बुढानीलकण्ठ नगरपालिकाले नगरका समस्या समाधानका लागि नागरिक संग सहकार्य गर्ने

बुढानीलकण्ठ नगरपालिकाले नगरका समस्या समाधानका लागि नागरिक संग सहकार्य गर्ने

१४ अगष्ट २०१९
वुढानीलकण्ठ नगरपालिकामा नगरका समस्या समाधानकालागि नगरस्तरिय सम्वाद फोरम गठन भएको छ । बुढानीलकण्ठ नगरपालिकामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानिय बुद्धिजिवी तथा विज्ञ संगको छलफल पश्चात नगर प्रमुखको संयोजकत्वमा वुढननीलकण्ठ सम्बाद फोरम गठन भएको हो । एफएचआई ३६० र युएसएडको सहयोगमा सोच नेपालले संचलान गरेको पारस्परिक जवाफदेहिता ः स्थानिय अभियान अन्तर्गत भएको उक्त कार्यक्रममा वुढानिलकण्ठ नगरपालिकाले र स्थानिय नागरिक समाज संस्था तथा बुद्धिजिवी संगको सहकार्यमा नगरका समस्या समाधान गर्न सम्वाद फोरम गठन गरिएको नगर प्रमुख उद्धव खरेलले बताउनु भयो ।
छलफले वुढानीलकण्ठ सम्वाद फोरममा नगरपालिका, सोच नेपाल, पत्रकार, संघ संस्था, अगुवा व्यक्तिहरु सहितको व्यवस्थापन कमिटि गठन गरीयो जसले वुढानीलकण्ठ नगरमा रहेका विभिन्न समस्या वा छलफलको विषयबस्तु अनुसार सो विषयसंग सम्बन्धीत व्यक्तिलाई बोलाई हरेक महिना वा आवश्यकता अनुसार फोरम संचालन गरी समग्रमा नागरिकको क्षमता पहिचान गरी नगरको विकासमा सहभागि गराउने निर्णय गरीयो । फोरममा युवानीलकण्ठको समेत सहयोग र सहभागिता रहने नगर प्रमुखले जानकारी दिनु भयो ।


सम्वाद फोरमको माध्यमबाट नगरमा रहेका समस्यालाई समाधान गर्नु यहका नागरिकको समेत उत्तीकै भूमिका भएकोले रचनात्मक सुझावको अपेक्षा गरेको र नगरपालिकाको समग्र कार्यसम्पादन राम्रो बनाउने भन्ने बारेमा नगरपालिकाले काम गरिरहेको भएता पनि चाहे जत्तीको उपलब्धी हासिल गर्न नसकेको अवस्थामा नगरपालिकाले प्रदान गर्ने सेवा नागरिकको घर दैलोमा पुर्याउने तथा हरेक नागरिकको सुझाबलाई समेट्न सके सरकारको काममा अपनत्व बढ्ने बताउनु भयो ।
वडा नं.३ का वडा अध्यक्ष वालकृष्ण श्रेष्ठले नगरका समस्या समाधान गर्न स्थानिय नागरिक संघसंस्था बाट नै उपायको खोजीका लागि मञ्च बनाइनु अत्यन्तै राम्रो भएको बताउनु भयो । नगरस्तरमा भएका श्रोत साधनको अधिकतम उपभोग गर्न सकारात्मक सोच बनाई अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो ।


स्थानिय सभाबाट प्यारी कुमारी वास्तोलाले स्वास्थ्यको लागि हानिकारक मानिने प्लाटिकका ग्लासमा चिया तथा अन्य खाने कुरा खानाले हानी गर्ने भए पनि त्यसलाई नागरिक स्तरमा स्वास्थ्य कार्यालयबाट सचेतनाका कार्यक्रम गर्न आवश्यक रहेको तथा मासु पसलमा फ्रिज विना खुल्ला रुपमा लामो समय राखीएको मासु खान नागरिक बाध्य हुनु परेकोले मासु पसलको मापदण्ड बनाई लागु गर्न अत्यावश्यक रहेको तथा वधशालाको समेत अव्यवस्थि रुपमा खुल्ला चौर वा त्यस्तै स्थानमा संचालन गर्ने गरेकोले फोहोर र दुषित हुने गरेकोले यसलाई व्यवस्थित गर्न आवश्यक रहेको बताउनु भयो ।
गैसस महासंघ काठमाडौंका अध्यक्ष प्रदिप डंगोलले नगरको विकासमा नागरिक समाज संस्थाले सदैव सहकार्य गर्न तयार रहेको बताउनु हुदै नगरको विकासमा जोडिन सबैमा अनुरोध गर्नुभयो ।वुढानीलकण्ठ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भवानी दाहालले नगरका समस्याको उठान र समाधान गर्न नागरिककै सहभागिता आवश्यक पर्ने भएकोले फोरमले महत्वपुर्ण भुमीका निर्वाह गर्ने वताउनु भयो ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *