११२ औ अन्तराष्ट्रीय श्रमीक महिला दिवस सम्पन्न ।

११२ औ अन्तराष्ट्रीय श्रमीक महिला दिवस सम्पन्न ।

साेच नेपालले ११२ औं अन्तराष्ट्रिय महिला दिवशका अवसरमा मार्च ८ का दिन बिभिन्न कार्यक्रम गरी मनाएकाे छ गरेकाे छ । स‌स्थाले स‌ञ्चालन गरेकाे पारस्पारीक जवाफदेहिता परियाेजना सञ्चालित गाेरखा ओखलढुङ्गा र काठमाण्डाैमा विभिन्न कार्यक्रम सहित सम्पन्न गरेकाे छ ।

गाेरखाकाे गाेरखा नगरपालिकामा ‘गोरखामा महिला हिंशाको अवस्था, कारण र न्यूनिकरणका उपाय’ विषयमा अन्तरक्रिया कार्यक्रम गरिएकाे थियाे कार्यक्रमकाे अध्यक्षता एम्नेष्टी इन्टरनेशनल समुह ४२ की अध्यक्ष टिल कुमारी (सविन) पोखरेलले गर्नुभएकाे थियाे । गोरखा नगरपालिकाका मेयर राजनराज पन्त तथा उपमेयर विना कुमारी श्रेष्ठकाे अतिथ्यतामा भएकाे कार्यक्रममा सोच नेपालकाे तर्फबाट माेहसीन अलिमियाले महिला हिंशाका अवस्थाकारण र न्यूनिकरणका उपायका बारे कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे ।

कार्यक्रममा महिलाका नाममा अधिकार सम्बन्धि थुप्रै कानुन बनेपनि कार्यान्वयनको पाटो फितलो बन्दा सामाजिक कुरिती मौलाएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । ११२ औं अन्तराष्ट्रिय महिला दिवशका अवसरमा एम्नेष्टी इन्टरनेशनल समुह ४२ गोरखाले सदरमुकाममा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले बनेका कानून, ऐन तथा नीतिहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा महिलाहरु अझैपनि पिडित बन्नुपरेको बताएका थिए ।

त्यस्तै ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा लोकगित प्रतियोगिताको आयोजना गरिएको थियो । मोलुङ गाउँपालिका तथा सोच नेपाल लगायतका संस्थाहरुकाे सहयोगमा मोलुङ गाउँपालिका महिला तथा वालबालिका शाखा र मोलुङ गाउँपालिका स्तरिय स्वास्थ्य आमा समूह सञ्जालसगकाे सहकार्यमा सम्पन्न भएकाे हाे ।
महिला दिवसको अबसरमा पालिकाका महिला दिदी बहिनीहरुमा स्वास्थ्य, महिला अधिकार तथा लैङ्गिक हिंसा सम्बन्धिका जनचेतना मूलक शब्दहरु समेटिएको लोकगित प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा मोलुङ गाउँपालिकाका वडा सञ्जाल स्तरीय ६ ओटा टिमको सहभागीता रहेको थियो । सहभागी भएका प्रतियोगी मध्ये वडा नं. ६ श्रीचौरको वडा स्तरिय स्वास्थ्य आमा समूह सञ्जाल प्रथम, वडा नं. १ को कुन्तादेवी वडा स्तरीय स्वास्थ्य आमा समूह सञ्जाल दोश्रो तथा वडा नं. ३ प्राप्चाको वडा स्तरिय आमा समूह सञ्जाल तेश्रो भएकोे थियो । प्रतियोगिताका विजेताहरुलाई मोलुङ गाउँपालिकाका उपाध्यक्ष हेम कुमारी तामाङले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

प्रतियोगिताका सहभागीहरुले गीतको शब्दमा लैङ्गिक हिंसालाई कम गर्नका लागि समाजमा महिला पुरुषको भूमिका, कर्तव्य, कानूनी सजाय, तथा महिलाको हक अधिकारका बारेमा समेत जनचेतनामूलक प्रस्तुती गरेका थिए । महिला दिवस कार्यक्रमलाई गाउँपालिका स्तरिय विभिन्न राजनितीक पार्टीका प्रमुख तथा प्रतिनिधीहरुले समेत सम्बोधन गरेका थिए । प्रतियोगिता कार्यक्रममा ३ सय भन्दा बढि को सहभागीता रहेको थियो ।

काठमाण्डाैमा महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्रालयले गरेकाे मुल समाराेह समितिमा साेच नेपाललकाे सहभागिता जनायाे, बिभिन्न  कलेजका १५ बढी विद्यार्थीसहित साेच नेपालले सहभागिता जनाएकाे थियाे । कार्यक्रम प्रधानमन्त्री शेर बहादुर देउवाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे । महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्रालयका मन्त्रीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा मानवअधिकार आयाेगका अध्यक्ष, महिला आयाेगका अध्यक्ष,  शहरी बिकास मन्त्री, उर्जा मन्त्री लगायतले शुभकामना तथा मन्तव्य राखेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । उहाले नेपालको मूल कानुनले नै महिलाको सम्पूर्ण अधिकार सुनिश्चित गरेको बताउनुभयाे, ‘हाम्रो मूल कानुनले नै महिलाको सामाजिक, आर्थिक, राजनीतिक अधिकार सुनिश्चित गर्नका लागि नीतिगत व्यवस्थाहरू गरेको छ, महिलाको हकमात्रै होइन, धेरै वटा अधिकारहरूलाई संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको छ,’ उहाँले भन्नुभयो । प्रधानमन्त्री देउवाले महिला सशक्तीकरण सबैको साझा सरोकारको विषय भएको बताउनुभयाे ।

अन्य वक्ताहरुले महिलाकाे अधिकारमा पहुच, आयस्तरमामा सुधार, निर्णयमा पहुच, सामाजिक न्यायकाे अवस्था, र नीति हरुकाे तुलनात्मक अध्ययन र पुनरावलाेकन, एउटाकाे अधिकार उपभाेग र अरुकाे हनन हुन नदिन ध्यान दिन पर्ने लगायतका विषयमा आफ्नाे भनाइ राखेका थिए ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *