भ्रष्टाचार अन्त्यमा दल र नागरिक समाजको भुमिका बिषयक अन्तकृया Role of CSOs and Opp. parties on corruption control

भ्रष्टाचार अन्त्यमा दल र नागरिक समाजको भुमिका बिषयक अन्तकृया Role of CSOs and Opp. parties on corruption control

भ्रष्टाचार निवारण र सुशासनको प्रत्याभुति कायम गर्न नेपालका नागरिक समाज र प्रतिपक्षि राजनीतिक दलहरु कसरी सहकार्य गर्न सक्तछन् भन्ने बिषयमा सोच नेपालमा गहन छलफल आयोजना गरिएको छ । मिति २०७५ पौष १८ गते आयोजित छलफल कार्यक्रमका मुख्य वक्ता विवेकशिल साझा पार्टी नेपालका केन्द्रिय सदस्य प्रा. डा. सूर्यराज आचार्य रहनु भएको थियो ।

उक्त कार्यक्रममा बोल्दै डा. आचार्यले नेपालमा पुराना भनिएका दलहरुले गरेको भ्रष्टाचार र लुटका कारण नै नयाँ राजनीतिक दलको स्थापना गर्नुपरेको बताउनु भयो । वहाँले देशमा नीतिगत तहमा हुने भ्रष्टाचार सबैभन्दा खतरनाक रहेको भन्दै भ्रष्टाचारगर्न सहयोग पुर्याउने  नीतिहरुलाई परिमार्जन नै अहिलेको महत्वपुर्ण आवश्यकता रहेको बताउनु भयो । वहाँले नयाँ नीतिहरु बन्ने चरणमा रहेकाले नागरिक समाज र प्रतिपक्षि दलहरुले त्यसलाई नजिकबाट नियाल्नुपर्ने बताउनु भयो । परामर्शदाताको सेवा खरिद गर्ने नाममा कर्मचारीहरु कामै नगरी बस्ने र परामर्शदाताका नाममा भ्रष्टाचार गर्ने बाटो मात्र खोजीरहने प्रवृत्ति बढेको वहाँको भनाई छ । काठमाण्डौमा ल्याउने भनिएको मोनोरेलपनि परामर्शदाताका नाममा गर्नलागिएको अर्को भ्रष्टाचारको खेल र अर्थतन्त्रले धान्ने नसक्ने भएको वहाँको तर्क छ । 

तसर्थ, नागरिक समाज र प्रतिपक्षि दलहरुले नीतिगत भ्रष्टाचारलाई नियाल्ने कुनै संयन्त्र निर्माण गरि नियमित खबरदारी गर्नुपर्ने बताउनु भयो । कानुन, प्रविधि, सुशासन, राजनीति ईत्यादीका विज्ञको समुह बनाई वास्तविकतालाई नियमित सार्वजनिक गर्नु अहिलेको आवश्यकता भएको वहाँको जोड थियो । 

नागरिक समाजका तर्फबाट कार्यक्रममा सहभागि अन्य वक्ताहरुले विवेकशिल साझा पार्टीले भ्रष्टाचार न्युनिकरणकालागि अझ सशक्त आन्दोलन गर्नुपर्ने बताउँदै नागरिक समाज र प्रतिपक्षि  सम्मिलित छायाँ सरकारको निर्माण गरी सरकारका काम कारबाहीलाई नियमित खबरदारी गर्नुपर्ने सुझाव दिएका थिए । उनीहरुले सामाजिक जवाफदेहिताका विभिन्न औजारहरु प्रयोग गरि स्थानिय तहमा भएका भ्रष्टाचारलाई न्युनिकरण गर्न सकिने सुझाएका थिए । 

ठोस अभियानको पहिचान र शुरुवातीकालागि केही दिनमा पुनः छलफल गर्ने निश्कर्ष सहित उक्त भेला सम्पन्न भएको छ ।  

SOCH Nepal organized a discussion program on ‘Role of Civil Society and Opposition Parties on Combating Corruption’ on 2nd January 2019 at SOCH office.

Prof. Dr. Surya Raj Acharya, the coordinator of Bibeksheel Sajha Party was invited as the key speaker of the event.

Speaking at the program, Prof. Acharya stressed that they formed the new political alternatives due to people’s frustration in old political parties. Old parties of Nepal have deeply rooted corruption, impunity, dishonesty, and poverty in Nepali society, Said Dr. Acharya. He stressed that ending policy corruption can be joint initiation between civil society and alternative political parties. Corruption is institutionalized in the name of hiring consultants in each public procurement. There is a serious fault in public procurement act, said Dr. Acharya.

Thus, civil society and alternative political parties should form a coalition of experts to closely monitor the public procurements. Also, that coalition should also monitor the law formation process and review the draft of law before passed by the parliament. Necessary feedback is needed to submit to the active and passionate MPs of parliament in each draft.

Speaking at the program, civil society members stressed to form a ‘shadow government’ to closely monitor the activity of the government so that the watchdog mechanism would be strong. Also, various tools of Social Accountability should be used and promoted among political and civil society members to promote good governance.

The meeting concluded that detail framework should be made between civil society members and alternative political parties to systematically intervene the anti-corruption drive in the nation. 

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *