सामाजिक कुरीती अन्त्यकालागी वृहत भेला

सामाजिक कुरीती अन्त्यकालागी वृहत भेला

मानववादी समाज (सोच) नेपालको आयोजना र हामूको सह–आयोजनामा “सामाजिक कुरीती अन्त्यकालागी वृहत भेला” विषयक अन्तरक्रिया कार्यक्रम २०७२ असोज १९ गते दमौली तनँहुमा सम्पन्न भएको छ । 

उत्त कार्यक्रममा विभिन्न किसिमका समाजमा रहेका विधमान् सामाजिक कुरीती र विसङ्गगतिलाई प्रस्ट पारीएको थियो । सोच नेपालका कार्यकारी निर्देशक उत्तम निरौलाले कुरीती ६३ प्रकारका रहेका र ती  के के हुन र समाजमा संस्कारको नाममा कसरी कुप्रथा र कुरीती रहेका छन् भन्ने कुरा औंल्याउनुभयो ।

कार्यक्रममा एककृत माओवादीका नेता गिता शिंहले यदी राष्ट्रमा संविधान र्कायवन भएको खण्डमा दलित र महिलाको सस्या समाधन हुने कुरा प्रस्टायका थिए ।त्यसैगरि अहिले सम्म पनि महिला र दलितहरुलाई दोस्रो दर्जाको मानिस सोचने गरेको पाइन्छ भन्ने अभिव्यत्ति दिएका थिए ।

पत्रकार सोनी रवनीले सबै भन्दा पहिला समाजका अगुवा भनिएका व्यत्तिहरुको सङ्गकोचित विचारलाई परिवर्तन गर्नु  आवश्यक रहेको र कुरीतीलाई अन्त्य गर्नको लागी एउटा अवाज काफी छैन त्यसको लागी हामीले हाम्रो घरवाट सुरुवात गर्नुको लागी आफ्नो परिवारमा बाबु ७ बजे उठ्ने र आमा ४ बजे उठेर काम गर्नु पर्ने चलनलाई समाप्त गर्न सकेमा मात्र यो कुरीती अन्त्य हुन सकिन्छ भन्ने कुरा व्यत्त गरेका थिए ।

महिलाले आफ्नो हक अधिकार चाहान्छन भने सर्वप्रथम आफ्नो मन र दिमाखमा रहेको अन्धविश्वासलाई निकालि अघि बढ्न आवशयक रहेकोको र त्यसलाई संरक्षण पनि आफै गर्नु पर्ने भन्ने कुरा जिल्ला विकास र्कायलयका कर्मचारी पवित्रा पौडेलले बताइन ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *