कुरीतिबारे बार्षिक घटना प्रतिवेदन सार्वजनिक
२०७२ बैशाखदेखि साउन मसान्तसम्म कुरीतिजन्य हिंसाका १९ वटा घटना सार्वजनिक भएका छन् । यो अवधीमा बली प्रथा १, बोक्सी प्रथाका ४, छुवाछुतका ३, अन्तरजातिय विवाहका १, दाईजो प्रथाका २, हलियाका १, बहु बिबाहका १, छाउपडीका २, मुक्त कमैयाका १ र बाल बिबाहका ३ वटा गरी १९ घटनाहरु सार्वजनिक भए । बली प्रथा नवलपरासीको कुडिया गाँऊ विकास समिति वडा नं। ४ मा २०७२ साल साउन ५ गते १० बर्षिय बालक जीवन कोहर ९सोनु० लाई घाँटी रेटेर विभत्स तरिकाले बली दिएको घटनाले अन्तराष्ट्रिय...