सृजना मानवादको पक्षमा हुनुपर्नेमा जोड

सृजना मानवादको पक्षमा हुनुपर्नेमा जोड

काठमाडौं, भदौ १÷सृजनामा मानववाद विषयक एकदिने अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । मानववादी समाज (सोच) नेपालको आयोजनामा भएको कार्यक्रममा साहित्यकार, पत्रकार, मानववादी लगायतको उपस्थिती रहेको थियो । 

कार्यक्रममा बोल्दै साहित्यकार चन्द्रप्रसाद भट्टराईले बोलेको कुरा जसले सुन्छ त्यतिमै सिमिति हुन्छ । तर लेखेको कुरा लाखौं माझ पुग्ने भएकाले साहित्यकारले सकारात्मक र परिवर्तनका पक्षमा कलम चलाउनु पर्नेमा जोड दिनुभयो ।

लेखकले घटनालाई मात्र केन्द्र विन्दु बनाएर लेख्नु भन्दा समाजका राम्रा नराम्रा विषयमा जिम्मेवार भएर कलम चलाए परिवर्तन असम्भव नभएको बताउनुभयो ।

साहितयकार रामेश्वर जलनले “मानववाद” नव लेखकहरुका लागी नयाँ विषय भएकाले यसको प्रवद्र्धनका लागी कलम चलाउन आग्रह गर्नुभयो । ईश्वरले मान्छेलाई होइन मान्छेले ईश्वरलाई बनाएको भन्दै जलनले हुँदा संसारका सबै मान्छेको हितका लागी साहित्य सृजना गर्नुपर्छ भन्नुभयो ।

साहित्यकार धुव्र मधिकर्मीले वैज्ञानिक सोच र मानववादी विचार ऋषीमूनिकै पालादेखि आएको स्मरण गराउनु भयो। । साहित्यमा मानववादवाद आएको छ र आउनु पर्छ भन्ने कुरामा समेत उहाँले जोड दिनुभयो ।

लेखक तथा पत्रकार मीरा राजभण्डारीले बोक्सी, बली, छाउपडी लगायतका गलत प्रथा परम्पराहरु अशिक्षा र चेतनाकारण हुने भएकाले यसको अन्त्यका लागी पनि सबै मानिसहरु शिक्षित हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँले सृजनशील लेखनको माध्यमबाट मान्छेको सोचमा परिवर्तन गर्न सक्नुनै एउटा कुशल सर्जकको क्षमता हो भन्दै पढ्न नसक्नेका लागी साहित्य सृजना हुनुपर्नेमा जोड दिनुभयो ।

लेखक सञ्जय खड्काले सर्जक मानववादी भएन भए सृजना मान्छेको पक्षमा नहुने तर्क गर्नुभयो । उहाँले बालबालिकाको निम्ती रचिने सृजनाहरुका बारेमा गम्भीर हुन आग्रह गर्दै बाल्यकालमा बालबालिकाले कस्तो सृजना सुने र पढे भन्ने कुराले उनीहरुको जीवनमा फरक पार्ने बताउनुभयो । 

उप–प्रध्यापक अनुपमा रेग्मीले सृजनामा मानववाद थियो, छ र हुनेछ भन्दै थियो जय पृथ्वीबहादुर सिंहको बारेमा पढेर पनि त्यो कुरा पुष्टि हुने बताउनुभयो ।

सहित्यकार पीएम पुडासैनीले सृजनामा मानववाद छ भन्दै त्यसको खोजीमात्र नभएको बताउनुभयो । मानववादले कसैलाई पनि ब्लेम लगाउदैन भन्दै मान्छे जस्तो सँस्कारमा हुर्किन्छ उसको व्यवहार समेत त्यस्तै हुनेमा जोड दिनुभयो । 

सहित्यकार दामोदर पुडासैनीले साहित्यकार र पत्रकारहरुले लेख्नुको अर्थ परम्परालाई धान्नुमात्र होइन भन्दै आफुले सृजना गरिरहेका कुराहरु मान्छेका लागी हुन् की होइनन् भन्ने बारेमा सर्जकले गम्भीर भएर सोच्नुपर्ने बताउनुभयो ।

सृजना समाजमा दरिलो ढंगले पुर्याउने आधार भनेको विज्ञान हो भन्दै विज्ञानलाई सहयोग पु¥याउने खालका सृजना गर्न सक्नुनै साहित्यकारको सक्षमता हो भन्नुभयो ।

सोच नेपालका कार्यकारी निर्देशक उत्तम निरौलाले अरु क्षेत्रमा लागिरहेका मानिसहरु कुनै न कुनै सीमामा बाँधिएका हुने भएपनि सृजनामा लागेका मानिहरुको कुनैपनि सीमा नहुने हुँदा साहित्यकारहरुलाई मानववाद र विज्ञानवादी सोचलाई सहयोग पु¥याउने सृजना गर्न आग्रह गर्नुभयो । 

उहाँले शिक्षाको तह पनि धेरै किसिमको हुने गरेको र मास्टर डिग्री पढेकाहरुले पनि बोक्सी हुन्छ भन्ने कुरामा विश्वास गरेको उदाहरण दिदैं प्रथा र परम्पराका नाममा मान्छेले भोग्ने समस्या बिरुद्ध साहित्यकारहरुलाई कलम चलाउन आग्रह गर्नुभयो । 

सोच नेपालका अध्यक्ष शान्ति गुरुङ्ले साहित्यनै मान्छेको सोचलाई परिवर्तन गर्न सक्ने ठूलो हतियार भएकाले कुरीति बिरुद्ध सशक्त रुपमा कलम चलाउन साहित्यकारहरुलाई आग्रह गर्नुभयो । 

कार्यक्रमका सहभागिहरुले लेखक र साहित्यकारहरुलाई संवेदनशील भएर मानववादका पक्षमा कलम चलाउन प्रेरणा दिने यो कार्यक्रमलाई निरन्तरता दिन समेत आग्रह गरेका थिए । 

कार्यक्रममा ५० जनाको उपस्थिती रहेको थियो । 

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *