मैले नबुझेको तिज

मैले नबुझेको तिज

पतिको रक्षार्थ तिजको व्रत ! अचम्म त मलाई त्यति बेला लाग्यो जुन बेला मेरो घर नजिकैको भाउजू एक्लै पर्नु भयो । दुईवटा स–साना नानीहरू भएकी ती भाउजू सधैँ घर नजिकैको मन्दीर जानु हुन्थ्यो । शनिवारको दिन शनि महाराजको व्रत, एकादशीमा भात नखाई व्रत, औंसी÷पूँर्णीमाको आफ्नै रीति थीति थियो उहाँको । मैले थाहा पाएसम्म उहाँले कुनै पनि वर्ष तिजको व्रत टुटाउनु भएन । एक दिन भाउजूलाई मेरी आमाले भन्नु भाथ्यो ‘किन औषधी खाइ–खाइ व्रत वसेकी ?’ त्यति बेला मलाई थाहा थिएन औषधी र व्रतको के तालमेल हुन्छ भनेर । निकै पछि थाहा भयो, त्यो औषधी भनेको त महिनावारी रोक्नलाई खाने हो रहेछ । उनले व्रत बस्न नजानेको हो वा पण्डितजीले पूजा उल्टो गराएको हो ? अथवा भगवान भन्ने चिजै हुँदैन यो संसारमा ? आज सम्म पनि म अन्योलमा नै छु ! खै साँच्चै तिजको व्रत पतिको रक्षार्थ वस्ने भए भाउजूले के विगारेकी थिइन र ती दुई नानीहरू टुहुरा भए ? सबैको भन्दा बढ्ता आस्था थियो उनको भगवान प्रति, तर पनि उनलाई नै भगवानले किन एकल (विधवा) बनायो ?

पति राम्रो पाउन व्रत वस्ने दिदीबहिनीहरू र पतिको दीर्घायुको कामनामा व्रत बस्ने महिला दिदीबहिनी तथा आमाहरू, के साच्चै हजुरहरूले दिनभरि निराहार बसेको व्रतले पुरुष दाजुभाइ तथा बुबाहरू अहिलेसम्म स्वस्थ्य रहनु भएको हो त ? परापूर्व कालदेखि चलिआएको तिजको व्रत जसले सम्पूर्ण पुरुष हरूको कामनामा स–सम्मान पानीको त के कुरा थुक सम्म ननिली बसिने व्रतले हजारौं मानिसको आयु लामो हुनु पर्ने, तर हामी सवैलाई इतिहास त अवगतै होला र पानी पनि नपिई आफ्नो पति वा हुने वाला पतिको लागि व्रत बस्ने महिलालाई थाहा छ कि त्यहि पति वा हुने वाला पतिले उसको बारम्बार बलात्कार गरिरहेको हुन्छ (विवाह अगाडी परिचित वा अपरिचित पुरुष अथवा विवाह पछि आफ्नै श्रीमानले)। कतिपय दिदी वहिनीहरूलाई लागि रहेको होला कि यो पागलले के लेखेको होला ? तर मानिसको दिमागमा कुनै पनि राम्रा महिला (हाम्रो समाजको हिसावमा वत्तिस लक्षिणकी र अहिलेको समयमा सेक्सी) लाई देख्दा उक्त मानिसले राम्रो मानिससंग मानसिक तवरबाट सहवास गरिसकेको हुन्छसक्छ । कुनै पनि महिलालाई तगातार ३ सेकेण्ड भन्दा बढी समय हेररेर सताएको वा गलत दृष्टिकोणले हेरेमा त्यो (क्भहगब िज्बचबककmभलत) को परिभाषाभित्र पर्दछ । यस जगतका नारी यस धर्ती र सृष्टिकै अनुपम वरदान मान्ने हाम्रो वैदिक सनातन भन्न रुचाउने हिन्दु समुदाय किन महिला हरूलाई मात्र पुरुषको निम्ति पानी पनि पिउन नदिइ व्रत बसाइ रहेको छ ? पुरुषहरूले खै त आफ्नी श्रीमतीका लागि एकदिन मात्र पनि उनीहरूले स्वास्थ्य र दिर्घायुको कामनामा व्रत बसेको ?

तिजको व्रत संगै रहने ऋषिपञ्चमी महिलाले बर्ष भरिको पाप पखाल्ने दिन । पाप पनि के को भन्दा प्रकृतिले दिएको अनुपम उपहार को । त्यो उपहार जसले गर्दा एउटी महिला आमा हुन्छिन् र त्यही आमाबाट भएको सन्तानलाई देखाएर पुरुषले आफ्नो मर्दाङ्गीको ध्वाँस देखाई रहन्छ । अनि त्यही महिलालाई उक्त प्रकृतिबाट प्राप्त उपहारको निम्ती पाप भनी पखाल्नलाई व्रत बसाइन्छ र त्यो पनि ती सात जना पुरुष (सप्तऋषिः काश्यप, वशिष्ठ, आत्री वा आत्रय, विश्वामित्र, गौतम, जमादाग्नी र र्भाद्वज ) लाई पुजेर । बर्षौंदेखि चलिआएको महिलाहरूलाई दास बनाउने प्रथा अहिले पनि हाम्रो समुदायमा धुमधाम संग महिलाहरुले नै परम्पराको रुपमा मनाइरहनु भएको छ । भविष्यमा राम्रो पति पाउने आशमा अहिलेका मोर्डन सोसाइटिका भन्न रुचाउने दिदीबहिनी पनि व्रत वस्न पछि नहटेको पाइन्छ ।

यो लेखको आशय महिलाहरूको महान चाड तिजमा रमाइलो गर्न, भेटघाट गर्न, व्रत बस्न र कुनै पनि प्रकारको मनोरञ्जनलाई रोक्नु होइन । तपाई महिला वा पुरुषहरू निराहार बसेर पति वा पत्निको आयु चाँही अवश्य बढ्दैन । पतिपत्निले एक अर्काको दीर्घायु र राम्रो चाहनुहुन्छ भने सुख दुःखमा आफ्नो जीवनसाथीलाई साथ दिनु, गच्छे अनुसारको चाडपर्व मनाउनु, आफुलाई व्रत बस्न मन भए बस्नु तर अरुलाई कर नगर्नु । वास्तविकतामा रमाउनु न कि अन्धविश्वासमा ।

तिजको शुभकामना ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *