प्रधानमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई ओखलढुंगाका नागरिक समाज संस्थाकाे ध्यानाकर्षण

प्रधानमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई ओखलढुंगाका नागरिक समाज संस्थाकाे ध्यानाकर्षण

सोच नेपालको समन्वयमा निर्माण भएको नागरिक समाजका संस्थाहरुको प्रतिनिधी तथा सञ्चार माध्यमहरुको साझा सञ्जाल जिल्ला पैरवी सञ्जाल ओखलढुङ्गाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । देशव्यापी झै ओखलढुङ्गामा पनि कोरोना संक्रमणको त्रास दिनानुदिन फैलिरहेको भन्दै उक्त भाईरसको संक्रमणबाट बच्न र हुने क्षतिलाई कमी गराउनका लागि जिल्लाका सबै नागरिकहरुलाई पुग्नेगरी खोपको व्यबस्था गर्न माग गर्दै जुलाई १९, २०२१ मा ध्यानाकर्षण पत्र बुझाईएको हो ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बन्दना राईले जिल्लाका सबै नागरिकहरुलाई लगाउन पूग्ने गरि खोपको ब्यबस्थापन गर्न पहल गरिरहेको बताउदै नागरिक समाजको तर्फवाट बुझाईएको ध्यानाकर्षणपत्रलाई तत्काल प्रधानमन्त्री कार्यालयमा फरवार्ड गर्ने बताउनुभयो । ध्यानाकर्षणपत्रलाई तत्काल ईमेल मार्फत प्रधानमन्त्री कार्यालयमा पठाईएको समेत प्रमुख जिल्ला अधिकारी राईले जानकारी गराउनुभयो ।

त्यस्तै सञ्जालले यातायात व्यवसायीले महामारीको मौका छोपी चर्को भाडा असुलि गरेको विषयमा ओखलढुङ्गाले प्रमुख जिल्ला अधिकारी वन्दना राईको ध्यानाकर्षण गराएको छ । कोरोना संक्रमणको त्रास दिनानुदिन फैलिरहेको र भाईरसको संक्रमणबाट बच्न र हुने क्षतिलाई कमी गराउनका लागि देश व्यापी रुपमा निषेधाज्ञा जारी भई केही मात्रामा खुकुलो भएकोले सवारी साधानहरुले यात्रुहरुसँग चर्को मात्रामा भाडा अशुल गरिरहेको भन्ने नागरिकहरुको गुनासो आएकोले उक्त समस्याको समाधानका लागि अनुरोध गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

त्यस्तै जिल्ला सदरमुकाम आसपास तथा जिल्लाका अन्य स्थानीय तहहरुमा समेत ग्रामिण सडक खुलाउदा र पुरानो सडक भएका ठाँउमा पनि वर्षातको समयमा पहिरो जानुका साथै कतिपय स्थानहरुमा हिलोको कारण सवारी साधन आवागमन गर्न नसकेको, जिल्ला सदरमुकाम देखी रुम्जाटार जोड्ने सडक खण्डको अन्य सडह कालोपत्रे भएपनि सिस्ने खोलामा पक्की पुल हाल्ने नाममा करीब ४ महिना देखी सडक पूर्ण रुपमा अबरुद्ध भएको र त्यसको बैकल्पिक बाटोका बारेमा ध्यान नदिएको भन्दै उक्त बाटो यथासिघ्र सञ्चालन गर्न र अन्य स्थानीय सडक अबरुद्ध भएको बारेमा पनि सम्बन्धित स्थानीय तहहरुसँग आवश्यक समन्वय र छलफल गरि समस्या समाधानका लागि अनुरोध गर्दै पैरवी सञ्जालको तर्फवाट ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षण पत्र बुझाउनेक्रममा जिल्ला पैरवी सञ्जालका सदस्य एवम् कान्तिपुर दैनिकका उपसम्पादक कुम्भराज राईले यातायात व्यबसायीले यात्रुहरुलाई यात्रा एकतर्फी गराएर दुईतर्फीको भाडा असुल गरिरहेका बताएका थिए । त्यस्तै पैरवी सञ्जालका अर्का सदस्य सरस्वती कटवालले आफू स्वयम्ले काठमाण्डौवाट आउदा ओखलढुङ्गा सम्मको मात्रै ३५ सय भाडा तिर्नुपरेको बताए । किन भाडा बढि लिएको भन्दा बाटामा नै यही झर्नुस् भने, अनि चुपचाप भनेजती पैसा तिर्न बाध्य भैयो । हामी त केही कमाउछौ तिर्न सक्छौं नै तर सामान्य नागरिकहरुलाई अत्याधिक मार परेको भन्दै आवश्यक समन्वयका लागि प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरेकी थिईन् ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले तत्काल सम्बन्धित सरोकारवाला निकायहरुसँग छलफल र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । प्रमुख जिल्ला अधिकारीलाई बुझाईएको ध्यानाकर्षण पत्रमा जिल्ला पैरवी सञ्जालको तर्फवाट ८ जना पुरुष र ६ जना महिला गरि १४ जनाले हस्ताक्षर गरेका थिए ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *