काशीगाँउ बोक्सी आरोप घटनाः शव चिर्नेदेखि प्रहरी र जनप्रतिनिधी कुट्नेसम्म

गोरखा, २० साउन

साउन १० गते धार्चे गाँउपालिका ६ काशीगाँउका स्थानीय भीमकुमार गुरुङ्गको निधन भयो । गत मंसिरदेखि बिरामी परेका गुरुङ्गलाई उपचारका लागि उनका परिवारले अस्पतालदेखि गाँउका धामीझाक्रीसम्म पु¥याए । अन्ततः गुरुङ्गले संसार छोडे । मृत्यु सामान्य नै थियो । मृत्यु भएको दिन गाँउमा सबै जुटे । दाहसंस्कारको तयारी हुदाहुदै त्यो दिन रात प¥यो । भोलीपल्ट ११ गते गुरुङ्गलाई दाहसंस्कार गर्न नजिकैको चिहानडाँडाँ पु¥याइयो । अन्तिम संस्कारको प्रकृया पुरा हुदै थियो एकाएक चिहानडाँडाँमै हल्ला फैलियो । ‘भीमकुमारको बोक्सीका कारण ज्यान गएको हो ।’

हल्ला लिएर त्याहा पुगेका थिए स्थानीय रोशन गुरुङ्ग । भीमकुमारको पेटमा छेपारो, भ्यागुतो, सर्प जस्ता जनावर रहेको भन्दै रोशन सहितको समुहले शव चिरफार गर्ने तयारी गरे । त्यो पनि परिवारको अनुमती बेगर । हातमा खुकुरी, चक्कु, हसिया लगायतका धारिलो हतियार लिएर तयारीका साथ चिहानडाँडा पुगेका उनिहरुले अन्तिम दाहसंस्कार गर्ने तयारीमा रहेको भीमकुमारको शव चिरफार गरे । तर उनीहरुले भनेजस्तो उनको पेटमा केहि भेटिएन । अनि सोही दिन उनको शब गाडियो । ‘बोक्सीले गर्दा मृत्यु भएको हो भन्दै चिहानडाँडाँमै केहि युवाहरुले शव काटे भन्ने सुनेको छु,’ धार्चे गाँउपालिकाका अध्यक्ष सन्तोष गुरुङ्गले भने ।

बोक्सीको आरोपमा सामाजिक बहिस्कार ः

भीमकुमारको मृत्युको कारण सोही गाँउकी ५६ बर्षकी काली गुरुङ्ग र उनकी २९ बर्षिया छोरी मिनकुमारी भएको भन्दै उनिहरुले बोक्सीको आरोप लगाए । अरोप मात्रै हैन उनिहरुलाई गाँउले सबैले सामाजिक रुपमै बहिस्कार र दुब्र्यवहार गरे । उनिहरुलाई बोक्सी भएको र भीमकुमारको ज्यान उनिहरुकै कारण गएको भन्दै उनको अन्तिम दाहसंस्कारमा चामल समेत चढाउन दिइएन । सबैले काली र उनको परिवारलाई दुब्र्यवहार गरे, आरोप लगाए । अनिहरुलाई बहिस्कार गरियो ।

प्रहरीमा उजुरी ः

गाँउमा सबैले सामाजिक बहिस्कार गरेपछि काली गुरुङ्गको परिवार त्रसित भयो । उनिहरुको साहारा कोही भएनन् । गाँउमा प्रहरी चौकी पनि छैन । सारा गाँउकाले सिमाभन्दा बढि दुब्र्यवहार गर्न थाले, गाँउमा बस्न सक्ने अवस्था नभएपछि कालीको एक नातेदारले जिल्ला प्रहरी कार्यालय गोरखामा निबेदन दर्ता गराए गत शुक्रबार अर्थात घटना घटेको एक हप्तापछि । अनि मात्रै घटना बाहिर आयो । आफ्नो परिवारलाई बोक्सीको आरोपमा सामाजिक बहिस्कार गरेको भन्दै सोममाया गुरुङ्गले रोशन गुरुङ्गलाई कारबाहीको माग गर्दै ठाडो निबेदन दिइन् ।

आरोपित पक्रन गएको प्रहरीटोली माथी नै आक्रमण ः

जिल्ला सदरमुकामबाट घटनास्थलसम्म पुग्न झण्डै तिनदिनको बाटो हिड्नुपर्ने थियो । बर्षातको मौसम भएकाले त्यो पनि सम्भावना कम थियो । त्यसैले जिल्ला प्रहरी कार्यालय गोरखाले निबेदन दर्ता भए लगत्तै मान्बु प्रहरी चौकीबाट असइ हरिप्रसाद अर्यालको नेतृत्वमा ११ जना प्रहरी काशीगाँउ पठायो । एक दिन हिडेर प्रहरी शनिबार दिउँसो गाँउमा पुग्दा त्याहाको बाताबरण फरक भइसकेको थियो । गाँउमा प्रहरी आउदैछन् भन्ने उनिहरुले थाहा पाइसकेका रहेछन् । प्रहरीले गाँउमा बोक्सी आरोप लगाउने र भीमकुमारको शब काट्ने रोशन गुरुङ्गलाई खोज्न सुरु ग¥यो । तब परिस्थिती बदलियो ।

उनिहरु कुनै हालतमा रोशनलाई प्रहरीको जिम्मा लगाउने मनस्थितीमा थिएनन् । प्रहरीसंगै स्थानीय वडाका जननिर्वाचित समेत थिए । धार्चे गाँउपालिका वडा नम्बर ६ का वडासदस्य आशबहादुर घलेका अनुसार गाँउका करिब २ हजारभन्दा बढि मानिस भेला भइसकेका थिए । प्रहरीले रोशनको बारेमा सोधखोज गर्न लाग्दा सबै एक जुट भएर प्रहरीका बिरुद्ध उत्रिए । उनिहरुको माग थियो ‘उजुरी गर्ने ब्यक्तिलाई समेत गाँउमै ल्याउनुपर्ने’ अनि उनिहरुको अर्को तर्क थियो ‘यो मुद्धा रोशनको मात्रै नभइ सारा गाँउकै हो ।’

यस बिचमा आरोपित रोशनलाई पक्राउ गर्न गएको प्रहरी टोली र गाँउले बिच बिवाद बढ्यो र उनिहरुले प्रहरी बिरुद्ध आक्रमणको प्रयास गरे । ‘दिउसो प्रहरी आइपुग्दा त्यहाँ त गाँउका सब जम्मा भएर बसेका रहेछन्, अनि सबै जुलुस गरे जसरी आएर प्रहरी र हामीलाई घेरे’ वडा सदस्य आशबहादुर घलेले भने ‘अनि त त्याहाको माहोल हामीले सम्हाल्नै नसकिने भयो ।’

वडा सदस्य घलेले टेलिफोनमा कुरा गर्दै भने ‘गाँउलेले यो हामी सबैको मुद्धा हो, पक्राउ गर्ने भए हामी सबैलाई गर्नुस, नत्र रोशनलाई मात्रै हामी लान दिदैनौ भनेका थिए’ उनले भने ‘कुरा नमिलेपछि त सबै गाँउले एकैचोटी आए, मलाई पनि दुइ÷चार लात्ती हाने, अर्को वडा सदस्य कान्ते घले अनि पिडित परिवार सहित २÷३ जना प्रहरीलाई पनि हातपात गरे, अवस्था जटिल बन्यो ।’

यता जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी विमल बस्नेतले समेत प्रहरीलाई दुब्र्यवहार भएको स्विर्काछन् । ‘गाँउमा ठूलो मास जम्मा भएका रहेछन्, सबै एकातिर भएर कुनै हालतमा आरोपितलाई पक्रन नदिने भनेपछि केहि असमझदारी उत्पन्न भएछ, केहिले प्रहरीलाई समेत धकेलेछन् ।’ एसपी बस्नेत भन्छन् ‘छलफल गाँउ मै हुनुपर्ने र जिल्ला लैजान नदिने उनिहरुको अडान रहेछ ।’

थप सुरक्षा टोली खटाइयो ः

विवाद बढेपछि शनिबार नै जिल्ला प्रहरी कार्यालय गोरखाले थप सुरक्षाकर्मी त्यसतर्फ पठायो । शनिबार नै आरुघाट प्रहरी चौकीबाट हिडेको इन्सपेक्टरको नेतृत्वमा १२ जना नेपाल प्रहरी र असइको नेतृत्वमा ९ जना शसस्त्र प्रहरी आइतबार बिहान मात्रै काशीगाँउ पुग्यो । अनि गाँउले र प्रहरी बिच छलफल भयो । उनिहरुले पुन अडान दोहो¥याए ‘गाँउको समस्या गाँउमै सल्टाउनुपर्छ ।’

एसपी विमल बस्नेतका अनुसार आइतबार दिनभर छलफल भएपछि गाँउलेले बोक्सीको आरोप लागेर बिस्थापित भएका परिवारलाई स्थापित गराउने बारेमा राजी भएका छन् । ‘छलफल भयो, वडा अध्यक्षको रोहबरमा बिस्थापित परिवारलाई स्थापित गराउन गाँउले पनि राजी भएका छन्, उनिहरुले हिजो भएको घटनाका बारेमा माफी पनि मागेका छन् ।’

आरोपित रोशन फरार ः

हाल काली गुरुङ्ग सहित उनको परिवारलाई बोक्सीको आरोप लगाउने र भीमकुमार गुरुङ्गको शव चिर्न नेतृत्व गर्ने रोशन गुरुङ्ग फरार छन् । शनिबारसम्म काशीगाँउमै रहेका रोशनलाई पक्रन प्रहरी असफल भएपछि आइतबार थप प्रहरी पुग्दा रोशन एकाएक गायब भएका हुन् । ‘हिजोसम्म गाँउमै छन् तर हामी लैजान दिदैनौ भनेका थिए, आज गाँउमा छैनन् भने’ एसपी बस्नेतले भने ‘हामी अनुसन्धान मै छौ, कुनै हालतमा हामी पक्राउ गर्छौ ।’

‘बोक्सी जस्तो अन्धबिस्वासमा सबै गाँउ नै लागेका रहेछन्, उजुरी परेपछि आरोपितलाई हामी जसरी भएपनि ल्याउछौ, सबैतिर समन्वय पनि गरिरेरहेका छौ’ उनले भने ‘अनुसन्धान सुरु भइसकेको छ, कुनै हालतमा हामी पछि हट्दैनौ ।’

प्रहरी रित्तो हात फर्कियो ः

लामो बिवाद र छलफल पछि रोशनलाई पक्राउ गर्न गएको जम्बो प्रहरी टोली आइतबार बेलुका रित्तो हाल फर्किन बाध्य भएको छ । गाँउको समस्या गाँउमै मिलाउन धार्चे गाँउपालिका ६ का वडाअध्यक्ष धलकुमार घलेलाई जिम्मा दिदै प्रहरी फर्किएको एसपी बस्नेतको भनाई छ । ‘लामो छलफल भयो, उनिहरुले एस्क्युज पनि गरे, गाँउको समस्या गाँउमै मिलाउने भनेपछि वडाअध्यक्षको रोहबरमा हामीले जिम्मा लगाएर आएका छौ’ एसपी बस्नेतले भने ‘तर रोशनको केशमा भने होइन, उसलाई हामीले जसरी भएपनि खोज्छौ, हामी ब्याक हुदैनौ ।’

(स्रोत ः एसपी बिमल बस्नेत, धार्चे गाँउपालिका अध्यक्ष सन्तोष गुरुङ्ग, वडा सदस्य आशबहादुर घले लगायतसंगको कुराकानी)

लेखक ः

मोहसिन अलि मियाँ

गोरखा

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *