कुरीतिबारे बार्षिक घटना प्रतिवेदन सार्वजनिक

कुरीतिबारे बार्षिक घटना प्रतिवेदन सार्वजनिक

२०७२ बैशाखदेखि साउन मसान्तसम्म कुरीतिजन्य हिंसाका १९ वटा घटना सार्वजनिक भएका छन् । यो अवधीमा बली प्रथा १, बोक्सी प्रथाका ४, छुवाछुतका ३, अन्तरजातिय विवाहका १, दाईजो प्रथाका २, हलियाका १, बहु बिबाहका १, छाउपडीका २, मुक्त कमैयाका १ र बाल बिबाहका ३ वटा गरी १९ घटनाहरु सार्वजनिक भए ।  
बली प्रथा 
नवलपरासीको कुडिया गाँऊ विकास समिति वडा नं। ४ मा २०७२ साल साउन ५ गते १० बर्षिय बालक जीवन कोहर ९सोनु० लाई घाँटी रेटेर विभत्स तरिकाले बली दिएको घटनाले अन्तराष्ट्रिय रुप लियो । छिमेकी कोदई हरिजनले आफ्ना छोरा विजय हरिजनको उपचारको क्रममा धामी गंगा हरिजनको सल्लाहमा छिमेकी शिवमंगल कोहाँरका छोरा जीवनलाई बली दिएका थिए । 
घटनामा संलग्न भएको आशंकामा प्रहरीले अनुसन्धानका लागी ११ जनालाई पक्राउ गरेको थियो भने अहिले १० जनालाई जिल्ला कारागार र १ जना ९बालक० लाई पोखराको बाल सुधार गृहमामा राखिएको छ । उनीहरुमाथि कर्तव्य ज्यान अन्तरर्गत मुद्धा चलाईको छ ।
विज्ञान र प्रविधिको चरम विकास भई मानवीय विकास उच्च तहमा भईरहेको विश्वव्यापी परिस्थितिको सामु मानिसको बलि दिईनु अत्यन्त निन्दनीय, लज्जास्पद र बर्बर क्रियाकलाप भन्दै मानववादी संगठनहरुबाट कडा बिरोध भएको थियो । 
बोक्सी प्रथा
गएको चार महिनामा देशभर बोक्सी आरोपमा दुईवटा उजुरी परे । बोक्साको आरोप लगाई आफूहरुमाथि कुटपिट गरिएको भन्दै मकवानपुरको छतिवनका मानबहादुर थिङ र लाल बहादुर थिङले प्रहरीमा उजुरी दिए । 
असारमै अरुलाई बोक्सी आरोप लगाउने बर्दिया गुलरियाका आमा छोरीनै प्रहरीद्वारा पक्राउ परे । कालिका ४ मुनालवस्तीकी ४५ वर्षिया माया परिवार र उनकी २६ वर्षकी छोरी बिमला परियारलाई बोक्सी आरोप लगाई ६ वर्षदेखि यातना दिएको भन्दै बुहारी मिना परिवारले उजुरी दिएकी थिइन् । 
यस्तै “मान्छे बोक्सी हुन्न कहिल्यै” नामको गीतिकविता तथा भिडियो सार्वजनिक भयो । कवि कोविदशरण उपाध्यायले रचना गर्नुभएको गीतिकविता तथा भिडियो मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले ल्याएको हो । सोही अभियानले साउन महिनामा पोखरामा गरेको एक कार्यक्रममा सहभागी धामी–झाँक्री तथा माताहरुले कसैलाई पनि बोक्सी आरोप नलगाउने प्रतिवद्धता गरे । 
छुवाछुत प्रथा
सिराहाको मिर्चैया नगरपालिका ९ कि १९ वर्षीया कवितादेवी सदायलाई इनारको पानी छोएको आरोपमा कुटपिट गर्ने सोही ठाउँका ६० वर्षीय लाल यादवलाई साउन १९ गते इलाका प्रहरी कार्यालय, मिर्चैयाले गिरफ्तार गर्यो । साउन १२ गते इनारमा पानी लिन जाँदा विवाद भएपछि लाल यादवका छोरीहरूसँग पीडितको भनाभन भएको थियो । सोही घटनालाई लिएर साउन १३ गते बिहान यादवले कवितालाई इनारको पानी किन छोइस् भन्दै निर्घात कुटपिट गरे । घटनाका बारेमा पीडित परिवारले इलाका प्रहरी कार्यालय, मिर्चैयामा साउन १९ उजुरी गरेको थियो । घटनामा घाइते भएकी पीडितको उपचार मिर्चैया अस्पतालमा भएको थियो । 
यस्तै साउन महिनामा सिरहा धनगढी ३ नयनपुरका ६५ वर्षिय बृद्ध दलित पुलकित मल्लिक डोम र उनको परिवारलाई गाउँकै इनारबाट प्रहरीले पहरा दिएर पानी भर्न लगायो । तर छिमेकी कथित उपल्लो जातीहरुले अछुतले छोएको इनारको पानी नखाने भन्दै पानी प्रयोग गर्न छोडे ।
यस्तै इनारकै पानी छोएको निहुँमा सिरहाको उत्तरवर्ती विष्णुपुरकट्टी ५ श्रेष्ठ टोलका एक दलित परिवारको पानी भर्न प्रयोग गरिएको बाल्टिन र भाँडा फ्याकियो । श्रेष्ठ टोलका ओपी साहले पानी भर्ने क्रममा इनारमै पानी भरिरहेका भुवन विश्वकर्मालाई पानी छोएको भन्दै गाली गलौज गरे र भाँडा फ्याकिदिए । तर विडम्वना आफुमाथि जातका आधारमा भएको दुव्र्यवहार बिरुद्ध प्रहरीमा उजुरी दिएपछि प्रहरीले उजुरी दर्ता गर्नुको साटो समाज राखेर मिलापत्र गर्न दबाब दिएपछि पिडकसँग मिल्नु परेको गुनासो भुवनले गरे ।
अन्तरजातीय विवाह 
अन्तरजातीय विवाह गरेकी बर्दियाकी एक महिलामाथि साउन महिनामा विभत्स आगजनी भयो । मुस्लिमसँग बिवाह गरेकी मोहम्मदपुर गाविसकी ३० वर्षीया गीता शेषले आफुलाई मर्न मन लागेकाले आफैले आगजनी गरेको 

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *