाँ पन्ध्रौं पन्चबर्षिय योजनाको अवधि पार गर्दा समेत कुनै संवृद्धि दिन सकेन । यसको मोह बारे अब प्ररन गर्नुपर्ने छ ।
समाजको पिंधमा रहेको समुदायको पीडा बुझ्न उसको भोगाइबारे चिन्तन गर्नुपर्छ । परिवर्तनको पक्षमा लाग्नेहरुको बिशेषता यहि हो । राज्यले इतिहासमा बहिष्करण गरेको उत्पिडित समुदायलाई समाबेशिकरणको माध्यमबाट शसक्तिकरण गर्ने, एकल धर्मको बर्चश्वका कारण अवसरबाट बन्चितीमा परेका, पारिएकाहरुको न्याय र आधुनिक समाजको निमार्णका लागि राज्यले वास्तविक धर्मनिरपेक्षता ग्रहण गर्नु अहिलकोे आवस्यकताको लोकतन्त्र हो ।
तर यो भनिएको लोकतन्त्रले आम जनताका जीवनका हरेक क्षेत्र लाई कुनै असर गर्दैन । हिजोदेखिको बर्चश्वशाली समुहको चिन्तन ,ब्यवहार र प्रवृत्तिबाट उत्पिडित समुहको माथिल्लो पंक्ति समेत ग्रसित हुनुले पनि नेपाली लोकतन्त्र चनौतीमा रहेको छ ।
हाम्रो समाजमा निजी लाभको संस्कार र संस्कृति बनको छ लोकतन्त्र । चुनिएर जाने जनप्रतिनिधि, प्रशासनको माथिल्लो दर्जामा जाने ब्यक्ति वा सार्वजनिक क्षेत्रको नेतृत्वमा पुग्ने जो कोहीको हित हुने ब्यवस्था नै लोकतन्त्र हो भन्ने कुरा नै यहाँको समस्या हो । पहिले नै तयारी चीज जस्तै भन्न सजिलो लाग्ने—भागवत गीताले भन्ने लोभ, मोह र भोगबाट टाढा रहुँ भने जस्तै बिषय बनेको छ लोकतन्त्र ।
नेपालमा बर्षौं देखि हजारौंले शहादत प्राप्त गरेर, सघंर्ष गरेर आएको लोकतन्त्र किन जनताको ब्यवस्था बन्दैन ? ०६२÷६३ को जनआन्दोलनले माग गरेको, अन्तरिम संबिधान ०६३ ले स्वीकार गरेको र आजको संबिधानले उल्लेख गरेको समाबेशिता र धर्मनिरपेक्षतालाई शासनको नेतृत्व गर्नेहरुले अगींकार गर्न चाहिरहेका छैनन् । यो उनीहरुलाई जानकारी नभएर होइन । आजका लोकतन्त्रका पहरेदारहरुलाई उत्पीडितको आधारभूत जीउने अधिकार प्रति चासो छैन । यसर्थ, आजको प्ररन गर्ने ठाउँ यहि हो । यसो हुनुमा नेतृत्वको नैतिक धरातल कमजोर हुनु हो । शिद्धान्त, दृष्टिकोण र ब्यवहार बीच तालमेल नहुने कुरा राख्नुभयो ।


छलफल सत्र
तीनजना मुख्य बक्ताले बिचार प्रस्तुत गरेपछि छलफलका क्रममा प्ररन तथा सुझावहरु राख्दै राजेन्द्र अधिकारीले समावेशिताले बहिस्करणमा परेका समुदायलाई समेटेको छ । तर समावेशिता बाट आउनेहरुको क्षमता र दक्षता नहनु चुनौति रहेको छ । धर्मनिरपेक्षता संबिधानले स्वीकार गरेतापनि ब्यवहारमा कार्यन्वयन हुन समय लाग्छ भन्नुभयो । त्यसैगरी
नरेन्द्र खतिवडाले लोकतन्त्रमा बहुमतको निर्णयलाई स्वीकार गर्ने पक्ष हावी भयो भने समाजको पीँधमा रहेका अल्पसंख्यक समुदायको अधिकार कसरी सुनिश्चित हुन्छ ? पश्चिमा देश र हाम्रो परिबेश भिन्न छ । त्यसैले धर्म निरपेक्षताका सन्दर्भमा धर्मलाई परिभाषा गर्ने मापदण्ड बनाउनु पर्यो । नेपाली कम्युनिष्टको नेतृत्वमा शासन सन्चालन भइरहेको परिप्रक्ष्यमा माक्र्सले परिकल्पना नगरेको बहुदलियता कत्तिको चुनौतिपूर्ण होला ?भन्ने जिज्ञासा राख्नुभयो । सरोज दिलु विश्वकर्माले नेपाली सन्दर्भको समाबेशि लोकतन्त्रमा समाबेशितालाई अगीकार गर्न नसक्नु लोकतानित्रक आचरण बिरोधी कुरा बताउनुभयो । युवा राजनीतिकर्मी रन्जु दर्शनाले लोकतन्त्रमा युवाको भूमिका कस्तो हुन्छ ? लोकतन्त्रको सुन्दर पक्ष भनेको असल नेतृत्व चुनिनु हो तर हामीकहाँ मतको किनबेच हुन्छ । त्यसैले चुनावीमतको सही सदुपयोग कसरी गर्न सकन्छ ? संबिधानले स्वीकार गरेको समावेशितालाई अहिलेको सरकारले बेवास्ता गरिरहेछ, यसबाट नेपालको लोकतन्त्रलाई कसरी बुझ्ने ?भन्दै जिज्ञासा राख्नुभएको थियो । कुमार मुनिकारले लोकतन्त्रको परिभाषामा केही आधारभुत तत्व हुन्छन् वा समाज र युग अनुकुलका बिशिष्टता सम्बोधन गर्ने पक्ष समाबेश हुन्छ ? अवको उन्नत र वैकल्पिक लोकतन्त्र कस्तो हुन्छ ? भन्दै बक्तालाई प्ररन गर्नुभयो । प्ररनकै क्रममा बिमल पोख्रेलले लोकतन्त्रमा जात, लिंग, बर्ग आदिका नाममा बिभाजन हुनुभन्दा सो समुदायको न्याय सृजना गर्ने बाताबरण कसरी गर्न सकिन्छ ? सीताराम घले—नेपाली लोकतन्त्रका बाह्य चनौतिहरु केके हुन ? रुकु रणपालले समाबेशिकरणको प्रकृया बाट चुनिएर आउनेहरुलाई समाबेशिताको वकालत गर्ने र समाबेशितालाई प्रभावकारी कार्यान्वयन गर्न नेतृत्वले अघोषित अवरोधको ब्यवहार गरीरहेको चुनौतिलाई कसरी समाधान गर्न सकिन्छ ? भनेर जिज्ञासा राख्नुभयो । आनन्दराम फूँयालले नेपाली लोकतन्त्रको आधारभूत प्रश्नका रुपमा रहेको उत्पादन र बितरणको सम्बन्धलाई नबदलेसम्म न्यायमुलक लोकतन्त्र स्थापना गर्न सकिदैन र संबिधानले उल्लेख गरेको समाजवाद तर्फको संक्रमण हुन सक्दैन । यस सम्बन्धमा सबैको ध्यान जानुपर्यो भन्ने सुझाव पेश गर्नुभएको थियो । प्रश्न र सुझाव पछि मुख्य बक्ताले आफ्ना जवाफ प्रस्तुत् गर्नुभएको थियो ।


प्रा.डा. दिनेश भुजुः
अन्तरक्रियात्मक गोष्ठिको अन्त्यमा डा. दिनेश भुजुले विज्ञान र समाज विषयमा प्रवचन दिनुभएको थियो । प्रवचनका क्रममा डा. भुजुले भन्नुभयो— मानिस आदिकालदेखि हालसम्म आउँदा जे जति प्रगति गरेको छ । यो हिजोदेखि थपिदैं आएको ज्ञान र चेतनाको निरन्तर र उच्चस्तरको विकास हो । त्यसैले विज्ञान हाम्रो चेतनामा छ । हाम्रो बंशाणुमा छ । हामी आगो र हलोका आविष्कारकका सन्तान हौं । आज हाम्रो जीवन सुलभ भएको छ । यो सबै विज्ञानको देन हो । हामी कोही पनि विज्ञानबाट अलग छैनौं ।
संसारमा मानव समाजको इतिहासलाई फर्केर हेर्ने हो भने हिजो लामो कालमा हुने बिकास आज अति थोरै समयमा सम्पन्न हुदै छन । यो पनि विज्ञानकै योगदान हो । मानिसको हिजोको जीवन आयुलाई आजको आयुसँग तुलना गर्दा आज मानिस लामो समय बाँच्नसक्ने भएको छ । अर्थात विज्ञान र प्रविधिको असर मानिसको जीवनमा र समाजमा ठूलो फड्कोको रुपमा देखापरेको छ । आजको समाजको प्रगति, आधुनिकता र संवृद्धि १६ औं देखि १८ औं शताब्दिसम्म युरोपमा भएको औधोगिक क्रान्तिले ल्याएको परिणाम हो । औधोगिक क्रान्तिको जग विज्ञान हो । आज मानिसको विचार, चिन्तन, ब्यवहारमा आमूल बद्लाव आएको छ । आजको राजनिति, समाजविज्ञान, अर्थतन्त्र र यसमा आधारित समाज ब्यवस्थाको आधारनै विज्ञान र वैज्ञानिक दर्शन हो । अन्याय, शोषण र दुःखमा मानिसलाई जीउन बाध्य पार्ने ईश्वरीय चिन्तनमा आधारित शत्तालाई चुनौती दिने पनि विज्ञाननै हो ।
आजको युग विज्ञान र प्रविधिको युग हो । तर यहाँ अझैसम्म विज्ञानको विकास र वैज्ञानिक चिन्तनको प्रवर्धनमा कुनै अभियाननै सुरु भएको छैन । त्यसैले नेपाली समाज अहिले पनि पछौटेपनमा गुज्रीरहेको छ ।

Prof. Dinesh Bhuju


यस महत्वपूर्ण विज्ञानको क्षेत्र अनन्त र ब्रम्हाण्डिय छ । विज्ञान सर्वब्यापी हुन्छ । विज्ञान सार्वभौम हुन्छ । यसले हरचीजमा प्रश्न गर्छ । विज्ञानले अगीकार गर्ने ब्रम्हाण्ड भौतिक छ । इन्द्रिय ग्राहिय छ । यसलाई बोध गर्न सकिन्छ । जान्न र बुझ्न सकिन्छ । विज्ञानले पत्ता लगाउने प्रकृतिका नियम र नयाँ आविष्कारका लागि तालिम, अवलोकन र परिक्षणको आवश्यकता पर्छ । विज्ञानलाई गणित, भौतिक, रसायन, जीवशास्त्रमा विभाजन गरीएको छ । यसैको आधारमा आजको युग जीवन्त छ । विगत भन्दा उच्चस्तरको छ र भविष्यमा अझै उन्नतस्तरमा पुर्याउने छ । त्यसकारण हाम्रा लागि र हामी अस्तित्वमा रहेको समाजका लागि विज्ञान अपरिहार्य विषय हो । यसप्रकार पहिलो शत्र अन्तरक्रियात्मक र दोस्रो शत्र प्रवचनात्मक गरी कार्यक्रम सम्पन्न भयो । गोष्ठि मूलतः सबिधान घोषणापछि नेपाली लोकतन्त्रको ब्यवहारिक अभ्यासले नागरिकको अधिकारलाई कसरी सुनिश्चित गर्न सकिन्छ, र प्रवचन समाजमा वैज्ञानिक चिन्तनको प्रभाव किन जरुरी छ भन्नेमा केन्द्रित रहेको थियो ।

रिपोर्टः अर्जुन परियार

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *