धर्मलाई महिलामैत्री बनाउने कि ?- उत्तम निरौला

धर्मलाई महिलामैत्री बनाउने कि ?- उत्तम निरौला

सामाजिकरुपमा नेपाली महिला समाज अहिले ठुलो संक्रमणमा अल्झिएको छ । एकातर्फ पश्चिमा समाजले बनाएको अधिकारको कसि छ भने अर्कोतर्फ श्रीमान्को आयु बढाउन स्वस्थानी व्रत लिनु पर्ने धार्मीक पाखण्ड । उही महिला साली नदीमा बिहानै स्नान गरेर दिउँसो महिला अधिकारसम्बन्धि कार्यक्रममा सहभागी हुन्छिन् अनि दिउँसो महिला अधिकार संबन्धि महिला आयोगको कार्यक्रममा सहभागी हुन्छिन् । 

७० बर्षको शीव ब्राह्णले ७ बर्षकी गोमा बालिकालाई बिहे गरेको र उनको जीवनलाई नर्कतुल्य बनाईदिएको कथालाई एकचित्त भई सुन्नु र सुनाउनु पवित्र मान्निछ । न्याय संगत राज्य कस्तो होस भन्दा उदाहरण नै दिईन्छ राम राज्य भनेर । तर तिनै रामले आफ्नो राजनीतिक अभिष्ठा पुरा गर्ने क्रममा सीतालाई रावणले अपहरण गरेपछि सीता माथी विभिन्न शंका गरि उनको सतीत्व मापन गर्न आगोमा हालिन्छ । अनि महिलालाई त्यस हदसम्म पुरुषको कठपुतली ठान्ने राजाले चलाएको राज्यलाई हामीले न्याययुक्त राज्यको शंज्ञा दिएका छौँ । त्यस्तै रामलाई ज्यादै मन पराउने सुवर्णखाको नाक र कान काटी दिने उनै रामको कार्यलाई पवित्र कार्य भनि व्याख्या गर्दछौँ । हाम्रो समाजमा नाक काटिनु भनेको ईज्जतमा खेल्नु हो । रामायणमा नाक काटिएकी सुवर्णखाको ईज्जतमा खेलिएको हो पनि भन्न खोजिएको हुन सक्दछ । 

श्रीमद् भागवद पुराण सुन्ने श्रोतामा पुरुषको तुलनामा महिलाको संख्या बढी देखिन्छ । घरको टपरा गाँस्ने, बाती कात्ने कामलाईपनि पुराणस्थलमै लगेर भएपनि पण्डितको मुखबाट पुराण श्रवण गरिरहेकै हुन्छन् । विभिन्न प्रशंग मध्ये पुराणको एक प्रशंगमा कृष्णले नदीमा नुहाईरहेका महिलाको लुगा लुकाईदिएर नीरीह उनीहरुलाई नांगै आफ्नो अगाडी लाईनमा उभिन लगाएको प्रशंग सबैले रोचकता पूर्वक सुन्दछन् । यो एक वयस्क मानिसलाई यो जति अपमान अरु के हुन सक्ला र ? पुराण कै अर्को प्रशंगमा भगवान् विष्णुले आफ्नो शक्तिलाई कायम राख्न सती जस्ती श्रीमान्लाई माया गर्ने महिलालाई बलात्कार गर्दछन् । त्यो बलात्कारलाई पनि एक पवित्र कार्य भनि तिनै महिलाले स्विकार गरेका छन् । त्यस्तै गरी भगवान शिवले प्रजापतिकी छोरीलाई जबरजस्ती विवाह गरेको पाईन्छ । उनले विष्णुलाई बिहे गरिदिन राजी भएतापनि छक्याएर शीवले आफ्नो हातमा सतिदेवीको कन्यादान गराउँदछन् । तिनै शिवले आफ्नी श्रमितीलाई समेत जुवामा दाउ हाल्छन् । दवताका राजा ईन्द्रले महिलामाथि गरेको ज्यादतीको त गणनै छ्रैन । उनले त रक्सीको बार र बेश्यालय नै स्वर्गमा स्थापना गरेका छन् । त्यहा हरेक अप्सराले ईन्द्र र अन्य देवलाई मदिरा, गीत, संगीत र रुपले सन्तुष्ट पार्नु पर्दछ । 

हाम्रा अधिकांश पुराणले आमालाई पुज्न सिकाएतापनि छोरीको जन्मलाई नर्कको बाटो शुरु हुनु भनेका छन् । छोरीलाई कन्यादान गर्नु पर्दछ भन्दै गर्दा, कन्यादान शब्दले स्पष्ट गर्दछ कि छोरी अर्कालाई दान दिने वस्तु हो भनेर । तसर्थ धर्म शास्त्रमा छोरीको मूल्य छैन । पवित्र मानिएकी देवी पार्वतीलाई बोक्सी भएको कलंक दिईएको छ भने उनका भाग र धतुरोमा मस्त हुने, नांगै हिँडने, श्रीमतीलाई जुवामा दाउ हान्ने श्रीमान् शीवलाई भने धामी भनि सबैलाई निरोगी पार्ने पात्रको चित्रण गरिएको छ । छोरी मात्र जन्माउने दम्पत्तिलाई छोराले पिण्ड नदिएसम्म बौतर्डी नदि तर्दै स्वर्ग जान सक्दैनन् भन्ने अन्धविश्वासका आधारमा छोरालाई मात्र आफ्नो वंश रक्षकको दर्जा दिईएको छ । यसरी महिलालाई दासी र वस्तुको रुपमा प्रयोग गरिएका कथाहरु सुनाईने पुराणमा अधिकांश महिला नै उपस्थित भई अन्धभक्त भई महिला हिंसा र महिलालाई वस्तुकरण गरिएको बिषयलाई सहर्ष स्विकार गरेको देख्दा नेपाली सर्वसाधारण महिलाहरुको भविष्य देखि चिन्ता लाग्दछ ।

हिन्दु धर्ममा मात्रै हैन अन्य धर्ममापनि महिलालाई मान्छेको श्रेणीमा राखिएको छैन । क्रिश्चियनहरुले यो संसारको पापको कारण नै महिला भएको दावा गर्दछन् । बाईबलमा स्पष्टरुपमा महिलाहरुलाई फोहरीको संज्ञा दिँदै उनीहरुसँग संगत नगर्ने पुरुष नै शुद्ध पुरुष हुने दावा गरिन्छ । हिन्दुमा जस्तै बाईबलमा पनि छोरीको जन्म भनेको परिवारको बर्वादी भएको बताईन्छ । 

ईस्लाम धर्म मान्नेहरुले महिलालाई हेर्ने दृष्टीकोण अझ विचित्रको छ । कुरआनले समाजमा महिलालाई कसरी तह लगाउने भनेर स्पष्ट व्यवस्था गरेको छ । पुरुषले महिलालाई जस्तोसुकै ज्यादती गर्ने छुट दिईएको छ । यहाँसम्म कि एक निर्दोष महिलालाई बिच चोउरमा राखि सबैले वरीपरिबाट ढुंगा हानेर मार्ने, नाक कान काट्ने, दोश्रो धर्म मान्ने महिलालाई यौन दासीकोरुपमा प्रयोग गर्ने सम्ममा व्यवस्था छन् । 

यसरी महिलालाई विभत्स मार्ने, बलात्कार गर्ने, दुव्र्यवहार गर्ने, वस्तुकरण गर्ने, दासीको रुपमा हेर्ने कार्य गर्नेहरु कसरी धर्म होलान् , त्यस्तो सिकाउनेहरु कसरी देवता हुन सक्दछन् ? हैन भने देवता र धर्मलाई नै अब नयाँ तरिकाले व्याख्या गर्न थाल्ने कि ? अन्यथा मानव समुदायले मान्ने गरेका धर्महरु पाप गर्ने माध्ययम मात्रै बन्ने खतरा छ । 

धर्मलाई सँस्कारसँग जोडिएका कारण जबसम्म धर्मलाई मानव उपयोगी साधनकारुपमा व्याख्या गरिदैन तबसम्म हाम्रा सँस्कारहरु मानवता विरोधी भईरहन्छन् । 

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *