सिद्ध बाबालाई वैज्ञानिक र डाक्टरको चुनौति (बिना अक्सिजन ९ मिनेट बाँचेर देखाऊ)

सिद्ध बाबालाई वैज्ञानिक र डाक्टरको चुनौति (बिना अक्सिजन ९ मिनेट बाँचेर देखाऊ)

सामान्यतया विज्ञानका अनुसार मान्छे बिना अक्सिजन ३ मिनेट मात्र बाँच्न सक्छ । तर एक योगी श्री कृष्णदास जी महाराजले रामनवमीको अवसरमा पोखराको रामघाटस्थित मन्दिरमा ९ दिनसम्म बिना अक्सिजन बाँचेर दुनियालाई आश्चर्यमा पारे । यो घटनाले सबैलाई आश्चर्यमा पार्यो । समाधि बसेको घटनाप्रति विभिन्न व्यक्तिका मिश्रित प्रतिक्रिया आए । कतिले यसलाई चमत्कारको संज्ञा दिए भने कतिले ढाेंग वा नौटंकीको संज्ञा दिइरहेका थिए ।

बाबाको खुल्ला चुनौति:बाबाको समाधिमाथि धेरै प्रश्नहरू उठ्न थालेपछि बाबाले समाधि गलत साबित गर्न सरकार पक्ष, विपक्ष, मिडिया तथा वैज्ञानिकहरूलाई ८ मिटर गहिरो खाल्डोमा उनीहरूद्धारा नै बनाइएको हावा नछिर्ने (Air Tight) बाकसमा १० वर्षसम्म बिना अक्सिजन बाँच्न सक्ने खुल्ला चुनौति दिए । त्यति मात्र होइन, उनले संसारका वैज्ञानिकहरूका अगाडि अत्याधुनिक उपकरण जडान गरी वर्तमान विज्ञान अनुसार परिक्षण गर्न पनि चुनौति दिए ।वैज्ञानिक र डाक्टरको पनि चुनौति:यो चुनौतिले एउटा जटिल प्रश्न उव्जाएको छ ? के कुनै जिव अक्सिजन बिना बाँच्न संभव होला ? विज्ञानको आँखाबाट हेर्दा ९ दिनसम्म अक्सिजन बिना बाँच्न सम्भव छ ? भन्ने जिज्ञासामा वरिष्ठ वैज्ञानिक तथा डाक्टरहरूको प्रतिक्रिया यस्तो छःमेरो बाकसमा ९ मिनेट बसेर देखाउनुस्अक्सिजन हाम्रो शरीरभित्र कोष र तन्तुमा गएर मेटाबोलिजम प्रक्रिया हुन्छ । मेटाबोलिजम भएन भने शक्ति निस्किदैन । शक्ति भएन भने शरीरका कुनैपनि अंगहरुले काम गर्न सक्दैनन् । त्यसैले बाँच्नका लागि अक्सिजन नभइ नहुने तत्व हो । विज्ञानको आधारमा ९ दिनसम्म कुनै मान्छे बाँच्नै सक्दैन । कि त बाबाको कपालले अक्सिजन निकाल्छ भन्नु पर्यो । उनीभित्र कि त रुख हुन प¥यो । जहाँ अक्सिजन निस्किन्छ, अनि मात्रै हामी मान्छौं । नत्र भने उनले ९ दिन होइन । ९ घण्टा पनि होइन । ९ मिनेट मात्र मैले बनाएको बाकसमा बिना अक्सिजन बसेर देखाइदिए पुग्छ ।

प्रा.डा. जागेश्वर गौतम निर्देशक, प्रसुती गृह

अवैज्ञानिक र आधारहीन दावा 
उहाँले सस्तो लोकप्रियताका लागि गर्नुभएको अवैज्ञानिक र आधारहीन दावा मात्रै हो यो । जुन सम्भव छैन । उहाँले जुन बाकसमा बसेर ९ दिनसम्म बिना अक्सिजन बसेँ भनेर दावा गर्नुभयो, त्यो वैज्ञानिक दृष्टिकोसँग मेल खाँदैन । बरु यस्तो किसिमको बाकसमा बसेर चाँहि बिना अक्सिजन बाँच्न सक्छु भन्दा मिल्न सक्थ्यो । यदि वहाँ बिना अक्सिजन बाँच्न सक्नु हुन्छ र दावा प्रमाणित गर्नका लागि तयार हुनुहुन्छ भने हामी (नास्ट) वैज्ञानिक विधिबाट परिक्षण गर्न तयार छौं ।
डा. कृष्ण प्रसाद अधिकारी, अध्यक्ष, नेपाल स्वास्थ्य अनुसन्धान परिषद
 दावालाई नकार्दैनौं, परिक्षणका लागि तयार छौं:प्राणीलाई बाँच्नका लागि अक्सिजन चाहिन्छ । बिना अक्सिजन प्राणी बाँच्न सक्दैन । सिद्ध बाबाले बिना अक्सिजन बाँच्न सक्छु भन्ने दावालाई ठाडै नकार्नु भन्दा वैज्ञानिक विधि अनुरुप परिक्षण गरिनु पर्छ । र बाबाले मान्नु भएको खण्डमा हामी परिक्षणका लागि तयार छौं । परिक्षणपछि प्रमाणीत भयो भने हामी सबैले मान्नैपर्छ । ताकी त्यसलाई विश्वले पनि मानोस् । र यदी प्रमाणीत भएन भने त्यो अस्वीकार्य हुन्छ । तर अहिले उहाँले भनेकै आधारमा मात्रै अक्सिजन बिना बाँच्ने कुरालाई पत्याउन सकिदैन । त्यसको परिक्षण हुन जरुरी छ । त्यसका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद वैज्ञानिक विधीबाट परिक्षण गर्न तयार छ ।  
डा. कृष्ण प्रसाद अधिकारी, अध्यक्ष, नेपाल स्वास्थ्य अनुसन्धान परिषद 


उत्तम निरौला निर्देशक, सोच नेपालचमत्कार देखाऊ, करोडौं लैजाऊ 
कस्तो खालको विद्या हो यो उहाँसँग ? जुन हावा नलिकन बाँच्न सकिने । सासै नलिकनै बाँच्न सकिने । नासा जस्तो संस्थाले खरबौं डलर खर्च गरेर हावा राखेर मान्छेलाई मंगल ग्रह लगायतका ठाउँमा पठाउने तयारी गरिरहेको छ । यदी हावा बिना हामी बाँच्न सक्छौं भने चन्द्रमामा गएर बस्न सक्ने बनाइदिए हुँदैन र ? म बाहेक यो विद्या अरुलाई आउँदैन भनेर कसैले दावा गर्छ भने त्यो विद्यानै होइन । तसर्थ यो सम्भव छैन । यो भ्रम हो । अन्धविश्वास हो ।  यो भौतिक जगतमा कुनै पनि चमत्कार संभव छैन । सिद्ध बाबाले बिना अक्सिजन ९ मिनेट मात्र बसेर देखाइ दिउन् वा कुनै चमत्कार (जादु नभई कुनै ईश्वरीय शक्ति प्राप्त कार्य) देखाइ दिए हामी लगायत दर्जनौं संस्थाहरू करोडौं करोड दिन तयार छौं उत्तम निरौला निर्देशक, सोच नेपाल

लोग्शरी कुँवर: काठमाडौं, २६ बैशाख ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *