आगामि निर्वाचनमा समावेशी उम्मेद्वार छान्न नागरिक समाजको सुझाव

आगामि निर्वाचनमा समावेशी उम्मेद्वार छान्न नागरिक समाजको सुझाव

अन्तरक्रिया कार्यक्रममा पत्रकार किरण लोहनीले निर्वाचन सम्बन्धी विगतको अभ्यास, आगामी निर्वाचनमा आइपर्ने चुनौती र निर्वाचन आचारसहिता कार्यान्वयनका अवस्था लगायका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले आगामी निर्वाचनमा सबै जातजाति, वर्ग, क्षेत्र, लिङ्ग र समुदायका व्यक्तिहरुलाई सम्मान रुपमा समेटिनुपर्ने, निर्वाचन आचारसंहित विपरीत गतिविधि गर्ने दल वा व्यक्तिहरुलाई आयोगले कारवाहीको दायरमा ल्याउनुपर्ने उनले बताए ।

मतदाता सम्बन्धी शिक्षालाई प्रभावकारी तरिकाले संचालन गर्न, उम्मेदवारहरुले निर्वाचन सके लगत्तै खर्च विवरण सार्वजनिक गर्न र निर्वाचन निष्पक्ष, स्वतन्त्र तरिकाले संचालन गर्न जिल्लामा निर्वाचन आयोगले आग्रह गरे । नागरिक समाजलाई प्राप्त भएका सूचना मिडिया दिन र निर्वाचन सम्बन्धी गतिविधिहरुमा मिडियाले खबरदारी गर्दा निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र हुने उनले बताए ।

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय गोरखाका प्रमुख टेकबहादुर कोइरालाले जिल्लामा निर्वाचन सम्बन्धी हालसम्म भएको गतिविधि र तयारीका अवस्था बारे जानकारी गराएका थिए । उनका अनुसार अगाामी स्थानीय तहको निर्वाचनमा गोरखामा राष्टिूय मान्यता पाएको पाँच दल र राष्ट्रिय दलको मान्यता नपाएका १८ गरी २३ वटा राजनीतिक दलले सहभागिता जनाउने बताए । दुई सय १५ निर्वाचन स्थल र तीन सय ११ वटा निर्वाचन केन्द्र रहेको गोरखामा कुल मतदाता दुई लाख १८ हजार ५ सय ६३ रहेको उनले जानकारी दिए । निर्वाचन आधिकारिक उम्मेद्वारी मनोनय प्रक्रिया वैशाख १२ गते देखि १७ गतेसम्म हुने कार्यालयले जनाएको छ ।

त्यस्तै, राजनीतिक दल, नागरिक समाज, पत्रकार लगायत सबैले आम सर्वसाधारणले मतदान प्रक्रियामा मत बदर हुन नदिने गरी मतदान प्रक्रियाका बारेमा जानकारी गराउन समेत कोइरालाले अनुरोध गरे । उनले निर्वाचनको समयमा आचारसंहिता सबैलाई लागु हुने बताउदै स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित रुपमा निर्वाचन गराउन नागरिक समाज र सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहेको रहने बताए ।

कार्यक्रममा सोच नेपालका कार्यकारी निर्देशक उत्तम निरौलाले आगामी निर्वाचनमा उठ्ने उमेद्वारको योग्यता, नेतृत्व क्षमता, समाजमा पु¥याएको योगदानको अध्ययत गर्ने र उनको विगत इतिहास सबै सार्जजनिक गर्नुपर्ने बताए । गलत व्यक्तिलाई भोट दिएमा राष्टू दुर्घटनामा जाने बताउदै उनले इमान्दार, नेतृत्व क्षमता भएको र समाजलाई सहि ढंगले मार्ग निर्देशन गर्न सक्ने व्यक्तिलाई जिताउनुपर्नेमा उनले जोड दिए । निर्वाचनको समयमा आचारसंहितामा मात्र बढी केन्द्रित हुने गरेको बताउदै मतदाता शिक्षामा बढी जोड दिन आग्रह गरे ।

आगामी निर्वाचनमा योग्य व्यक्तिलाई छनौट गर्नका लागि नागरिक समाज र सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहने निरौलाले जानकारी दिए ।
निर्वाचन आयोग पाँच वर्षमा एक वर्षमात्र सक्रिय हुने अरु बेला निक्रिय हुने गरेको र मतदाता शिक्षा प्रभावकारी हुन नसकेको पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव कैलाशबाबु श्रेष्ठले बताए । निर्वाचन सम्बन्धी शिक्षा अभावका कारण हरेक पटकको मत बदर हुने गरेकाले छोटो भएता पनि समुदायस्तरमा टोलटोलमा गएर मतदाता शिक्षालाई प्रभावकारी ढंगंले संचालन गर्न उनले निर्वाचन कार्यालयलाई अनुरोध गरेका थिए ।

नागरिक समाजका सदस्य, मानव अधिकारीकर्मी, पत्रकारले एकपार्टी खुल्लमखुल्ला पार्टीको झण्डा बोकेर स्वतन्त्रताको कुरा गर्न नमिल्ने बताउदै आफ्नो पेशाप्रति बफादार हुनुपर्ने नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष भिमलाल श्रेष्ठले बताए । सोहि सन्दर्भमा मानव अधिकार सन्जाल गोरखाका संयोजक यदु अधिकारीले कुनै पनि व्यक्ति कुन संगठन आवद्ध हुने वा नहुने भन्नेमा आपैm सचेत हुनुपर्ने बताए । लोकतन्त्रको बलियो पक्ष नै निर्वाचन भएको बताउदै अधिवक्ता स्थानेश्वर दुवाडीले निर्वाचनको आचारसंहिता सबैले पालन गरी निष्पक्ष, स्वतन्त्र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नुपर्ने जोड दिए ।

कार्यक्रममा सामाजिक अभियन्ता रिता परियारले आगामी निर्वाचनमा आफ्नो नातेदारको आधारमा नभई पार्टीको घोषणा पत्र राम्रोसँग अध्ययन गरेर र समाजलाई सहि मार्गनिर्देशन दिन सक्ने सक्ने व्यक्तिको पहिचान गरेर मात्र भोट दिन आग्रह गरेका थिए ।

कार्यक्रमलाई पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष नरहरी सापकोटाले पत्रकारले निर्वाचन सम्बन्धी समाचार लेख्दै गर्दा पत्रकारको आचारसंहितालाई ध्यान दिनुपर्ने बताए । सबैको विचार, सिद्धान्त फरक(फरक भएता पनि संगठन वा पेशमा आवद्ध भएपछि आफ्नो पेशा, आचारसंहिताप्रति इमान्दारिताका साथ पालना गर्न उनले अनुरोध गरे ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *