छुवाछुत विरुद्धको तेस्रो विश्व सम्मेलन सम्पन्न

छुवाछुत विरुद्धको तेस्रो विश्व सम्मेलन सम्पन्न

धुलिखेल, १ जेठ । छुवाछुत प्रथालाई विश्वका धार्मिक साँस्कृतिक लयागत संपूर्ण समाजलाई नकारात्मक असर पार्ने समस्याका रुपमा लिई यस्तो कहाली लाग्दो समस्यालाई संसारका हरेक समाजबाट सबैको ऐक्यवद्धता र मानवताका बलमा जरैबाट उखेल्ने र समाजमा विघमान जाती प्रथाको आधारमा हुने विभाजनलाई निमूर्ल गर्ने प्रतिवद्धता सहित छुवाछुत विरुद्ध तेस्रो विश्व सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनमा नेपाल लगायत भारत, न्युजिल्याण्ड, बंगलादेश, अष्ट्रेलिया, अष्ट्रिया, अमेरिका लगायतका विभिन्न देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
मानववादी समाज (सोच) नेपाल, अन्तरराष्ट्रिय मानवादी संगठन (आइ.एच.ई.यू), एच.आइ.भि.ओ र राष्ट्रिय दलित आयोगको संयुक्त तत्वाबधानमा सो सम्मेलन आयोजना गरिएको थियो ।सम्मेलनको उद्घाटन जनसंख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले जात भित्र अन्तरजात र अन्तरविरोध कायम भएकोले जातीय प्रथा हटाउनै पर्ने धारण व्याक्त गरे । उनले छुवाछुत विरुद्धका कार्यक्रम हरेक घर घरमा पु¥याउनु पर्ने बताए ।सो अवसरमा मन्त्री पासवान तथा मानववादी समाज (सोच) नेपालका अध्यक्ष शान्ति गुरुङ्गले दामोदर पुडासैनी ‘किशोर ’ बाट लिखित पुस्तक धर्मको ह्याङ्ओभरको संयुक्त रुपमा लोकार्पण गरे ।दुई दिनसम्म चलेको सो सम्मेलनमा ‘परिवर्तित सन्दर्भमा जाती प्रथाले निम्त्याएका सांस्कृतिक भ्रष्ट्रचार’, ‘छुवाछुत प्रथा र धर्म संस्कृति दलित प्रविधि’ र ‘विकास मानिस कहिलेसम्म दलित भइरहने ?’ र ‘नेपाल र भारतको संविधानमा दलित समुदायको अधिकार’ शीर्षकका कार्यपत्रहरु भी.वी.रावत, डा. लेख प्रसाद निरौला, डा. गोविन्दराज पोखरेल, सांसद जीवन परियार र डा. उद्धव प्याकुरेलले प्रस्तुत गरेको थियो ।सम्मेलनका संयोजक तथा सोच नेपालका निर्देशक उत्तम निरौलाले कथित अछुतहरु अझै पनि आन्तरिक छुवाछुत, अन्धविश्वास तथा लैङ्गिक हिंसा, दयनीय स्वास्थ्य समस्या, कुपोषण तथा अति मादक पदार्थ सेवन जस्ता सामाजिक कुरीतिहरु र अत्यन्तै निम्नस्तरको जीवनस्तर यापन गर्ने वाध्य रहनु खेदपूर्ण कार्य भएकोले छुवाछुत अपराधलाई अन्त्य गर्ने विश्व अभियानलाई सबै मिलेर सफल पर्ने बताए । सम्मेलनमा नेपालको सामाजिक तथा साँस्कृतिक सुधारको क्षेत्रमा कार्यरत २५ संस्थाका १०१ प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *