भुकम्प पिडित बालबालिकालाई झोला वितरण

भुकम्प पिडित बालबालिकालाई झोला वितरण

नेपालमा आएको महाभुकम्प पिडितलाई सहयोग गर्ने क्रमलाई सोच नेपालले जारी राखेको छ । यसै क्रममा सोच नेपालले ओखल्ढुंगा जिल्लाका करिब ४ सय स्कुले बालबालिकालाई झोला वितरण गरेको छ । राहत पाउने मध्ये अधिकांश भुकम्प पिडित र गरिब अभिभावकका बालबालिका रहेका छन् ।ओखल्ढुंगाका तलुवा, भदौरे र ठुलाछाप गाविसका बाल कक्षामा अध्ययनरत सबै विद्यार्थीलाई झोला वितरण गरिएको हो ।

दोलखा, २५ फागुन । मानववादी समाज (सोच) नेपालले भूकम्प प्रभावित बालबालिकाहरुलाई विद्यालय ब्याग प्रदान गरेको छ ।

सोचले दोलखा जिल्लाको चिलंखा गाविस वडा नम्बर ८ तामाङ् वस्तीमा रहेको सरस्वती प्राथमिक विद्यालयका विद्यार्थीलाई मंगलबार विद्यालयमा आयोजित कार्यक्रममा ब्याग हस्तान्तरण गरेको कार्यकारी निर्देशक उत्तम निरौलाले जानकारी दिए ।

कार्यक्रममा भूकम्प प्रभावित ६० जना बालबालिकालाई सोच नेपालका उपाध्यक्ष बिमला खड्काले विद्यालय ब्याग हस्तान्तरण गरेको सोचले जानकारी दिएको छ ।

भोगोलिक रुपमा विकट भएकाकारण चिलंखा गाविसमा भूकम्प प्रभावितलाई पुग्ने सहयोग अन्य गाविसमा जस्तो सहजै नपुग्ने भएकाले बालबालिकालाई बिद्यालय ब्याग प्रदान गरेको सोचका उपाध्यक्ष बिमला खड्काको भनाई छ ।

त्यसैगरी खोटांगका विभिन्न गाविसमापनि सोच नेपालले सभासद् विशाल भट्टरार्य मार्फत झोला वितरण गरिएको छ .

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *