काठमाण्डौमा साझा सभा सम्पन्न

काठमाण्डौमा साझा सभा सम्पन्न

पारस्परिक जवाफदेहिता स्थानिय अभियान अन्तर्गत काठमाण्डौंको जिल्ला समन्वय समितिको सभाकक्षमा २०७६ बैशाख २० गते साझा सभा कार्यक्रम सम्पन्न भएको छ । स्थानिय तहमा अनुगमन र मुल्यांकनको प्रभावकारीता बिषयक साझा सभा कार्यक्रम सोच नेपालले जिल्ला समन्वय समिति काठमाण्डौं तथा गैर सरकारी संस्था महासंघ काठमाण्डौं शाखा संगको सहकार्यमा सम्पन्न गरेको हो ।

राष्ट्रिय सभा सदस्य बद्री पाण्डे, प्रतिनिधि सभा सदस्य विशाल भट्टराइको प्रमुख आतिथ्यता र जिल्ला समन्वय समिति प्रमुख शिव सुन्दर राजबैद्यले सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नं.३ सदस्य सिता लामा, जि.स.स. उप प्रमुख सरिता दाहाल, कागेश्वरी मनोहरा न.पा. उप प्रमुख विन्दु पुडासैनी, टोखा न.पा. उप प्रमुख ज्ञानमाया डंगोल, किर्तिपुर न.पा. उप प्रमुख सरस्वती खड्का, नागार्जुन न.पा. उप प्रमुख, सुसिला अधिकारी, जिल्ला समन्वय अधिकारी पिताम्वर अधिकारी, गैर सरकारी संस्था महासंघ नेपालका कार्यकारी निर्देशक विवि थापा, गैसस काठमाण्डौं शाखा अध्यक्ष प्रदिप डंगोल सहित विभिन्न संघ संस्थाका प्रतिनिधि हरुको सहभागिता रहेको थियो ।

जिल्ला समन्वय समितिका शाखा अधिकृत घनश्याम तिमिल्सिनाको सहजीकरणमा भएको कार्यक्रममा विशेष गरेर वाल गृह, शिक्षा र स्वास्थ्य संस्थाको अनुगमन गर्दा आवश्यक पर्ने सुचकबारेमा छलफल भएको थियो । वाल गृहको सुचक बारेमा गैसस काठमाण्डौंका अध्यक्ष प्रदिप डंगोलले तथा शिक्षा र स्वास्थ्य संम्बन्धी सुचक बारेमा सोच नेपालका उत्तम निरौलाले जानकारी गराउनु भएको थियो ।

वालवालिका संग काम गर्ने गैससहरु वा वालगृह संचालन गर्दा अपनाउनु पर्ने नियमहरु, मापदण्डहरु बारेमा जानकारी प्रदिप डंगोलले दिनु भएको थियो । देशभरमा ६०३ वटा वाल गृह संचालन भएका ति मध्ये अधिकांस गैससले संचालन गरेको बताउनु भयो

उहाले वालगृह कानुनी हैसियतमा दर्ता भएको छ कि छैन, सबै निकायमा दर्ता भएको छ कि छैन, सामाजिक परिक्षण गरिएको छ कि छैन ?, साइनवोर्ड राखेको छ कि छैन, वालवालिका लिने मापदण्ड के कस्तो छ, स्थानिय तहमा वालवालिका लिएको जानकारी दिइएको छ कि छैन, वालकालिकाको व्यक्तिगत विवरण राखेको छ कि छैन ?, वालवालिका लाई पर्याप्त कोठा छ कि छैन, भौतिक पुर्वाधार कस्तो छ ?, साघुरो ठाउमा धेरै वालवालिका राखेको पो छ की, नियमित स्वास्थ्य परिक्षण गरिएको छ कि छैन जस्ता कुराको लिष्ट तयार पारि अनुगमन गर्न आवश्यक रहेको बताउनु भयो ।

सोच नेपाललका उत्तम निरौलाले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर र सार्वजनिक स्वास्थ्य चौकिको सेवाको मापदण्डको बारेमा स्थानिय तह विशेष गरी उप प्रमुख नगरपालिकाको अनुगमन समितिको संयोजक समेत हुने भएकोले मापदण्डको मस्यौदालाई छलफल गरी अन्तीम रुप दिन सके यसले अनुगमन तथा मुल्यांकनमा ठुलो प्रभाव पार्ने बताउनु भयो । अनुगमन गर्न नियमित तालिका बनाई जान आवश्यक रहेको बताउनु भयो ।

नेपानका क्षमता विकास विज्ञ गोविन्द पौडेलले अनुगमनका सुचक तयार भएपश्चात अनुगमन पश्चात भएका कमि कमजोरी हरुलाई सुधार गर्न सजिलो हुने र अनुगमन गर्दा फेला परेका कुरालाई नोट गर्न सहायता पुर्याउने बताउनु भयो ।

सोच नेपालका रामदेव पाण्डेले विद्यालयको सूचक तयार पार्दा सिकाइले मात्र केहि नहुने भएकोले अतिरिक्त क्रियाकलाप हुने गरेको छ कि छैन सो बारेमा पनि अनुगमनका क्रममा हेर्न आवश्यक रहेको बताउनु भयो ।

वेद ठकलालले सार्बजनिक बिद्यालयमा नियमित रुपमा स्वास्थ्य परिक्षण हुने गरेको छ कि छैन सो बारेमा थप गर्न आवश्यक रहेको बताउनु भयो ।

मधुविलास न्यौपानेले सुचकमा भएको विवरण को रिफरेन्स कुन कानूनलाई टेकेर चेक लिष्ट तयार गरीयो सो को जानकारी सहितको विवरण भए अझ राम्रो हुने बताउनु भयो । अुगमनलाई भेग नबनाई नियमित बनाउन आवश्यक रहेको बताउनु भयो ।

प्रदेश नं.३ का सदस्य सिता लामाले अनुगमन को सुचकमा रहेर मात्र अनुगमन गर्दा नतिजा नआउन सक्छ । स्वास्थ्य संस्थाको सामुदायिक संस्थाको सामाजिक परिक्षण भएको छ ? छैन ? यतिले मात्र अनुगमन नहुन सक्छ कसरी हुन्छ के हो सामाजिक परिक्षणको कार्यविधि त्यो समेत जानकारी राख्नु उपयुक्त हुन्छ । अनुगमन कर्ता स्वयं जानकार हुनु पर्दछ । नागरिक वडा पत्रको बारेमा कुरा गर्दा सुचनाको हक वारेमा जानकारी राख्न जरुरी भएको बताउनु भयो ।

जिसस प्रमुख शिव सुन्दर राजबैद्यले काठमाण्डौं देशकै राजधानी भएकोले यहाका स्थानिय तहका अभ्यासलाई सिंगो देशले हेरिरहेको हुनाले अनुगमनका मापदण्ड देशभर फैल्याउन सकिने बताउनु भयो । उहाले यस किसिमका कार्यक्रमले स्थानिय सरकार संचालन ऐनले अनुगमनको जिम्मा स्थानिय तहमा उपप्रमुखलाई दिएको र जि.स.स.लाई पनि अनुगमनकै अधिकार दिएको साथै प्रदेश लाई पनि अनुगमनको जिम्मा दिएको छ तर अनुगमन गर्दा कसरि गर्ने कार्यविधि वा कुनै डकुमेन्ट नभएकोले अन्योल छ । कतिपय अवस्थामा अनुगमनको क्रममा पुर्व तयारी गर्न जरुरी हुने र तत्काल एक्सनमा जानु पर्ने हुन सक्ने बताउनु भयो । वाल गृहहरुको अनुगमनको क्रममा तुरुन्तै उद्दार गर्नुपर्ने अवस्था समेत भएकोले सो बारेमा समेत पुर्व तयारी गर्न आवश्यक हुने बताउनु भयो ।

कार्यक्रममा अन्य सहभागिले सूचकमा लिखित तथा मौखिक रुपमा सुझाब दिनु भएको थियो । कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *