वडाध्यक्षहरुको सामुहिक प्रतिवद्धता

वडाध्यक्षहरुको सामुहिक प्रतिवद्धता

गोरखा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिक्मत बहादुर कुवँरले आफ्नो कार्यकालमा वडामा माध्यामिक विद्यालय स्थापना गर्ने बताएका छन् । अहिलेसम्म आफ्नो वडामा एउटापनि माध्यामिक तहको विद्यालय नहुदा विद्यार्थीले समस्या भोग्नुपरेको बताउदै अबको ३ बर्षभित्र विद्यालय स्थापना गर्ने प्रतिवद्धता जनाएका छन् । सदरमुकाममा भएको सामाजिक जवाफदेहिताका औजारहरुका बारे भएको अभिमुखिकरण कार्यक्रममा उनले हालसम्म वडाका केहि स्थानमा विद्युत लाइन समेत नपुगेकाले सबैघरमा विद्युत पु¥याउने, एक घर एक धारा निर्माण गर्ने, एक टोल एक सडक विस्तार गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

त्यस्तै कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष रहमतुल्ला मियाँले वडाका सबै काठे विद्युत पोल विस्थापित गराई फलामे पोल राख्ने, ५० जनालाई स्वरोजगार बनाउने, प्रत्येक वस्तीमा बाह्रै महिना गाडी गुड्न सक्ने सडक निर्माण गर्ने, सबै घरमा शौचालय निर्माण गर्नुका साथै एक घर एक धारा निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।

आफ्नो कार्यकालमा वडाका नागरिकको जिवनस्तर उकास्ने खालका केहि उदाहरणिय काम गर्ने भन्दै १४ वटै वडाका वडाध्यक्षले सामुहिक प्रतिवद्धता जाहेर गरेका हुन् । गोरखा नगरपालिका र सोच नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा उनिहरुले प्रतिवद्धता जनाएका हुन् । वडा नम्बर ३ मा वर्थिङ्ग सेन्टर सञ्चालन गरी सुरक्षित प्रसुती र गर्भवती सेवा मार्फत मातृशिशु मृत्युदर घटाउनका लागि आफु प्रतिवद्ध रहेको वडा नम्बर ३ का वडाध्यक्ष राम बहादुर बोगटीले बताएका छन् ।

त्यस्तै आफ्नो कार्यकाल भरि वडाभरीका प्रत्येक घरघरमा स्वच्छ खानेपानी र वडामा काठेपोल हटाई फलामे पोल स्थापना गर्ने वडा नम्बर ४ का वडाध्यक्ष खोपबहादुर अधिकारीले प्रतिवद्धता जनाएका छन् । यसै गरी वडा नम्बर ५ का वडाध्यक्ष राम कुमार थापाले संचारको विकास गर्दै सबै घरमा इन्टरनेट, बाह्रै महिना यातायात चल्न सक्ने सडक, बृक्षारोपणलाई अभियानको रुपमा अघि बढाउने र वडावासीलाई स्वास्थ्य सेवाको पुहँचमा पु¥याउने गरी काम गर्ने बताएका छन् ।

कार्यक्रममा प्रतिवद्धता जनाउदै वडा नम्बर ६ का वडाध्यक्ष नारायण अर्यालले वडका सार्वजानिक र धार्मिक स्थलहरुमा शौर्यउर्जा स्थापना गर्ने, वडाका सबै काठेपोल हटाउने, मुख्य चोक र बजार क्षेत्रमा सिसिक्यामेरा जडान गर्ने बताएका छन् । वडाभित्र रहेका सबै सार्वजानिक जग्गाको खोजी गरी संरक्षण गर्ने र अवस्थाका आधारमा बृक्षारोपण गराउने साथै सबै घरमा खानेपानीका धारा पु¥याउने वडा नम्बर ७ का वडाध्यक्ष विष्णु प्रसाद श्रेष्ठले प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा लिखित प्रतिवद्धता जनाउदै वडा नम्बर ८ का वडाध्यक्ष कृष्ण बहादुर खत्रीले हरेक घरमा खानेपानी पु¥याउने, काठेपोल हटाउने र वडाका हरेक बस्ती र घरलाई सडक सञ्जालमा जोड्ने त्यस्तै वडा नम्बर ९ का वडाध्यक्ष कुल बहादुर कुवँरले पनि हरेक घरमा खानेपानीको सुनिश्चित गराउने, काठेपोल हटाउने प्रतिवद्धता ब्यक्त गरेका छन् । त्यस्तै सम्पूर्ण कृषकलाई ब्यवसायीक रुपमा उन्मसख गराउने र एक घर एक धारा जडान गर्ने आफ्नो लक्ष्य रहेको वडानम्बर ११ को लक्ष्य रहेको बताइएको छ । कार्यक्रममा वडाध्यक्ष उपस्थित नभएकाले सदस्य सावित्रा थापाले लिखित प्रतिवद्धता जनाएकी छिन् ।

यसै गरी वडामा एक घर एक धारा सहित १५ घरधुरीको बिचमा एम्बुलेन्स पुग्न सक्ने सडक निर्माण आफ्नो कार्यकालको प्रथामिकतामा रहेको भन्दै वडानम्बर १० का वडाध्यक्ष रामबहादुर खड्काले प्रतिवद्धता जनाएका छन् । त्यस्तै एक घर २ विरुवा बृक्षारोपण गराउने, घरघरमा खानेपानी पु¥याउने योजना रहेको वडानम्बर १२ का वडाध्यक्ष डिल बहादुर थापाले बताएका छन् । त्यस्तै कार्यक्रममा वडा नम्बर १३ का वडाध्यक्ष हरि बहादुर खनालले प्रत्येक घरमा खानेपानी पु¥याउने आफ्नो योजना रहेको बताएका छन् । यसैगरी वडा नम्बर १४ को नगरकै सबैभन्दा ठूलो भुगोल भएकाले सबै बस्तीमा मोटरबाटो सहित खानेपानी पु¥याउने वडाध्यक्ष रामबहादुर खड्काले प्रतिवद्धता जनाएका छन् ।

आफ्नो कार्यकालमा वडावासीको माग र समस्यालाई मध्यनजर गर्दै आफुहरुले यि कामहरु सम्पन्न गरेरै छाड्ने उनिहरुको सामुहिक प्रतिवद्धता छ । त्यस्तै वडाध्यक्षहरुले गरेको हरेक प्रतिवद्धता नगरपालिकाको कार्ययोजनामा समावेश भइसकेको बताउदै नगरप्रमुख राजनराज पन्तले उनिहरुका सकरात्मक काममा आफ्नो सधै साथ सहयोग रहने बताएका छन् ।

मोहसिन अलि मियाँ

गोरखा, १९ भदौ

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *