काेराेनाका सय सवाल

काेराेनाका सय सवाल

झण्डै एक बर्ष अगाडि चिनको बुहानमा देखा परेको कोभिड १९ ले हाल विश्वभर महामारीको रुप लिएको छ । त्यसयता बैज्ञानिकहरु यसको औषधि पत्ता लगाउन लागिपरिरहेका छन् तथापि हालसम्म यसको औषधि पत्ता लाग्न सकेको छैन । केहि देशमा यसको भ्याक्सिन तयार भएको भनिएता पनि प्रभावकारिता देखिएको छैन ।

कोभिड १९ सम्बन्धमा हाल पनि अन्योलता कायम छ । यस संग विविध प्रश्न उब्जीएका छन् तिनै उब्जीएका प्रश्नको उत्तर दिने उद्देश्यले बैज्ञानिक नेपाल इ–प्लेटफर्मले त्रिभुबन विश्वविद्यालय, काठमाण्डौं विश्वविद्यालय, सोच नेपाल, रिर्सोेसेज हिमालय फाउण्डेसन, नेचर कन्जरभेसन प्रालि लगायतको सहकार्यमा राष्ट्रिय विज्ञान दिवस २०२० को अवसरमा कोरोनाका सय सवाल नामक पुस्तक प्रकाशन गरेको छ ।

पुस्तकमा कोरोनाका सम्बन्धमा रहेका १०० वटा प्रश्न तथा तिनको जवाफ समेटिएको छ । यो पुस्तक नेपाली वैज्ञानिकहरुको आफ्नै प्रयासबाट तयार पारिएको हो, आशा छ, कोरोना र कोभिडबारे बुझ्न र बुझाउन यसबाट केही मद्दत पुग्नेछ।

पुस्तकका लागि तलकाे लिंकमा गएर डाउनलाेड गर्न सक्नुहुनेछ ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *