बुद्ध-चेतनाले नै मानव शभ्यता र प्रकृति बचाउन सक्छ

बुद्ध-चेतनाले नै मानव शभ्यता र प्रकृति बचाउन सक्छ

प्रा. डा. गोपी उप्रेती

आज २५६५ औ बुद्ध जयन्ति । अहिंसा, शान्ति, र सम्पूर्ण जीवजगत र प्रकृतिसंगको सहअस्तित्वमा बाच्न सक्ता मात्र सबैको कल्याण हुन् सक्छ, मानिस आफ्नो चेतना, बुद्धि, र बिबेकको कारणले आफैमा एक नैतिकबान प्राणी बन्न सक्छ भन्ने मानवबादी चिन्तनका प्रथम प्रवर्तक थीय गौतम बुद्ध। बुद्धका उपदेश र शिक्षालाई सुत्रबद्ध गरियका सुत्रहरुले प्रबाह गरेको संदेश आज हामीले बाचीरहेको संसार र मानवसभ्यताले सामना गर्नु परेको बिकराल समस्या समाधान गर्न कति सान्दर्भिक छन् भन्ने तथ्यलाई आत्मासाथ गर्न सक्दा मात्र बुद्धप्रतिको हाम्रो सम्मान र उहाको सम्झनामा आयोजना गरिएका कार्यक्रमको सार्थक अर्थ रहने हुन्छ । म बुद्ध दर्शनको अध्यता होइन। बुद्धदर्शन बुज्न तेती सजिलो पनि छैन। मोटामोटी रुपमा बुद्ध दर्शनलाई मानवबादको प्रबर्धन गर्ने र आधुनिक बिज्ञानका कार्य-कारण सिदान्तलाई समेत आत्मसात गर्न सक्ने दर्शनका रुपमा बुज्ने प्रयेत्न गर्ने बिद्यार्थीको रुपमा  मलाई बुजिदीन अनुरोध गर्दा छु। यो छोटो आलेखमा बुद्ध दर्शन अथवा बुद्ध चेतनाको आजको परिबेशमा के सान्दर्भिकता रहेको छ, त्यो बारेमा चर्चा गर्नु उपयुक्त हुने भयकोले, पाठकहरुको प्रतिक्रियाको अपेक्षा गर्दै यो आलेख प्रस्तुत गरेको छु।

प्रतित्यसमुत्पादको सिदान्त (Dependent Origination Theory)

प्रतित्य-समुत्पाद बुद्ध दर्शनको आधारशिला हो भनेर भनिन्छ। प्रतित्य-समुत्पादको सिदान्त अनुसार कुनै पनि बस्तु तथा जीवको उत्पति अथवा अस्तिव बिना कुनै कारण स्वतन्त्र र स्वतःइस्फुर्थ हुन् सक्दैन। अस्तित्वमा आउने कुनै बस्तुको एउटा प्रत्यय अथवा कारण वा हेतु हुञ्छ। बुद्धले प्रतित्य-समुत्पादलाई कार्य-कारणको अविच्छिन्न सम्बन्ध भनेर निरपेक्षरुपमा स्विकार गर्न नसके पनि सापेक्षरुपमा भने स्वीकार गर्नु भएको छ। जसको अर्थ हुन्छ, एउटाको अस्तित्वको कारणले नै अर्काको अस्तित्व सम्भव हुन् जान्छ। एक अर्काको सह-अस्तित्वमा नै सबैको अस्तित्व शंभव हुन्छ भन्ने सिदन्त।

प्रतित्य-समुत्पादको एउटा महत्वपुर्ण आयाम अन्तरसम्बन्धन र अन्तरनिर्भरता को आयाम हो। यो आयाम अनुसार प्रकृतिमा अस्तित्वमा आएका मानव लगायत सबै प्राणीजगत र प्रकृति अन्तरसम्बन्धन र अन्तरनिर्भरताको जालोमा बाधिएका हुञ्छन। यो अन्तरसम्बन्धन र अन्तरनिर्भरतामा आउन सक्ने असन्तुलन तथा बिखलनले समस्टिगतरुपले सबैको अस्तित्वलाई संकटग्रस्त बनाउने हुञ्छ। यो अन्तरसम्बन्धन र अन्तरनिर्भरताको जालोलाई सन्तुलनमा राख्न सक्ता मात्र सबैको सान्तिपूर्ण सहअस्तित्व कायम रहन सक्छ। यो त्यसबेला मात्र सम्भव हुन् सक्छ जब मानिसमा अन्तर्निहित करुणा, बुद्धि, र बिबेकपूर्ण चेतनाको उच्चतम विकास हुञ्छ।

प्रतित्य-समुत्पादको अर्को महत्वपुर्ण आयाम भनेको स्वबिकाशको आयाम (self-developmental dimension) हो। यो आयाम अन्तर्गत मानिसले अनुसासित रुपले नित्य ध्यान-योग गर्ने जसले मानिसमा अन्तर्निहित करुणा, बुद्धि, र बिबेकपूर्ण चेतनाको उच्चतम विकास गराउन सकोस। जब मानिसमा करुणा, बुद्धि, र बिबेकपूर्ण चेतनाको उच्चतम विकास हुन्छ, त्यो नै बुद्धचेतना हो र बुद्धत्व प्राप्ति हो। मानिसमा बुद्ध चेतनाको विकास हुन सक्ता मात्र उसले आफु, सम्पूर्ण प्राणीजगत, प्रकृति र ब्रहमाण्डसंगको अन्तरसम्बन्ध र अन्तरनिर्भरतालाई बुज्न सक्ने हुञ्छ।

हाम्रो वर्तमान परिवेश

जीवन बच्ने र मर्ने त्रासदीपूर्ण परिवेशमा हामी बाँचिरहेका छौँ। बाँच्नको लागि हर सम्भव उपायहरु अपनाएर सुरक्षित हुने कोसिस गरिरहेका छौँ । अहिले मानव समाजले सामना गर्नुपरेको अस्तित्वको सङ्कट पनि प्रकृतिसँगको मानवको असन्तुलित सम्बन्धको कारणले नै भएको हो। मानवको पर्यावरण प्रणाली र अन्य जीवप्राणी सँगको सम्बन्धको प्रकृति, उसको खानपिन र सामाजिक संस्कृति इत्यादिले सृजना गरेको सङ्कट हो। पशुपन्छी तथा अन्य जीवबाट मानवमा संक्रमण भएका रोगहरु मानवले पर्यावरण प्रणालीमा ल्याएको विखलनका कारणले भएका तथ्यहरु प्रकाशमा आएका छन् । कोभिद-१९ भैरुस चमेरा बाट अन्य पशु हुदै मानिसमा संक्रमण भएको नकार्न सक्ने अवस्था छैन । हामी सबैलाई थाहा छ, हामीले एक दिन यस धर्तीबाट बिदा लिनुपर्छ। तर जब अप्रत्याशित घटना घट्छन् र त्यस्ता घटनाले हाम्रो अस्तित्व सङ्कटग्रस्त हुन्छ तब हाम्रो सोच, चिन्तन र मानोविज्ञानले ठूलो चुनौतीको सामना गर्नुपर्ने हुन्छ। सङ्कटमा परेको आफ्नो अस्तिव जोगाउनुभन्दा ठूलो सफलता अर्को केही हुन सक्दैन भन्ने कुरा सबै जीवप्राणीमा हुन्छ नै। मानव त जीवप्राणीमा चेतनाको उच्चतम विकास भएको प्राणी हो। लाखौँ वर्षको विकासको क्रममा प्राकृतिक छनौटको प्रक्रियाबाट मानव चेतनाको विकास भएको हो।

जबसम्म मूलधारको बजारमुखी र नाफाखोर आर्थिक प्रणालीका आधारभूत मान्यता तथा परिकल्पनामा प्राकृतिक पुँजी (जमिन, जल, हावा, जैविक विविधता, जीवन धान्ने सेवा प्रणाली तथा प्रक्रिया र पर्यावरण प्रणाली) लाई बिखलन हुन् नदिन र सन्तुलनमा राख्न आवश्यक परिवर्तन गरिँदैन र विकासको लक्ष्य र उद्देश्य मानिसको आवश्यकता पूरा गर्दै प्राकृतिक पुँजीलाई घट्न नदिनुका साथसाथै त्यसको वृद्धि गर्ने विकासको नैतिक अवधारणाबाट निर्देशित हुँदैनन्, तबसम्म दिगो विकास, मानव सम्ब्रिधि र प्रकृति संरक्षणको कुरा गर्नु हास्यस्पद हुन्छ। यो बिल्कुल सम्भव छ तर मानिसको आवस्यकता पुरा गर्ने भन्दा पनि धन जम्मा गर्ने लालची र दम्भी स्वभावको संस्कृतिले यो हुन दिएको छैन। महात्मा गान्धीले मानव स्वभावको यो संस्कृति बुझेर नै भन्नुभएको यो भनाइ निकै सान्दर्भिक र मननयोग्य छ। गान्धीले भन्नुभएको छ “पृथ्वीसँग मानिसको आवश्यकता पुरा गर्ने प्रसस्त स्रोतसम्पदा छ तर उसको लालच पूरा गर्ने सम्पदा भने छैन।”

मानव चेतनामा परिपर्तनको आवश्यकता

प्रकितिसितको अन्तरसम्बन्ध र अन्तरनिर्भरताको जालो बचाउने, प्राकृतिक प्रक्रिया र पृथ्वीको पर्यवरणीय प्रणालीलाई ध्वस्त हुनबाट बचाउने विज्ञान तथा प्रविधको आजको आवश्यकता हो न कि प्रकृतिमाथि विजय प्राप्त गर्ने र पृथ्वीको पर्यावरणीय प्रणालीलाई नै ध्वस्त गर्ने विज्ञान तथा प्रविधको। हालसम्मको विज्ञान तथा प्रविधको विकासको मूलधार यही दिशामा उद्वेलित छ । कस्तो खालको विकास मानिसलाई उपयुक्त हुने हो, त्यो आफैँमा विकासको मात्र प्रश्न नभएर नैतिक प्रश्न पनि हो। विज्ञान तथा प्रविधिले मानिसको चेतनालाई प्रभाव त पार्छ नै तर  मानव चेतना त्यसको दास हुनबाट बच्न सक्नु पर्ने हुन्छ । विज्ञान तथा प्रविधिको दिशानिर्देश गर्ने पनि मानिसको चेतना नै हो । अहिलेको मानव चेतनामा व्यापक परिपर्तनको आवश्यकता छ। वातावरणी तथा पर्यावरणीय चेतना मानिसको मूलधार चेतना हुन सक्दा मात्र प्रकृतिसँगको अन्तरसम्बन्ध र अन्तरनिर्भरताको जालो बचाउन सकिने हुन्छ ।

बुद्धचेतना

बुद्ध दर्शन नै एक यस्तो दर्शन हो जसले मानवको प्रकृति र सम्पूर्ण जीवजगतसँगको अन्तरसम्बन्ध र अन्तरनिर्भरताको जालोका बारेमा वैज्ञानिक व्याख्या दिन सकेको छ। बुद्धका उपदेशहरु मानवले प्रकृति र सम्पूर्ण जीवजगतसितको अन्तरसम्बन्ध र अन्तरनिर्भरताको सन्तुलन कायम गरी आफ्नो दुखः कम गरी कसरी एउटा सार्थक र अर्थपूर्ण जीवन बाँच्न सक्छ भन्ने बारेमा लक्षित रहेका छन्। बुद्ध दर्शनले अङ्गीकार गरेका विचार र चिन्तन आज धेरै सान्दर्भिक भएका छन् जो प्रकृति तथा पर्यावरण प्रणालीको संरचना तथा प्रक्रियाहरुको अध्ययन गर्ने प्रणाली सिद्धान्तसँग मेल खान्छन् ।   अनित्यता प्रकृतिको नियम हो । संसारमा कुनै पनि वस्तु नित्यरुपले शाश्वत छैन । हामी सबै शून्यमा समाहित हुनुभन्दा अगाडिको समय हाम्रा लागि महत्वपूर्ण हुन्छ। हामी हाम्रो र सम्पूर्ण जीवजगत सहितको प्रकृतिको आयु लम्ब्याउन र दुख कम गर्नका लागि आफ्नो चेतनाको विकास र प्रयोग गर्न सक्छौँ ताकि हामी अनुकम्पा, करुणा र बुद्धि-विवेकको प्रकाशबाट आफुलाई यो अन्तरसम्बन्ध र अन्तरनिर्भरताको जालो बचाउन परिलक्षित तथा निर्देशित गर्न सकौँ ।  यो नै मानव र सम्पूर्ण जीवजगतको निरन्तरताको आधारशीला हो|

हाम्रो अस्तित्व सङ्कटमा परेको यो समय हाम्रा लागि आत्म-समीक्षा र आत्म-निरीक्षण गर्ने समय पनि हो । शक्तिशाली तथा प्रभावशली देशका राजनेता, नीतिनिर्माण गर्ने निर्णयकर्ता, बहुदेशीय निगम तथा कर्पोरेट संसारका सञ्चालकहरु र कुलीन धनाड्यहरु सबैले आत्म-समीक्षा गरुन र सोचून कस्तो संसार उनीहरु चाहान्छन? आज प्रकृति र पृथ्वीको पर्यावरण प्रणाली बचाउन बुद्धचिन्तन नै महत्त्वपूर्ण मार्गदर्श हो। बुद्ध चेतनाले नै जगत र प्रकृतिको हित गर्न सक्छ!

यादृशी भावना यस्य सिद्दिर भवती तादृशी!

बुद्धो भबयेम जगतो हिताय! बुद्धो भबयेम प्रकृति हिताय!

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामय!

 

प्रा. डा. गोपी उप्रेती अमेरिकाको भर्जिनिया राज्यमा बस्नुहुन्छ।

Email: goupreti@gmail.com

Share this post